• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. रुईतलाई भारतको सम्मानित पद्म श्री प्रदान गरिने

January 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. रुईतलाई भारतको सम्मानित पद्म श्री प्रदान गरिने

हेल्थ टुडे

काठमाडौं : म्यागासेसे पुरस्कार बिजेता आखा रोग विशेषज्ञ डा. सन्दुक रुईतलाई भारत सरकारले पद्मश्री सम्मानबाट सम्मानित गर्ने भएको छ । तिलगंगा आखा प्रतिष्ठानका कार्यकारी डा.रुईतलाई प्रदान गरिने लागेको उक्त सम्मान भारतको चौथो ठूलो सम्मान हो । यो पुरस्कार अभिनेता अमिताभ बच्चन, गायक उदितनाराण झा लगायतले प्राप्त गरिसकेका छन् । यो पुरस्कार पाउने डा. रुईत पहिलो नेपाली आखा रोग विशेषज्ञ हुन । नेपाल सहित एशिया र अफ्रिकासम्मका दृष्टिविहीनलाई आखाको ज्योति छर्दै उल्लेखनिय योगदान गरेको भन्दै भारत सरकारले उनलाई यो सम्मान गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

अन्धोपन निवारणमा डा. रुईतको महत्वपूर्ण योगदान छ । कम शुल्कमा मोतिबिन्दूको शल्यक्रिया गरेर हजारौ मानिसको गुमेको आखाको ज्योति फर्काएर उनले नेपाल सहित भारत, चीन, दक्षिण कोरिया र अफ्रिकामा आफूलाई एशियाकै अब्बल आखा रोग विज्ञको रुपमा सावित गरेका छन् । आर्थिक अभावका कारण दृष्टि गुमाएका विपन्न जनताका लागि उनले निशुल्क सेवा समेत दिएका छन् । आखा उपचारका क्षेत्रमा नेपाल सरकारले कुनै लगानी नगरेको अवस्थामा डा. रुईत सहितको समूहले आखा उपचारमा सफलता पाएको छ । सबै कुरा बिदेशबाट आयात गर्नु पर्ने अवस्थामा डा. रुईतकै पहलमा अहिले ३० वटा भन्दा बढी देशहरुमा मोतीविन्दू सम्बन्धी सर्जरी लेन्सहरु पठाउँदै आएको छ । उनले हरेक हप्ता २५ सय भन्दा बढी खर्च गर्न नसक्ने विरामीहरुलाई निशुल्क उपचार गराउँदै आएका छन् । एशिया र अफ्रिकाका एक लाख भन्दा बढी मानिसको गुमिसकेको आँखालाई पुनर्जि्वित गराईदिएका छन् । ताप्लेजुङा जन्मेका डा. रुईतले काठमाडौं आउन नसक्ने विपन्नहरुलाई दूर्गम भेगमा समेत पुगेर उपचार गर्ने गरेका छन् । उनले सञ्चालन गरेको तिलगंगा आखा प्रतिष्ठान आखा उपचारको क्षेत्रमा एशियामै उत्कृष्ठ अस्पतालको रुपमा लिइन्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको दायित्व
Next article मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीले पाउन थाले ५ हजार भत्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134055
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web