• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

महिलामा पिसाब चुहिने समस्या

January 2nd, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिलामा पिसाब चुहिने समस्या

डा. अर्जुन देव भट्ट,  विश्व तथ्यांकअनुसार प्रौढ महिलामा पिसाब चुहिने समस्या ४० प्रतिशतसम्म देखापर्छ । नेपालमा यो समस्याको व्यापकता खासै अध्ययन भएको छैन । खुलेर या समस्या भन्न नरुचाउने महिलाको बहुमत भएकोले वास्तविक आँकडा पाउन पनि सजिलो छैन । यथार्थमा पिसाब चुहिने समस्या महिलाहरूमा मात्र होइन, पुरुषमा पनि विद्यमान हुन्छ । तर महिलाको दाँजोमा त्यो निकै कम देखापर्छ ।

महिलामा पिसाब धेरै अवस्थामा चुहिने गर्छ । त्यसमध्धे सामान्य मूत्र संक्रमणदेखि लामो समयसम्म जन्मिन नसकेको बच्चाको टाउकोले मूत्र प्रणालीको तल्लो भागमा थिचेर रक्त सञ्चारमा हानि पुर्‍याई पारेको प्वालबाट पिसाब चुहिराख्ने अवस्था सिर्जना गर्न सक्छ । यस्तो प्रकारले बनेको घाउलाई मूत्राशय योनि फिस्टुला भनिन्छ । तर यो लेखमा विभिन्न कारणवश महिलाको पेटभित्र चाप बढ्दा एक्कासी पिसाब चुहिने अवस्थाको शल्य उपचारबारे वर्णन गरिनेछ ।

खोक्दा, हाछ्युँ गर्दा, गह्रुङ्गो बोझ उठाउँदा, यौन सम्बन्ध राख्दा वा त्यस्तै अरू कारणले पेटभित्र एक्कासी चाप बढेको स्थितिमा त्यो चाप मूत्रथैलीभित्र प्रेषित हुन्छ । यस्तो अवस्थामा मूत्रथैलीको घाँटी र मूत्रनलीको सुरुको भाग एक्कासी खुलेको खण्डमा पिसाब रोक्न सकिँदैन । विभिन्न कारणवश पिसाब चुहिने समस्या भएका महिलामध्ये चाप सम्बद्धको संख्या ५० प्रतिशत हुन्छ । महिलामा पिसाब नलीको बीचको भागलाई झोलुङ्गे आकारको संरचनाले आधार दिएको हुन्छ । यो संरचनाको बनावटमा मलद्वार उठाउने मांसपेशी तथा विभिन्न मांसपेशीबाट निस्केको सुत तथा पट्टीले बनेको हुन्छ । तर विभिन्न कारणवश जस्तै– प्रसव क्रिया, नसाको कमजोरी, उमेर, योनि चनाको अवयवमा आएको फरकले झोलुङ्गे आधारलाई कमजोर बनाउँछ । फलस्वरूप त्यसले दिएको टेवाले मूत्रथैलीभित्र बढेको चापलाई धान्न सक्दैन, मूत्रनली खुल्छ र पलभरमै पिसाब चुहिन्छ । पेटभित्र एक्कासी चाप बढ्दा पिसाब संयम (नचुही) रहन कम्तीमा तीन प्रक्रिया तथा प्रणाली समर्थित हुन्छन् ।
सर्वप्रथम पेटभित्र एक्कासी बढेको चाप मूत्रनलीको सुरुको भागमा प्रेषित हुनासाथै मूत्रनलीको मुन्द्रा आकारको मांसपेशी निर्मित बाहिरी ढोका सुरक्षा दिने प्रतिक्रियाको सहयोगले तुरुन्तै खुम्चन्छ । फलस्वरूप अस्थायी रूपमै भए पनि पिसाब चुहिनुबाट रोक्छ । पेटभित्रको चाप मूत्रनलीको सुरुतिर सञ्चार हुँदैमा त्यसलाई सम्पूर्ण मूत्रनलीभित्र बढेको चापको कारण मान्न सकिन्न । किनकि मूत्रनलीभित्रको चाप खोकीको चाप प्रेषण हुनु अगावै बढिसक्छ । त्यसले के देखाउँछ भने महिलामा पिसाब नचुहिने भनेको सक्रिय स्नायु प्रणाली मेक्यानिजम यन्त्र क्रिया हो ।

