• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

November 8th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

 

कञ्चनपुर, २२ कात्तिक : हात्तीपाइले (फाइलेरिया) रोगको संक्रमण दर पत्ता लगाउनका लागि कञ्चनपुरमा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ ।

लगातार अभियान सञ्चालन गरी पाँच वर्षसम्म हात्तीपाइलेको औषधि खुवाइएपछि यसको संक्रमण दर घटेको वा बढेको हो, त्यसको पत्ता लगाउनका लागि सर्वेक्षण कार्य गर्न लागेको हो ।

नमूनाका रुपमा कृष्णपुर र बेलौरी नगरपालिकामा हात्तीपाइलेको संक्रमण दर पत्ता लगाउन रगत जाँचको कार्य शुरु गरिनेछ । सो क्रममा तीन सय व्यक्तिको रगत नमूना जाँच गरिने जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताउनुभयो ।

“यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “केही दिनभित्रै सर्वेक्षणको कार्य अगाडि बढाइन्छ ।”

प्रतिवर्ष हात्तीपाइले रोग निवारणका लागि कञ्चनपुरका ८२ हजार घरधुरीका चार लाख ५० हजारभन्दा बढी बासिन्दालाई औषधि खुवाइँदै आएको छ । कञ्चनपुरको कूल जनसङ्ख्याको २० प्रतिशत बासिन्दामा हात्तीपाइलेका जीवाणुको संक्रमण रहेको अनुमान गरिएको छ ।

चार वर्षअघिको सर्भेक्षणमा यहाँ ९७ मा लिम्फ्याटिक फाइलेरिया र एक हजार २२८ जनामा हाइड्रोसिलको समस्या देखिएको थियो । हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको उच्चेरिया बाँन्क्रोफ्टी नामक परजीवीबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

“हात्तीपाईले रोग लागेका व्यक्ति बाहिरबाट स्वस्थ देखिए पनि रोगको परजीवीले बिस्तारै भित्री अंगलाई क्षति पु¥याउने हुन्छ”, अधिकृत जोशीले भन्नुभयो ।

हात्तीपाइले रोग विश्वका ८० भन्दा बढी देशमा पाइएको र १२ करोडभन्दा बढी व्यक्ति यसबाट पीडित रहेको एक सर्वेक्षणले देखाएको छ । हात्तीपाइले निवारण अभियान विश्वका ८० वटा देशमा सन् २०२० भित्र निवारण गर्ने विश्व स्वास्थ्य रणनीतिअन्तर्गत सञ्चालन भइरहेको अधिकृत जोशीले बताउनुभयो ।

कञ्चनपुरसहित देशका ४० जिल्लामा यो कार्यक्रम सञ्चालनमा छ । हात्तीपाइले रोग निवारणका लागि डिइसी र अल्वेन्डाजोल औषधि खुवाइने गरिन्छ । लगातार छ वर्षसम्म यस औषधिको प्रयोग गरिएमा जीवनभर यस रोगबाट छुटकारा पाउन सकिने स्वास्थ्यकर्मीको भनाई छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अमेरिकामा डा.पुकार सम्मानित
Next article अजयमेरु वडा नं १ मा बर्थिङ सेन्टर निर्माण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131512
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web