• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एम्बुलेन्सका लागि देशभर एउटै टोल फ्रि ‘११२’

January 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एम्बुलेन्सका लागि देशभर एउटै टोल फ्रि ‘११२’

काठमाडौँ, ३० पुस : सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नंको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ ।देशभरबाट ११२ नंमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो । एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नं १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नं रहने गरी व्यवस्था गर्नुपर्ने उल्लेख छ । सो बुँदा ढिलै भए पनि कार्यान्वयन तयारीमा मन्त्रालय लागेको हो ।

निर्देशिकामा एम्बुलेन्स सञ्जाल तथा ट्रयाकिङअन्तर्गत एउटै क्षेत्रमा सेवा पुयाउने गरी एकभन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेका अवस्थामा सबै एम्बुलेन्सलाई एउटै सञ्जालमा आबद्ध हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
एम्बुलेन्स सञ्जालका लागि मन्त्रालयमा एक केन्द्रीय ‘डिस्प्याच सेन्टर’ रहने र आवश्यकतानुसार अन्य स्थानमा पनि त्यस्ता सेन्टर रहन सक्ने निर्देशिकामा उल्लेख छ । त्यस्तो ‘डिस्प्याच सेन्टर’ सञ्चालनका लागि आकस्मिक उपचार वा एम्बुलेन्स सेवाको क्षेत्रमा ज्ञान र अनुभव भएको संस्थासँग सञ्चालन साझेदारी गर्न सक्ने उल्लेख छ ।

यसअघि प्रहरीलाई फोन गर्नुपरे १००, दमकललाई फोन गर्नुपरे १०१, ट्राफिक प्रहरीलाई फोन गर्दा १०३, बालबालिका हराएमा १०४ र फोन नंबारे जानकारी लिन १९७ को प्रयोग हुँदै आएको छ ।

निजी क्षेत्रबाट काठमाडौँ उपत्यकाभित्रका हकमा १०२ नंमा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरिए पनि सरकारी तहबाट भने कुनै नं कार्यान्वयनमा रहेको छैन । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा मेडिकल टिम्स इन्टरनेशनल (एमटिआइ), नेपालको सहयोगमा धादिङमा परीक्षणका रुपमा ११२ नंलाई एम्बुलेन्सको नंका रुपमा प्रयोग गर्ने योजना बनाएको मन्त्रालयका उपसचिव राजीव पोखरेलले जानकारी दिनुभयो ।

सो नंका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको र दूरसञ्चार प्राधिकरणसँग छलफल जारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा धादिङमा यो नम्बरलाई परीक्षणका रुपमा प्रयोग गर्छौं । भविष्यमा देशैभरि सोही नम्बरलाई प्रयोग गर्ने तयारी मन्त्रालयको छ ।”

यसले देशभरि एउटै एम्बुलेन्स नेटवर्किङ बन्ने र एम्बुलेन्स सेवा सहज र सरल रुपमा पाउन सकिने आफूहरुले विश्वास लिएको उहाँले बताउनुभयो । मेडिकल टिम्स इन्टरनेनशल, नेपालका लागि देशीय निर्देशक विमल विष्टले आफूहरुले सञ्चालनमा ल्याएको ‘आपत्कालीन चिकित्सा प्रणाली’ कार्यक्रमअन्तर्गत एउटै टेलिफोन नंका लागि सरकारसँग सहकार्य गरिरहेको बताउनुभयो ।

एउटा टेलिफोन नं मात्रै हुँदा सेवाग्राहीलाई सम्झन सजिलो हुने र आपत्कालीन समयमा सेवाग्राहीले सहजै सम्पर्क गर्न सक्ने उहाँले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्याल, धादिङका प्रमुख महेश्वर श्रेष्ठले ११२ नंलाई जिल्लामा एम्बुलेन्स नम्बरका रुपमा प्रयोगका लागि आफूहरुले केन्द्रमा सिफारिश गरिसकेको जानकारी दिनुभयो ।

सो नं सञ्चालनका लागि आवश्यक प्रक्रिया शुरु भएको र रेडियोमिटर राखेर डिस्प्याच सेन्टर स्थापनाको समेत काम अघि बढेको छ । जिल्लामा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जनस्वास्थ्य कार्यालयमा दर्ताका लागि ३० दिनको समय दिएर सूचना जारी गरिसकिएको र अब दर्ता नभएका तथा एम्बुलेन्सका लागि मापदण्ड पूरा नभएका एम्बुलेन्सलाई जिल्लामा सञ्चालनमा रोक लगाइने उहाँले बताउनुभयो ।

एम्बुलेन्स निर्देशिकाले तोकेका मापदण्ड पूरा भएकालाई मात्रै सञ्चालन गर्न दिइने उहाँले स्पष्ट पार्नुभयो । निर्देशिकाले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्ने, एम्बुलेन्सको पहिचान हुने गरी आवाज (साइरन), नीलो रङको संकेत बत्ती जडान भएको, ‘फोर ह्विल ड्राइभ’, ‘सस्पेन्सनको चेन सिस्टम’, एक हजार सिसीभन्दा बढी क्षमताको हुनुपर्र्नेे मापदण्ड तोकेको छ ।

यसैगरी एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी ‘क’ वर्गका लागि बाहिर देखिने भाग कम्तीमा दुई तिहाइ भाग रातो, ‘ख’ वर्गका लागि पहेँलो भाग दुई तिहाइ हुनपर्ने र ‘ग’ वर्गका लागि हरियो हुनपर्ने तोकिएको छ ।

धादिङमा ‘एमटिआइ’ले एम्बुलेन्समा हुनुपर्ने न्यूनतम सेवासुविधाका लागि समेत सहयोग गरिरहेको छ । जिल्लाभरका एम्बुलेन्स चालक संगठित भई ‘संयुक्त एम्बुलेन्स चालक समाज’ गठन गरेका छन् । समाजका अध्यक्ष भेषराज ठकुरीले समाजमा दर्ता भएका ४० एम्बुलेन्समा न्यूनतम मापदण्ड पूरा गर्नका लागि सबैलाई आग्रह गरिएको बताउनुभयो ।

एम्बुलेन्स निर्देशिकाले चालकका हकमा कम्तीमा २५ वर्ष पूरा भएको, चालकका रुपमा न्यूनतम पाँच वर्ष काम गरेको, राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेबमोजिमको प्राथमिक उपचारको तालीम लिएको हुनुपर्ने व्यवस्था गरेको छ तर यो पूर्णरुपमा कार्यान्वयनमा भने आउन सकेको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कण्डम नलगाई यौन सम्पर्क 
Next article एमबिबिएस आरक्षित सिटमा आन्तरिम आदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web