पेटबाट प्रेषण भएको चापले मूत्रनलीको लचिलो अग्रभागलाई पछाडिको दह्रो भागतिर धकेलेर थिचिदिन्छ । तर मूत्रनलीको पछाडिको भागलाई दह्रो रहन प्रशस्त मात्रामा कटीको मांसपेशी र संयोजक तन्तुको आधार हुनुपर्छ । त्यसैले महिलामा पिसाब नचुहिनु भनेको मांसपेशीको सक्रिय स्थिति, कडापन र निष्क्रिय शारीरिक समायोजन कार्यको परिणाम हो ।
पिसाब चुहिने महिलाहरूमा मूत्रनली तथा त्यसलाई आधार दिने वरिपरिका मांसपेशीको सक्रियतामा कमी देखापर्छ । त्यसको अलावा ती मांसपेशी लुलो हुँदै जान्छन् । थप मूत्रनलीभित्रका झिल्ली जसले आपसमा टाँसिएर पिसाब नचुहिनुका निम्ति ३० प्रतिशत शक्ति प्रदान गर्छन्, त्यस्तो जोल्ठिने गुणको पनि अभाव हुँदै जान्छ । महिलामा चापसम्बद्ध पिसाब चुहिने अवस्थाको मुख्य कारण कटीको समतल भागको मांसपेशी, स्नायुहरू, संयोजक तन्तुजस्ता महत्त्वपूर्ण अङ्गमध्ये एक वा प्राय:जसो सबैको क्षति हुनु हो ।

महिलामा चाप सम्बद्धको अलावा एउटा अर्को यस्तो पिसाब चुहिने स्थिति हुन्छ, जसमा पिसाब नलागुन्जेलसम्म एक्कासी पेटभित्र चाप बढ्दैमा पिसाब चुहिन्न । तर जब महिला पिसाब फेर्ने अनुभव गर्छिन्, तब उठेर जाँदाजाँदै बीचैमा पिसाब चुहिने गर्छ । यस्तो अवस्थामा जति बल गर्दा पनि पिसाब रोक्नै सकिन्न । यो अविलम्ब मूत्र चुहिने कारण एक्कासी मूत्रथैलीको मांसपेशी खुम्चिनु र थैलीको घाँटी र मूत्रनली खुल्नु हो । यस्तो पिसाब चुहिने समस्या महिलामाझ १६ प्रतिशत देखापर्छ ।

माथि उल्लेखित दुबै थरीका पिसाब चुहिने समस्याको मिश्रण आफैमा अर्को प्रकारको समस्या हो, जो महिलामाझ ३४ प्रतिशत देखापर्छ । यस्तो पिसाब चुहिने समस्यामा योनिको खुकुलोपन र योनि वरिपरिको संरचनामा विकसित भएको शिथिलताबाट उत्पन्न हुने गर्छ ।

रोग पहिचान
पिसाब चुहिने समस्याको निर्णायक सूचना महिलाबाटै पाइन्छ । कहिलेदेखि ? के चुहिने पछिल्लो समय बढ्दै गएको छ ? चाप सम्बद्ध मूत्र चुवाहट कुन अवस्थामा देखापर्छ ? महिलालाई यो समस्यासँग जुध्न कति गाह्रो छ ? मूत्रथैली तथा जनेन्द्रिय अङ्ग आफ्नो ठाउँबाट कति तल झर्छन् ? के दिसा त्याग्नुमा समस्या छ ? पारिवारिक तथा सामाजिक कार्यमा सहभागी हुन कति बाधा छ ? इत्यादि । यस्ता विभिन्न प्रश्नको उत्तर बिरामीबाट बेलिबिस्तार सहित संकलन गर्नुपर्छ ।

