हेल्थ टुडे
काठमाडौं, १२ मंसिर : स्वास्थ्य मन्त्रालयको कर्मचारीमध्येको सवोच्चत तह १२ औं तह प्रमुख विशेषज्ञ पदमा बढुवा भएको ५ दिनमै डा.तरुण पौडेल सेवा निवृत भएका छन् । ६० वर्षे उमेर हदका कारण उनी मंसिर १२ देखि सेवा निवृत भएका हुन् ।
राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग केन्द्रका निर्देशक डा. पौडेललाई मन्त्रीपरिषद्ले पाँच दिन पहिले १२ औं तहमा बढुवा गरेको थियो । स्वास्थ्य मन्त्रालयमा १२ औ तह भनेको सचिव स्तरको पद हो । बढुवा समितिले कोशी अञ्चल अस्पतालका प्रमुख डा. रोशन पोखरेल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. सुशिल प्याकुरेल र डा. पौडेललाई रिक्त दुई पदका लागि सिफारिस गरेको थियो । मन्त्रीपरिषद्ले सिफारिस भएका तीन जना चिकित्सक मध्ये डा. प्याकुरेल र डा. पौडेललाई बढुवा गरेको थियो । अहिले मन्त्रालयमा सचिव डा. किरण रेग्मी बाहेक १२ औ तहमा डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र डा. शुसिल प्याकुरेल छन् ।
स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुको पदावधि ६२ वर्ष हुनु पर्ने माग धेरै अगाडि देखि उठेपनि सफल हुन सकेको छैन् । तर क्लिनिकल पदका चिकित्सकको पदावधि भने सरकारले आवश्यक ठानेमा बढीमा २ वर्ष बढाउन सक्ने प्रावधान छ । उमेर हदका कारण सेवा निवृत भएका डा. पौडेलको सोमबार स्वास्थ्य मन्त्रालयले विदाई गरेको छ । कार्यक्रममा मन्त्रालयका विभिन्न महासाखा प्रमुखहरुको उपस्थिति थियो । मन्त्रायलकी सचिव डा. किरण रेग्मी विदेश रहेकाले उनको अनुपस्थितिमा स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चूडामणी भण्डारीले डा. पौडेललाई मायाको चिनो प्रदान गरेका थिए । डा. पौडेलले लामो समय बाग्लुङमा बसेर जनताको सेवा गरेका थिए ।
Leave a Reply