• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

डाक्टरले आमालाई कबुल गरेको रकम नतेरेपछि

January 4th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरले आमालाई कबुल गरेको रकम नतेरेपछि

ताइवानको उच्च अदालतले एक दन्तचिकित्सकलाई आफ्नी आमालाई करीब १० लाख डलर तिर्न आदेश दिएको छ । छोराको पढाइकालागि खर्च भएको रकमबापत सो रकम फिर्ता गर्न फैसला सुनाइएको हो । लुओ नाम भएकी महिलाले सन् १९९७ मा आफ्ना छोराहरूसँग एक सम्झौता गरेकी थिइन् । सम्झौताअनुसार पढाइलेखाइ सकेर काम थालेपछि छोराले आमालाई मासिक आम्दानीको ६० प्रतिशत बुझाउनुपर्ने थियो । सम्झौता हस्ताक्षर गर्दा सो डाक्टरको उमेर करीब २० वर्ष भएको बताइएको छ । तर, जागीर खाँदा समेत कान्छो छोरा चुले आफूलाई भनेअनुरूप रकम तिर्न नमानेपछि ती महिलाले छोराविरुद्ध मुद्दा हालेकी थिइन् । बच्चा हुर्काएबापत बुढेसकालमा पैसा माग्नु गलत भएको भन्दै चुले आमालाई पैसा नदिने तर्क गरेका थिए ।

तर, अदालतले भने आमा र छोराबीचको सम्झौता वैधानिक भएको फैसला सुनाएको छ । अदालतले आमालाई दिनुपर्ने रकम भुक्तानी गर्नुका साथै ब्याजसमेत तिर्न सो व्यक्तिलाई आदेश दिएको छ । पतिले आफूसँग सम्बन्धविच्छेद गरेपछि ती महिला एक्लैले दुई छोरा हुर्काएकी थिइन् । दुवै छोरालाई दन्तचिकित्सका पढाइमा लाखौं डलर खर्च भएको, तर बुढेसकालमा आफूलाई नपाल्ने हुन् कि भन्ने चिन्ताले सम्झौता गरेको ती महिलाले भनेकी छन् । महिलाले दुवै छोरासँग सम्झौता गरेकी थिइन् । जसमा कुल १७ लाख डलर भुक्तानी गर्ने सहमति गरिएको थियो । जेठो छोराले सानो रकममै चित्त बुझाउन आमालाई मनाएको बताइएको छ । तर, कान्छो छोराले सम्झौतामा हस्ताक्षर गर्दा आफू निकै सानो भएको र सम्झौता अवैधानिक हुनुपर्ने तर्क दिएर पैसा तिर्न मानेनन् ।

पढाइ सकेपछि आफूले आमाको डेण्टल क्लिनिकमा वर्षौं काम गरेको र अदालतले तिर्न भनेकोभन्दा धेरै रकम कमाउन उनलाई मद्दत गरेको चुको दाबी छ । सम्झौता गर्दा चु वयस्क भएको र सम्झौतामा स्वविवेकले हस्ताक्षर गरेकाले भुक्तानी दिनुपर्ने निर्णय गरिएको सर्वोच्च अदालतकी प्रवक्ताले बताएकी छन् । वयस्क छोराछोरीले बूढा भएका आमाबाबुलाई हेर्नै पर्ने ताइवानको कानूनमा छ । तर, अधिकांश अभिभावकले आफूलाई नहेर्ने छोराछोरीलाई मुद्दा हालेका छैनन् । आमाछोराबीच पढाएबापत बुढेसकालमा मासिक भुक्तानी गर्नुपर्ने सम्झौताका कारण यो घटनालाई धेरैले अनौठो मानेका हुन् । (बिबिसी)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला पीडित पत्रकारलाई बैंकको सहयोग
Next article चिसोबाट कसरी बच्ने ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132751
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web