शारीरिक जाँच गरेर चिकित्सकले मूत्रथैली तथा जनेन्द्रियका अङ्ग योनिको ढोकाबाट कति टाढा भित्र वा बाहिर छन्, त्यसको यकिन लिखित राख्नुपर्छ । झरेको अङ्गको परिमाण यकिन गर्न शल्य उपचारको निम्ति अनिवार्य हुन्छ । शल्य उपचारको उद्देश्य चापसम्बद्ध पिसाब चुहिने महिलामा झरेका अङ्गआफ्नो ठाउँमा राख्नु महत्त्वपूर्ण हुन्छ ।

पुरातन उपचारको कमजोरी

यो उपचार विधिको मुख्य लक्ष्य बिरामीको आचरणमा परिवर्तन गरी पिसाब चुहिने समस्यामा कति कमी ल्याउन सकिन्छ, त्यसको पहिचान गर्नु हो । त्यसको निम्ति खानपिन तथा तरल पदार्थको मात्रा नियन्त्रण गर्ने, तौल उचाइको अनुपातमा मेल खानेगरी राख्ने, कब्जियतसँग जुध्न रेसायुक्त खाना तथा फलफूल र हरियो सागसब्जी खाने, मलद्वार तथा योनिको मांसपेशीलाई शारीरिक कसरत गरेर कसिलो राख्न प्रयत्न गर्ने, मधुमेह, उच्च रक्तचाप तथा ढाड–कम्मर दु:ख्ने समस्या हुनेले शारीरिक कसरतसँगै विशेषज्ञको सल्लाहमा उपचार गर्ने, आचरण परिवर्तनको साथै औषधी प्रयोग गरेर पिसाब चुहिने समस्यालाई न्यूनीकरण गर्ने र छालामा प्वाल पारेर स्नायु तथा मांसपेशीलाई विद्युतीय शक्तिले उत्तेजित पारेर वा मूत्रनलीमा यन्त्र राखेर पिसाब चुहिनुबाट केही राहतको प्रयत्न गर्नुपर्छ । पुरातनवादी उपचारमा प्रयोग हुने जुक्ति तथा उपकरण सबै बिरामी–मैत्री हुन्नन् । उपलब्ध फाइदामा सन्तुष्ट हुने महिलाहरूको संख्या उच्च नभएकाले तुरुन्त देखिने फाइदा लिन शल्य उपचार अँगालिने गरिन्छ ।

शल्य उपचार विधि
शल्य उपचारबाट महिलाहरूको पिसाब चुहिने समस्याको समाधान खोज्ने प्रयत्न सन् १९०७ देखिनै हो । मूत्रनली र थैलीको घाँटी तल सरेर पिसाब चुहिने समस्या हुन्छ भन्ने त्यसबेलाको विश्वास अनुसार शल्य उपचार मूत्रथैलीको घाँटीलाई स्थिर ठाउँमा पुर्‍याएर सिलाउने कार्य गरियो । यस्तो शल्यक्रियाले निकै फाइदा महसुस गरायो । तर आशा गरेजति दीर्घकालीन लाभ हुन सकेन । त्यसैले शल्य उपचारको सुधार गर्दै लगियो । पछिल्लो समयको विश्वास अनुसार मूत्रनलीको बीचको भागलाई मांसपेशी र तन्तुको पट्टाले बनेको झोलुङ्गे आकारको संरचनाले अड्क्याएर राखेको हुन्छ । यो शारीरिक बनोटको विशेषतालाई ध्यानमा राखेर आजभोलि ‘टी.ओ.टी’ शल्य उपचार चापसम्बद्ध पिसाब चुहिने महिलामा उपयोग गरिन्छ । यो विधि अहिलेसम्मकै उत्तम विधि मानिन्छ ।

यस्तो शल्यक्रियापछि महिलाहरू दोस्रो वा तेस्रो दिन अस्पतालबाट बिदा हुन्छन् । दैनिक कार्यमा २ देखि ३ दिनपछि नै संलग्न हुन सक्छन् ।
डा. भट्ट वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् । (कान्तिपुरबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोगको उपचारकालागि ६ सय भारतीय
Next article मै हूँ भन्ने यी ४ अस्पताललाई ठगी मुद्दा

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133976
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

131
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

126
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web