• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डाक्टरले आमालाई कबुल गरेको रकम नतेरेपछि

January 4th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरले आमालाई कबुल गरेको रकम नतेरेपछि

ताइवानको उच्च अदालतले एक दन्तचिकित्सकलाई आफ्नी आमालाई करीब १० लाख डलर तिर्न आदेश दिएको छ । छोराको पढाइकालागि खर्च भएको रकमबापत सो रकम फिर्ता गर्न फैसला सुनाइएको हो । लुओ नाम भएकी महिलाले सन् १९९७ मा आफ्ना छोराहरूसँग एक सम्झौता गरेकी थिइन् । सम्झौताअनुसार पढाइलेखाइ सकेर काम थालेपछि छोराले आमालाई मासिक आम्दानीको ६० प्रतिशत बुझाउनुपर्ने थियो । सम्झौता हस्ताक्षर गर्दा सो डाक्टरको उमेर करीब २० वर्ष भएको बताइएको छ । तर, जागीर खाँदा समेत कान्छो छोरा चुले आफूलाई भनेअनुरूप रकम तिर्न नमानेपछि ती महिलाले छोराविरुद्ध मुद्दा हालेकी थिइन् । बच्चा हुर्काएबापत बुढेसकालमा पैसा माग्नु गलत भएको भन्दै चुले आमालाई पैसा नदिने तर्क गरेका थिए ।

तर, अदालतले भने आमा र छोराबीचको सम्झौता वैधानिक भएको फैसला सुनाएको छ । अदालतले आमालाई दिनुपर्ने रकम भुक्तानी गर्नुका साथै ब्याजसमेत तिर्न सो व्यक्तिलाई आदेश दिएको छ । पतिले आफूसँग सम्बन्धविच्छेद गरेपछि ती महिला एक्लैले दुई छोरा हुर्काएकी थिइन् । दुवै छोरालाई दन्तचिकित्सका पढाइमा लाखौं डलर खर्च भएको, तर बुढेसकालमा आफूलाई नपाल्ने हुन् कि भन्ने चिन्ताले सम्झौता गरेको ती महिलाले भनेकी छन् । महिलाले दुवै छोरासँग सम्झौता गरेकी थिइन् । जसमा कुल १७ लाख डलर भुक्तानी गर्ने सहमति गरिएको थियो । जेठो छोराले सानो रकममै चित्त बुझाउन आमालाई मनाएको बताइएको छ । तर, कान्छो छोराले सम्झौतामा हस्ताक्षर गर्दा आफू निकै सानो भएको र सम्झौता अवैधानिक हुनुपर्ने तर्क दिएर पैसा तिर्न मानेनन् ।

पढाइ सकेपछि आफूले आमाको डेण्टल क्लिनिकमा वर्षौं काम गरेको र अदालतले तिर्न भनेकोभन्दा धेरै रकम कमाउन उनलाई मद्दत गरेको चुको दाबी छ । सम्झौता गर्दा चु वयस्क भएको र सम्झौतामा स्वविवेकले हस्ताक्षर गरेकाले भुक्तानी दिनुपर्ने निर्णय गरिएको सर्वोच्च अदालतकी प्रवक्ताले बताएकी छन् । वयस्क छोराछोरीले बूढा भएका आमाबाबुलाई हेर्नै पर्ने ताइवानको कानूनमा छ । तर, अधिकांश अभिभावकले आफूलाई नहेर्ने छोराछोरीलाई मुद्दा हालेका छैनन् । आमाछोराबीच पढाएबापत बुढेसकालमा मासिक भुक्तानी गर्नुपर्ने सम्झौताका कारण यो घटनालाई धेरैले अनौठो मानेका हुन् । (बिबिसी)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला पीडित पत्रकारलाई बैंकको सहयोग
Next article चिसोबाट कसरी बच्ने ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132199
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web