• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

ब्लड प्रेसर छ भने यसो गर्नुस्  

December 3rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्लड प्रेसर छ भने यसो गर्नुस्  

विकलचन्द्र आचार्य

उच्च रक्तचाप वा हाइपरटेन्सन भनेको रक्तचाप जरुरीभन्दा बढी हुनु हो । रक्तचाप उच्च भएका प्रायः देखिन वा अनुभव गर्न सकिँदैन । तर समयमा नै उपचार गरिएन भने मुटु ठूलो हुन पुग्छ । राम्रोसँग उपचार भएन भने रगत शरीरभरि पम्प गर्न मिल्दैन । यो हार्ट फेलियरको कारक बन्न सक्छ ।उच्च रक्तचापले हृदयाघात वा स्ट्रोकको जोखिम बढाउँछ । यो स्मरण शक्ति हराउने रोग (ड्रिमेन्सिया) सँग पनि जोडिएको छ । यसले मिर्गौला रोग तथा पेरिफेरल आर्टरी रोग लग्न सक्छ । खुट्टामा असर गर्न सक्छ ।

रक्तचापका कारणहरू के हुन् ?

९० प्रतिशतभन्दा बढी उच्च रक्तचापको कारण थाहा छैन । तैपनि धेरै जोखिमको तत्वहरूले उच्च रक्तचापको विकास हुने सम्भावना बढाउँछ । उच्च रक्तचापको खास कारण नभए डाक्टरले प्राइमरी हाइपरटेन्सन भनेर वर्गीकरण गर्छन् । जोखिमको विकास गर्ने निम्न तत्वहरू छन् ः

जीवनशैली : धेरै नुन सेवन गर्नु, पर्याप्त मात्रामा फलफूल र सब्जी नखानु, क्रियाशील कम हुनु, धेरै मोटोपन हुनु, अधिक मदिरा सेवन गर्नु आदिले उच्च रक्तचापको कारण बन्न सक्छ । धूमपान पनि प्रमुख जोखिममध्ये एक हो ।

वंशाणुगत :आफ्नो रगतको नातामा उच्च रक्तचाप भए वंशाणुगत रूपमा परिवारका अरू सदस्यलाई पनि हुने सम्भावना पाइएको छ ।

जातीय समुदाय : अफ्रिकन क्यारेबियन र दक्षिण एसियाका केही जातीय समुदायका मानिसमा अरूलाई भन्दा बढी उच्च रक्तचाप हुने जोखिम बढी रहन्छ ।

उमेर : अस्वस्थकर जीवनशैली निरन्तर हुँदा उमेर बढ्दै जाँदा पनि उच्च रक्तचाप हुन सक्छ । उच्च रक्तचाप हुन सक्ने अन्तरनिहित कारणहरू करिब १० प्रतिशत उच्च रक्तचाप हुनुको कारण अन्तरनिहित अवस्थाको परिणाम हो । यी कारणहरूलाई सेकेन्डरी हाइपरटेन्सन भनेर वर्गीकरण गरिन्छ । मिर्गौला रोग, मधुमेह, मिर्गौलामा आपूर्ति गर्ने आर्टरीहरू साँघुरिएमा, हार्मोनको अवस्था जस्तै कुसिङ सिन्ड्रोम, शरीरको टिस्यु असर गर्ने अवस्था जस्तै लुपस, परिवार नियोजनका चक्की, दर्दनाशक औषधिजस्तै आइबु्रफिन आदि हुन सक्छन् ।

कसरी रोकथम गर्ने ?

नम्बर थाहा पाऔं : बेलायतमा तीनजनामध्ये एक जनालाई उच्च रक्तचाप छ । तर तिनीहरूमध्ये ३३५ लाई उच्च रक्तचाप भएको थाहै छैन किनभने रक्तचाप बढेको धेरै मान्छेहरूमा कुनै लक्षण हुँदैन (ज्यादै धेरै भएमा मात्रै थाहा हुन्छ) । यसकारण यो मीनघातक भनेर परिचित छ । उच्च रक्तचाप हुँदा मान्छे बिरामी हुँदैनन् । उनीहरूको दिनचर्या वर्षांैसम्म उस्तै रहिरहन्छ । पत्तै नपाइकन बसिरहन्छन्, स्ट्रोक वा हृदयाघात भएपछि मात्र परिणाम देख्छन् । यसबाट आफ्नो रक्तचापको नम्बर थाहा पाउनु जरुरी छ । शरीरको तौल, उचाइ र रक्तचाप जान्नु महत्वपूर्ण हुन्छ । ४० वर्षभन्दा माथिका मान्छेले प्रत्येक वर्ष रक्तचाप नाप्नु आवश्यक हुन्छ ।

खाना र जीवनशैली सुधार : भविष्यमा उच्च रक्तचाप कम गर्न तल भनिएको मुख्य पाँचवटा खाना र जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।

नुन कम खाऔं : अधिक नुन सेवन उच्च रक्तचापको कारण वन्न सक्छ । प्रायः मान्छेहरू दिनमा १०–१२ ग्राम नुन खान्छन्, तर ६ ग्रामभन्दा बढी नुन खानु हुँदैन । जति धेरै तयारी खाना खाइन्छ, उति नै नुनको मात्रा धेरै हुन्छ बढी ।

