• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीले पाउन थाले ५ हजार भत्ता

January 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीले पाउन थाले ५ हजार भत्ता

हेल्थ टुडे

काठमाडौं  : मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीहरुले सरकारले उपलब्ध गराउने भनेको मासिक ५ हजार भत्ता पाउन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री देउवाले ट्रमा सेन्टर र बीर अस्पतालमा उपचार गराइरहेका २१ जना बिरामीलाई ५ हजारका दरले चेक हस्तान्तरण गरेर सेवा प्रारम्भ गरेका हुन । पुस १३ गतेको मन्त्रिपरिषद बैठकले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीहरुलाई  प्रतिमहिना ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो । यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था  गरिएको हो । नेपालमा यस मिसिमका  बिरामीको संख्या १७ हजार रहेको अनुमान गरेको छ । सरकारले उपलब्ध गराउन थालेको उक्त भत्ता सूर्तिजन्य पदार्थबाट संकलन गरिने करकोषबाट खर्च गरिने छ ।

यो भत्ता व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्लास्थित सरकारी अस्पतालको प्रमुख सदस्य र जिल्ला स्वास्थ्य प्रमुख सदस्य सचिव हुनेछन् ।  भत्ता रकमको चेक लिनका लागि बिरामी स्वयम् उपस्थित हुनुपर्ने, स्वयम् उपस्थित हुन नसक्ने अवस्था रहेमा अस्पताल प्रमुखको स्वीकृतीमा बिरामीको अभिभावकलाई प्रदान गर्न गरिने, भत्ता पाउने बिरामीको मृत्यु भएमा आफन्तले सोको जानकारी गराउनेपर्ने नगराई भत्ता लिएमा नियमानुसार उपर गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिर्गौला, मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई पारालाइसिस भएका बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ स्वीकृत भई सोही अनुसार यो व्यवस्था कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ । सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ र मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण निशुल्क गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. रुईतलाई भारतको सम्मानित पद्म श्री प्रदान गरिने
Next article नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा   

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web