• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

कस्तो हुन्छ भ्यासेक्टोमी पछिको यौन आनन्द

December 4th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कस्तो हुन्छ भ्यासेक्टोमी पछिको यौन आनन्द

सन्ध्या केसी

हाम्रो समाजमा एउटा विश्वासले जरा गाडेको छ, भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण) गरेपछि यौन सम्पर्क गर्दा आनन्द आउदैन् । त्यसैले भ्यासेक्टोमी गर्नु भन्दा पत्नीलाई ल्याप्रोस्कोपी गराउन ठिक हुन्छ । तर चिकित्सकहरु यो धारणालाई सरासर गलत भन्छन । उनीहरुको मान्यता छ, भ्यासेक्टोमी गरेपछि पनि यौन आनन्दमा कुनै कमि आउदैन । यो परम्परागत धारणा मात्र हो ।

यौन तथा प्रजनन् स्वास्थ्य विज्ञ डा. विराज महर्जनका अनुसार भ्यासेक्टोमी गर्दा शुक्रबाहिनी नली काटेर बाध्ये गरिन्छ । यौनआनन्दको सम्बन्ध अण्डकोषबाट निकाल्ने टेस्टेस्टेरोन हर्मोनसँग हुन्छ, जुन रक्त सञ्चारको माध्यमबाट  आफ्नो गन्तव्यतिर पुगिहाल्छ । त्यसैले यौन आनन्दमा त्यसले कुनै तलमाथि नपार्ने डा. महर्जनको दावी छ । महिलाको ल्याप्रोस्कोपी गर्नु भन्दा पुरुषले गर्ने भ्यासेक्टोमी सजिलो र प्रभावकारी भए पनि अधिकांश पुरुष यौन आनन्द घट्छ की भन्ने भयले भ्यासेक्टोमी गराउन मान्दैनन् । चिकित्सकहरुका अनुसार भ्यासेक्टोमी गरेपछि पुरुषको शक्तिमा कुनै कमि आउदैन । ढाड दुख्ने जस्ता कुनै समस्या नआउने उनीहरुको दाबी छ । पछि सन्तानको चाहना भए पुन खोल्न सकिने भएकाले भ्यासोक्टोमीलाई बढावा दिनु पर्नेमा नेपालमा यसको ठिक उल्टो भइरहेको चिकित्सकहरुको दावी छ ।

स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको जनसाख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार १५ देखि ४९ वर्ष उमेरसमूहका महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन् । तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेका छन् । सबैभन्दा बढी प्रयोग हुने साधनमा महिला बन्ध्याकरण १५ प्रतिशत, तीनमहिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्पलान्ट ३ प्रतिशत र आईयूसीडी १ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधन प्रगोग गर्नेको तुलनामा परम्परागत विधिको प्रयोग गर्नेको संख्या बढ्दो छ । १९९६ मा ६ प्रतिशत रहेको यो विधि अहिले १० प्रतिशत पुगेको छ । तर आधुनिक साधनको प्रयोग गर्ने २९ प्रतिशत बल्ल ४३ प्रतिशत पुगेको छ । पढेलेखेका महिलाभन्दा नपढेका महिलाले परिवार नियोजनका साधन बढी प्रयोग गर्ने गरेको पाइएको छ । पढेका महिला (एसएलसीभन्दा माथि) मध्ये ३४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन् भने नपढेकामध्ये ५२ प्रतिशतले साधन प्रयोग गर्ने गरेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै
Next article ओठ बिग्रिनबाट जोगिन यसो गरौ

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134020
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

120
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

114
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web