फलफूल र सब्जी खाऔं : फलफूल र सब्जी पोटासियमका उत्तम स्रोत हुन् । यसले रक्तचापलाई कम गर्दछ । फलफुल र सब्जी घटीमा दिनको पाँच पोर्सन खानुपर्छ ।

क्रियाशील होऔं : सम्भव भएसम्म तन्दुरुस्त हुने कोसिस गर्नुपर्छ । यसले लामो अवधिमा रक्तचाप कम गर्नुको साथै स्वस्थकर बजन राख्न मद्दत गर्दछ । हप्ताको पाँच दिन दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्ने उद्देश्य राख्नुपर्छ । सामान्य हिँडडुल गरे पनि हुन्छ ।

मदिरा कम गरौं : अत्यधिक मदिरा सेवनले रक्तचापलाई अधिक असर गर्दछ ।    यसले स्ट्रोक हुने जोखिम बढाउँछ । हप्ताको १४ युनिटभन्दा कम पिउने सल्लाह दिइन्छ । एक युनिटमा २५ मिलिलिटर ह्विस्की (१ पेग), आधी प्वाइन्ट बियर, एउटा सानो गिलास वाइन (१२५ मिलिलिटर) हुन्छ ।

बढी तौल कम गर्ने : बढी तौलको हुनुहुन्छ भने रक्तचाप बढी हुन्छ । उचाइ अनुरूप ठीक तौलको हुनुहुन्छ भने उच्च रक्तचाप हुने सम्भावना कम हुन्छ । उल्लेखित पाँच किसिमको परिवर्तनले उच्च रक्तचाप कम गर्न ठूलो सहयोग मिल्छ । स्वस्थकर खाना र व्यायामले शक्तिको लेवल बढाउँछ शरीरमा फुर्ति आउँछ ।

स्ट्रोक र हृदयाघात कम गर्ने अन्य उपाय ः रक्तचाप बढेको खण्डमा स्ट्रोक र हृदयघात हुने जोखिमलाई बढाउँछ । अरू कुराले पनि यो रोग लाग्ने सम्भावना बढाउँछ ।

धूमपान छोडौं : रक्तचाप बढेपछि ब्लड भेसल साँघुरिन्छ, धूमपानले यही गर्दछ । तपाईं धूमपान गर्नुहुन्छ र उच्च रक्तचाप छ भने आर्टेरीहरू धेरै चाँडै साँघुरिन सक्छन् । यसले स्ट्रोक र हृदयाघातको जोखिम अत्यधिक बढ्छ । ब्लड भेसल साँघुरिदा कतिपय पुरुषहरू नपुंसक पनि बन्छन् ।

चिल्लो कम : आहारमा चिल्लो कम गर्नुपर्छ । सम्भव भएसम्म स्याथुरेटेर फ्याट निकै कम खानुपर्छ । स्याथुरेटेर फ्याट पाइने खानामा मासु, कुखुराको छाला, चीज, केक, बिस्कुट, तयारी खाना आदि पर्दछन् ।

चिन्ता कम गरौं : चिन्ताले रक्तचाप बढाउँछ । सत्य हो कि चिन्तित मनले अस्थायी रूपमा रक्तचाप बढाउँछ तर वैज्ञानिक हिसाबले स्थायी रक्तचाप बढाउँछ भनेर प्रमाणित गरिएको छैन । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । अस्वस्थकर खानेबानीलई प्रोत्साहित गर्न सक्छ । व्यायाम गरेमा चिन्ता केही हदमा दूर गर्न सकिन्छ रक्तचाप पनि कम हुन्छ ।

मधुमेहको नियन्त्रण गरौं : रगतमा चिनीको मात्रा बढी भए या बाक्लो र टाँसिने हुन्छ । शरीरभरि रगत पम्प गर्न मुटुले कडा मेहनत गर्नुपर्छ । मधुमेह भएको व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना प्रबल हुन्छ । क्रियाशील जीवनले उच्च रक्तचापको जोखिम कम गर्न मद्दत गर्छ ।

रक्तचाप बढे के गर्ने ?

खाना र जीवनशैलीले रक्तचाप ठीक राख्न महत्वपूर्ण भूमिका खेल्छ । यति गर्दा पनि रक्तचाप सामान्य नहुन सक्छ । परिवारको इतिहासमा उच्च रक्तचाप छ भने खाना र जीवनशैली परिवर्तन गर्नुका साथै डाक्टरको सल्लाह लिनुपर्छ । औषधिले रक्तचाप सुरक्षित तवरले कम गराउँछ । वैज्ञानिक प्रमाणले देखाएको छ कि रक्तचापको औषधिले स्ट्रोक र हृदयाघात हुने जोखिम न्यून गर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आनन्दकालागि मात्र हो त स्पा ?
Next article गगनलाई बिजय गराउन डा.गोविन्द केसीको आव्हान ,भिडियो सहित

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132703
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web