• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आनन्दकालागि मात्र हो त स्पा ?

December 3rd, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आनन्दकालागि मात्र हो त स्पा ?

नेत्रप्रसाद घिमरिया

स्पा भन्नाले प्राकृतिक रूपमा गरिने उपचार पद्धतिलाई बुझाउँछ । स्पा रोगीलाई निरोगी बनाउने विधिमात्र होइन, यो मानव शरीरलाई रोगमुक्त राख्ने कला पनि हो । स्पाले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराई शरीरलाई रोगमुक्त राख्न सहयोग गर्दछ । स्पा उपचारभित्र धेरै किसिमका विधिहरू भएका हुँदा व्यक्तिको  अवस्था र आवश्यकताअनुसार उपचार गरिन्छ । त्यसका अतिरिक्त आज आएर स्पा व्यवसाय नेपालका लागि राम्रो रोजगारको क्षेत्रका रूपमा समेत स्थापित भइसकेको छ भने अर्कातिर यो आकर्षक पर्यटन व्यवसायका रूपमा समेत फस्टाइरहेको छ । स्पा आनन्दका लागि भन्दा पनि स्वास्थ्यका लागि प्रमुख हो भन्ने बुझ्नु जरुरी हुन्छ । भोलिका दिनमा डरलाग्दा नसर्ने रोग नलागुन् भन्नका लागि नियमित रूपमा स्पा जान नभ्याए पनि हप्तामा एक पटक जानु राम्रो मानिन्छ । यसले रोकथामको भूमिका निर्वाह गर्दछ । यसले प्रिभन्सन र प्रोमोसनमा मुख्य भूमिका खेल्दछ । आरामदायी वातावरणमा उपचार गर्न चाहनेहरूका लागि सुविधा सम्पन्न स्पा होमहरू ठाउँठाउँमा खुलेका छन् । हालै डब्लूएचओले नसर्ने रोगहरूबाट मर्ने मानिसहरूको संख्या धेरै भएको तथ्यांक सार्वजनिक गरेको छ । यसमा पनि मृत्युको मुख्य कारक मुटु रोगलाई मानिन्छ । कोलेस्टोटेल बढ्ने, डाइबिटिज हुने, प्रेसर बढ्ने आदि समस्या कम गर्न स्पाले राम्रो सहयोग गर्न सक्दछ ।

स्पा जानुपूर्व जान्नै पर्ने कुरा

सर्वप्रथम कुन प्रकारको स्पामा जाने हो पहिले निश्चित गर्नु पर्दछ । जस्तै डे स्पा, मेडी स्पा, क्लव स्पा आदिमा जाने भए सोहीअनुसारको योजना बनाउनु पर्दछ । त्यसपछि कुन सर्भिस लिन जाने हो त्यसको जानकारी हुनु पनि अति आवश्यक मानिन्छ । स्पा लिनुअघि स्पा विशेषज्ञको सल्लाह लिनु पर्दछ । विशेषज्ञले आनीबानी हेरेर सुहाउँदो सेवा रिफर गर्दछन् । सरुवा रोग लागेको वा ज्वरो आएको छ भने स्पामा जानु हुँदैन । शरीरभित्र कृत्रिम अंग प्रत्यारोपण गरिएको छ तत्काल अपरेसन गरिएको छ वा शरीरको कुनै अंग टुटफुट भएको छ भने स्पा जानुपूर्व सल्लाह लिनुपर्दछ । महिलामा महिनावारी वा गर्भावस्थाको समयमा कतिपय सर्भिसहरू लिन उपयुक्त नहुन सक्दछन् त्यसैले विशेषज्ञको सल्लाहबमोजिम स्पा लिनु राम्रो मानिन्छ । खाना खाएको घन्टाभित्र र बढी भोकाएको अवस्थामा स्पा लिनु हुँदैन । सोना स्टिम तथा ज्याकुजी लिनुअघि प्रशस्त मात्रामा पानी पिउनु पर्दछ । स्पा जानुअघि आवश्यक सामान र अन्डर गार्मेन्ट तयारी अवस्थामा राख्नुपर्दछ । भरसक आफ्नै टाबेल प्रयोग गरी नयाँ भित्री कपडा फेर्नु उपयुक्त मानिन्छ ।

स्पा अन्तर्गत पर्ने केही उपचार पद्धतिहरू

१.     शिरोधार : यो एउटा छुट्टै खालको प्राकृतिक उपचार पद्धति हो । यसमा विशेष आयुर्वेदिक तेललाई सहन सक्नेगरी तातो गरेर निश्चित समयावधि भित्र निधारको बीच भागमा तेलको धारा दिइन्छ । यसबाट विभिन्न किसिमका शारीरिक थकाइ र मानसिक तनावहरूबाट उन्मुक्ति पाउन सकिन्छ ।

२.     बडी स्कव : यसलाई हाम्रो शरीरको महत्वपूर्ण भाग छालालाई स्वस्थ राख्नको लागि बढी प्रभावकारी आयुर्वेदिक उपचार पद्धति मानिन्छ । यसले छालामा भएको विकारहरूलाई हटाउने र छालालाई पोषण तत्व प्रदान गर्दछ । यसको लेप कफी, मह, दूध, जैतुनको तेल, धानको पीठोद्वारा तयार पारिन्छ । लेपलाई शरीरको सम्पूर्ण भागमा लेपन गरी हल्का मालिस गरिन्छ ।

३.     हट स्टोन थेरापी : यो एउटा छुट्टै र पाँच हजार वर्ष पुरानो चिनियाँ उपचार पद्धति हो । यसले शारीरिक थकाइ कम गर्नका साथै शरीरलाई शक्ति प्रदान गर्दछ । निश्चित प्वाइन्टहरूमा पानीमा उमालेको तातोढुंगाले दबाब दिएर उपचार गरिने हुँदा यो एकदमै आनन्ददायी र फाइदाजनक छ ।

४.     सोना बाथ : यो विशेष किसिमले डिजाइन गरिएको सुक्खा तापक्रम दिने काठको कोठा हो । यो स्वास्थ्य र स्नानको लागि लोकप्रिय छ । यसले बढी पसिना निकाल्नुका साथै छालामा भएका विकास वस्तुलाई बाहिर निकाल्न र जोड्नीको समस्यालाई समेत समाधान गर्न सहयोग गर्दछ ।

५.     आयुर्वेदिक मालिस : यो परम्परागत प्रविधिद्वारा मालिस गरिने पद्धति हो । स्थानीय क्षेत्रमा उत्पादित जडीबुटीको आयुर्वेदिक तेल लगाएर दर्द भएको मांसपेशी र जोड्नीहरूमा मालिस गरिन्छ । यसले मांसपेशी, हड्डी र नसाहरूलाई मजबुत बनाउनुका साथै विभिन्न प्रकारका नसर्ने रोगहरूबाट बच्न सघाउ गर्दछ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जिल्ला अस्पतालमा विरामी भन्दा गोरुहरुको भिड
Next article ब्लड प्रेसर छ भने यसो गर्नुस्  

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web