• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

कण्डम नलगाई यौन सम्पर्क 

January 14th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कण्डम नलगाई यौन सम्पर्क 

सन्ध्या केसी

काठमाडौं  : १५ देखि ४९ वर्ष उमेरसमूहका महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन् । तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाएको छ । सबैभन्दा बढी प्रयोग हुने साधनमा महिला बन्ध्याकरण १५ प्रतिशत, तीनमहिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्पलान्ट ३ प्रतिशत र आईयूसीडी १ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्नेको तुलनामा परम्परागत विधिको प्रयोग गर्नेको संख्या बढ्दो छ । १९९६ मा ६ प्रतिशत रहेको यो विधि अहिले १० प्रतिशत पुगेको छ । तर आधुनिक साधनको प्रयोग गर्ने २९ प्रतिशत बल्ल ४३ प्रतिशत पुगेको छ ।

पढेलेखेका महिलाभन्दा नपढेका महिलाले परिवार नियोजनका साधन बढी प्रयोग गर्ने गरेको पाइएको छ । कण्डम नलगाई यौन सम्पर्क गर्दा यौन सन्तुष्टि प्राप्त हुने विश्वासका कारण कण्डम प्रयोग गर्नेको संख्या बढ्न सकेको छैन । अपढेका महिला (एसएलसीभन्दा माथि) मध्ये ३४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन् भने नपढेकामध्ये ५२ प्रतिशतले साधन प्रयोग गर्ने गरेका छन् ।  कानुनले विवाह गर्ने उमेर कम्तिमा पनि २० वर्ष हुनुपर्ने तोकेको छ । कलिलै उमेरमा विवाह गर्दा स्वास्थ्य अवस्थामात्र नभएर व्यक्तिको आर्थिक, समाजिक अवस्था पनि कमजोर हुने भएकाले विवाह गर्ने उमेर २५ देखि माथि हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । तर सर्वेक्षणले ५२ प्रतिशत महिला १८ वर्ष नपुग्दै विवाहबन्धनमा बाँधिने गरेको पाइएको छ । नेपालमा महिलाले यौनसम्पर्क सुरु गर्ने उमेर १८ वर्ष रहेको पाइएको छ भने पुरुषले २० वर्षमा यौन सम्पर्क राख्ने गर्छन् ।

पढेलेखेका महिलाभन्दा नपढेका महिला ४ वर्षअगाडि नै यौन सम्पर्क सुरु गर्ने गरेको सर्वेक्षणले देखाएको छ । ११ प्रतिशत महिला त १५ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेका छन् भने ५१ प्रतिशतले १८ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेको पाइएको छ । महिलाहरू विवाह भएको अढाई वर्षभित्रमा नै पहिलो बच्चा जन्माउँछन् । उनीहरूले पहिलो बच्चा जन्माउने मध्यउमेर २० वर्ष हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एम्बुलेन्सका लागि देशभर एउटै टोल फ्रि '११२'
Next article किन हुन्छ जाजरकोटमा भाइरल पुनरावृत्ति ?

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web