• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बेलायतले ५५०० नर्स मागेपछि नेपाली नर्स खुशी

December 2nd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बेलायतले ५५०० नर्स मागेपछि नेपाली नर्स खुशी

हेल्थ टुडे
काठमाडौं, १६ मंसिर : निजी अस्पतालहरुको श्रम शोषणमा परेका नेपाली नर्सहरु बेलायतले साडे ५ हजार नर्स विदेशबाट बोलाउने निर्णय गरेपछि खुशी भएका छन् । नेपालमा माग भन्दा नर्सको उत्पादन धेरै भएकाले उनीहरुले स्वदेशमा राम्रो तलव र सुविधा पाउन सकिरहेका छैनन् । बेलायतले एकै पटक यति धेरै संख्यामा नर्स माग गरेपछि नेपाली नर्सहरु पनि बैदेशिक रोजगारीका लागि बेलायत जान पाउने आशमा खुशी भएका हुन् । तीन वर्षका लागि मात्र भएपछि आफूहरुका लागि ठूलो अवसर भएको भर्खरै बीएन सकेर बसेकी कलंकीकी मनिषा मगरले भनिन । राम्रो सेवा सुविधा र धेरै कुरा सिक्न पाइने हुनाले आफु पनि आवेदन दिने योजना बनाएको उनले बताइन् । उनीसँगै वीर अस्पतालमा कार्यरत रमिला श्रेष्ठ पनि बेलायत जान पाइने आशमा रमाएकी छिन् । उनले भनिन, ‘ यो नेपाली नर्सहरुका लागि अवसर नै हो । ’
नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्सको माग गरेको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्नेछ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् । यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने छ । उनीहरुले यसबाट विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने अधिकारीले बताए । बेलायतमा हाल करिब ४० हजार नर्सको पद खाली छन् । तर, आलोचकहरु छोटो समयका लागि विदेशबाट जनशक्ति मगाउनुको सट्टा उनीहरुलाई बेलायतमै बस्ने अवसर दिइनुपर्ने बताउँछन् ।
नेपालीको संलग्नता रहेको ‘रिक्रुट टु हेल्थ केयर’ कम्पनीले ग्लोबल लर्निङ प्रोग्रामअन्तर्गत बेलायतको स्वास्थ्य मन्त्रालयसँग उक्त संख्यामा नर्स मगाउने सम्झौता गरिसकेको जनाएको छ । तीन वर्ष्भित्र ५५ सय नर्स बेलायत ल्याउनुपर्ने सम्झौता बेलायतकै इतिहासमा पहिलो बृहत् भएको कम्पनीको दाबी छ ।
अहिले २० वटा देशबाट नर्सले आवेदन दिइरहेको र ३ सय नर्स छानिइसकेको रिक्रुट टु हेल्थ केयरका निर्देशक बीपी खनालले जनाए । नेपालबाट समेत आवेदन दिन सकिने जनाउँदै खनालले नर्सको आईएलटीएस तयारी शुल्क, भिसा शुल्क, हवाई टिकटदेखि बेलायत आएपछि तीन महिनासम्म बस्ने व्यवस्था, तालिम तथा अध्ययन नि शुल्क हुने जनाए । टियर टुअन्तर्गत बेलायत आउन नर्सले आईएलटीएस वा ओईटी (अकुपेसनल इंग्लिस टेस्ट) दिनुपर्नेछ ।
तर, नर्सिङ अध्ययन तथा नर्सको परीक्षा अंग्रेजी माध्यममै दिएको प्रमाणित गरे वा नर्सले काम गर्ने ठाउँमा पनि अंग्रेजी माध्यममै बिरामीसँग उपचार गरेको प्रमाणित गर्नसके बेलायतको नर्सिङ एन्ड मिडवाई फ्री काउन्सिल (एनएमसी) ले अंग्रेजी परीक्षाबिना पनि मान्न सक्ने खनालले बताए । झन्डै दशकअघि बेलायत सरकारले सहज अवसर दिएपछि संसारभरिका हजारौं नर्स बेलायत आएको बताइन्छ । नेपालबाट आएका सयौं नर्स पनि अहिले सपरिवार बेलायतमा बसोबास गरिरहेका छन् ।नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष प्रसुना कँडेलका अनुसार, बेलायतका विभिन्न अस्पताल तथा नर्सिङ होममा करिब २७ सय नेपाली नर्स कार्यरत छन् । बेलायतमा पीएचडी गरेका नेपाली नर्सदेखि क्लिनिकल नर्स स्पेसलिस्टसम्म रहेको कँडेलले बताइन् । वेल्समा कार्यालय रहेको रिक्रुट टु हेल्थ केयरमा नर्सिङमा दुई दशक बढी अनुभव सँगालेका युनिभर्सिटी हस्पिटल अफ वेल्सका पूर्वप्रमुख ड्रु फिलिप्स र प्रोफेसर डा. जोन स्टेफेन डेभिज निर्देशक छन् । कम्पनीले बेलायत आउन एक पैसा पनि नदिन आग्रह गरेको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयको ग्लोबल स्पोक पार्टनर रहेको उक्त कम्पनीले एनएचएस र सरकारलाई आवश्यक परे तालिम तथा विभिन्न शैक्षिक सहयोग प्रदान गर्न तयार रहेको जनाएको छ । खनालले नेपाल सरकारसँग पनि आवश्यकताअनुसार कोर्स डिजाइन गरेर अध्ययनका लागि सघाउन सकिने बताए । ( लण्डनबाट नवीन पोखरेलको सहयोगमा )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिनेजरमध्ये गर्भपतन गराउने २४ प्रतिसत
Next article कलेज पढ्दा पढ्दै यौन व्यवसायी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web