• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

डाक्टरले ४ सय फि लिदा कसरी हुन्छ ब्रम्हलुट ? 

January 26th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डाक्टरले ४ सय फि लिदा कसरी हुन्छ ब्रम्हलुट ? 

डा.मुक्ति श्रेष्ठ,

देश संघीयतामा गएपछि स्वास्थ्य सेवा अस्तव्यस्त हुने अवस्था आएको छ । स्वास्थ्यसेवालाई राम्ररी व्यवस्थापन गर्न सकिएन भने स्वास्थ्य क्षेत्रमा अहिले भएको उपलब्धि पनि गुम्ने खतरा छ । जिल्ला अस्पतालहरूलाई समेत नगरपालिका मातहत राखिएको छ । नगरपालिकाले अस्पतालको सामथ्र्यअनुसार आवश्यक पर्ने औषधि, उपकरण र व्यवस्थापन गर्नमा ध्यान दिन सकेको पाइएको छैन । स्वास्थ्य सेवा अन्य सेवाजस्तो होइन । गम्भीर र अत्यावश्यक प्रकृतिको सेवा हो । अत्यावश्यक सेवा सञ्चालन गर्न त्यही किसिमको अनुभव, बजेट र इच्छाशक्ति चाहिन्छ । जनमानसमा सरकारले नै डाक्टरको गरिमा घटाउने काम गरेको छ ।  डाक्टरले बिरामी लुट्छन् भन्ने मात्र सन्देश प्रवाह गरिएको छ ।

डाक्टरले हरेक दिन सयौं बिरामीको ज्यान बचाएका हुन्छन् । त्यो कुरा कतै सुनिँदैन । डाक्टरले करोडौं कमाइरहेका छन् भन्ने छ जनमानसमा । यहाँ केही औंलामा गन्न सकिने डाक्टरबाहेक धेरैको अवस्था त्यस्तो छैन । अधिकांश डाक्टरले बिरामी जाँच गरेबापत तीन सयदेखि पाँच सय लिने गरेका छन् । जम्मा १० जना डाक्टरले मात्र आफ्नो शुल्क एक हजार रुपैयाँ लिने गरेका छन् । अरू सबैको शुल्क समान हो । डाक्टरले बिरामी जाँचेबापत तीन सयदेखि पाँच सय लिएपछि कसरी बिरामी लुट्यो ? डाक्टर देख्यो कि ब्रम्हलुट कसरी देखिन्छ ? वकिलले एक घन्टाको फि  एक लाखदेखि पाँच लाख रुपैयाँसम्म लिन्छ । मैले देखेको छु । सुनेका भरमा भनेको होइन । तर डाक्टरले चार सय रुपैयाँ लिँदा कसरी भयो कालोबजारी ? धेरै डाक्टरहरूको अवस्था खस्कँदो छ । यी कुरालाई कसले मध्यनजर गर्ने ? दोष मात्र दिएर समस्याको समाधान हुन्छ त ? निजी अस्पतालहरूले ठूलो लगानी गरेका हुन्छन् । उनीहरूले आफ्नो सेवा निःशुल्क दिन सक्दैनन् । नियमअनुसार उनीहरूले पनि निःशुल्क सेवा दिनुपर्छ । दिने गरेका छैनन् भने सरकारले कारबाही गर्नुपर्छ । उनीहरूलाई जिम्मेवार बनाउन राज्यले पनि उनीहरूप्रति आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । डाक्टरहरू र उनीहरूले काम गर्ने अस्पतालहरूमाथि हुने आक्रमणका घटना घट्नुको सट्टा बढ्दै गइरहेका छन् ।

चिकित्सक भनेका पूरै भगवान् होइनन् । चिकित्सकले सबै मृत्युलाई रोक्न सक्दैन । बिरामी बचाउन उसले कुनै कसर छाड्दैन । त्यति हुँदाहुँदै पनि बिरामीको स्वाभाविक मृत्युलाई रोक्न सकिँदैन । चिकित्सकसँंग कुनै दैवीय शक्ति हँुदैन कि उस्ले चाहे बिरामी बाँच्ने र नचाहे नबाँच्ने । ऊ पनि आम मानिस सरहको मानिस हो ।  फरक यत्ति हो कि उसले आफूले पढेको र सिकेको सीपको आधारमा वैज्ञानिक तरिकाले बिरामीको उपचार गरी रोग निको पार्ने कोसिस मात्र गर्ने हो । चिकित्सा पेसामा जशभन्दा अपजशको चर्चा बढी हुन्छ । कथम् कदाचित बिरामीको मृत्यु भएमा चिकित्सकलाई प्रमुख दोषीको रूपमा हेरिन्छ । स्वास्थ्य कार्यकर्तामाथि हातपात गर्नु र संस्थामाथि तोडफोड हुनु हदैसम्मको बदमासी हो । केही गिरोहहरूले अस्पताल र चिकित्सकलाई पैसा असुल्ने भाँडोसमेत बनाउन थालेका छन् । एकातिर यथोचित उपकरणबिना अनुमानको भरमा उपचार गर्नुपर्ने बाध्यता अनि अर्कातिर दोषको भागीदार पनि बन्नुपर्ने जटिल परिस्थितिबाट गुज्रिरहेको छ नेपालको चिकित्सा पद्धति र काम गर्ने चिकित्सक ।

सबै दोष र लाञ्छनाको सिकार किन बनाइन्छ चिकित्सकलाई ? तर त्यसपछाडिको कारणको खोजी गरिँदैन । एउटा चिकित्सकले एउटा अस्पतालमात्र काम गर्दैन, उसले निजी क्लिनिक पनि धाउँछ । किन ? त्यस पछाडिको कारण के ? के ड्युटीपछिको समयमा अरूले जस्तै एउटा चिकित्सकले बाहिर काम गर्न पाउने कि नपाउने ? पाउने हो भने कस्तो परिस्थितिमा र यदि नपाउने हो भने किन नपाउने, उसले कति घण्टा काम गर्ने, उसको आम्दानीले उसको दैनिक आवश्यकताको परिपूर्ति हुन्छ त ? यी कुराहरू किन हेरिँदैन ?  चिकित्सकलाई मात्र दोषी किन ठह¥याइन्छ ? ठूलो संख्यामा चिकित्सकहरू विदेश पलायन भइरहेका छन् । त्यसको सोधीखोजी कसले गर्ने ? चिकित्सकहरू काठमाडौंभन्दा बाहिर जान चाहँदैनन् भनेर पनि चिकित्सकलाई नै दोष दिइन्छ तर दुर्गममा रहेका चिकित्सकहरूले पाइरहेको सुविधा र सेवाहरू हेरिँदैन । उनीहरूका समस्या कसले हेर्ने ? चिकित्सा क्षेत्रमा पनि जरा गाढेर रहेको केन्द्रीकृत नीति पनि एक कारकको हो । काठमाडौं र काठमाडौं बाहिर भनेर व्यवहार गरिन्छ । कानुनी रूपमा र व्यावहारिक रूपमा समेत पक्षपात गरिन्छ । मन्त्रालयका सामान्य काममा समेत फरक व्यवहार गरिन्छ । चिकित्सकमा पनि मानवीय गुण हुन्छन्, चाहना र सुखद भविष्यको चिन्ता हुन्छ । अनि के एक चिकित्सकले त्यो वातावरण पाउँछ त ? वा उसलाई सुगमको भन्दा बढी सेवा सुविधा दिइएको छ । यस्ता कुराहरूको हेक्का कस्ले राख्ने ?

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्राण्डीको सघन उपचारमा कार्यरत  नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण 
Next article स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकारको दायित्व

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web