• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै

काठमाडौँ :औषधि खरिद र वितरणको अख्तियारी पाएका स्थानीय तहको अकर्मण्यताका कारण स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै गएका छन् । औषधि भण्डारण रित्तिनाले कतिपय स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित बन्न थालेको छ भने बिरामीले नि:शुल्क पाइने औषधिसमेत निजी पसलबाट महँगोमा किन्नुपरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि अधिकांश स्थानीय तहले औषधि खरिदका लागि बोलपत्र आह्वान गरेका छैनन् । सोझै खरिद गर्न सकिने औषधिका लागि पनि प्रक्रिया अघि बढाइएको छैन । यो स्थानीय तहको गैरजिम्मेवारीको पराकाष्ठा हो । यसबाट उनीहरू स्वास्थ्य र औषधि उपचारको संवेदनशीलताप्रति गम्भीर नभएको देखाउँछ । बेलैमा औषधि खरिदका लागि स्थानीय तहलाई प्रेरित एवं समन्वय गर्न नसक्नु सरकारको पनि कमजोरी हो ।

संवैधानिक प्रावधानअनुसार स्वास्थ्य मन्त्रालयले स्थानीयस्तरका सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयहरू स्थानीय तहलाई गत भदौ ११ गते नै हस्तान्तरण गरेको हो । अहिले ती स्वास्थ्य संस्थाको सञ्चालन, व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई छ र बजेट पनि केन्द्रबाट सोझै निकासा हुन्छ । त्यसैले स्वास्थ्य संस्थाका लागि औषधि तथा स्वास्थ्य उपकरण खरिद, भण्डारण र वितरणको प्रबन्ध सम्बन्धित स्थानीय तहले नै मिलाउनुपर्छ । तर भर्खरै कार्यान्वयनमा आएको स्थानीय तहमा बहाल जनप्रतिनिधि अलमलिनाले औषधि अभावको अवस्था सिर्जना भएको हो । जनप्रतिनिधिहरू प्रक्रियाबारे प्रस्ट बन्न नसक्दा, जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय नहुँदा र दलगत खिचातानीमा रुमल्लिँदा अहिलेसम्म औषधि खरिद हुन नसकेको हो । यसले गर्दा उपचार सेवा नै प्रभावित बन्न पुगेको छ ।
औषधि खरिदका लागि बजेटको समस्या भने छैन । बोलपत्र आह्वान गरेर किन्दा समय लाग्न सक्ने अवस्थामा पाँच लाख रुपैयाँसम्मको औषधि स्थानीय तहले सोझै किन्न सक्छ । औषधि खरिदको अभ्यास स्थानीय तहले पहिलोपटक गर्न लागेकाले विधि र प्रक्रियाबारे अन्योल हुन सक्छ तर यसअघि औषधि खरिद, वितरणको जिम्मेवारी सम्हालेको जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर प्रक्रिया अघि बढाउन सकिन्छ । तर जनप्रतिनिधिहरू गैरजिम्मेवार बन्दा स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्न थालेका हुन् । स्वास्थ्य संस्थामा जीवनजल, एमोक्सिलिन, सिप्रो लगायतका अत्यावश्यक औषधि पाइन छाडेको छ । त्यसो त जनप्रतिनिधिहरू दलगत स्वार्थमा केन्द्रित हुनाले थुप्रै स्थानीय तह अनिर्णयको बन्धक बनेका छन् । जनप्रतिनिधि बहाल भएको ६ महिनाभन्दा बढी (प्रदेश नं. २ बाहेकमा) कतिपय स्थानीय तहमा वार्षिक बजेट तथा कार्यक्रम नै तर्जुमा हुन सकेको छैन । त्यसको प्रभाव स्वास्थ्य उपचारजस्तो संवेदनशील क्षेत्रमा समेत परेको छ ।
राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक हक हो । हरेक सेवाग्राहीलाई गुणस्तरीय सेवा प्राप्त गर्ने हक पनि हुन्छ । आधारभूत स्वास्थ्य सेवा स्थानीय सरकार भनिने स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भएकाले संविधानप्रदत्त यी हकको प्रत्याभूति नागरिकलाई दिलाउने दायित्व उनीहरूकै हो । राज्य पुन:संरचनापछि अधिकारसम्पन्न स्थानीय सरकार गठन हुँदै गर्दा आम नागरिकमा सिर्जना भएको उत्साहलाई जगाइराख्न पनि अहिले सिर्जित औषधि अभावको समस्यालाई जतिसक्दो छिटो किनारा लगाउनुपर्छ । सबै स्थानीय तहले बोलपत्र आह्वान प्रक्रियालाई तत्काल अघि बढाउनु त पर्छ नै, औषधि नै रित्तिएका ठाउँमा नियमले मिल्ने परिणामसम्म औषधि सोझै खरिद गर्नुपर्छ । विधि र प्रक्रियामा अलमल भए जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्नुपर्छ । बैठक/सभा हुन नसकी अनिर्णयको बन्धक बनेका स्थानीय तहहरूमा जनप्रतिनिधिहरू दलगत स्वार्थबाट माथि उठ्न सक्नुपर्छ । मानव जीवनसँगै जोडिएको स्वास्थ्य सेवा सञ्चालनमा उनीहरूका कारण बाधा उत्पन्न हुनु हुन्न । सरकारले ७० प्रकारका औषधि नि:शुल्क दिने घोषणा गरेको छ । सेवाग्राहीले स्वास्थ्य संस्थाबाट नि:शुल्कको सूचीमा रहेका सबै औषधि पाउन सके मात्र त्यस्तो घोषणा सार्थक बन्न सक्छ । त्यसैले स्थानीय तहहरूले नि:शुल्क घोषित अधिकतम औषधि स्थानीयस्तरकै स्वास्थ्य संस्थामा उपलब्ध गराउने प्रबन्ध पनि मिलाउनुपर्छ ।कान्तिपुर बाट
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अदालतको आदेश विरुद्ध डा.केसीअनशनमा
Next article स्वास्थ्य बीमा परिचयपत्र वितरण शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web