• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

शोभाकर कँडेलको मिसन : कुष्ठरोग मुक्त नेपाल

January 27th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शोभाकर कँडेलको मिसन : कुष्ठरोग मुक्त नेपाल

हेल्थ टुडे,

शोभाकर कँडेलका बुवा भक्तिराम कँडेल, (९१) भारतको मेघालय, सिलोङमा सरकारी जागिरे थिए । भारत सरकारले मेघालयबाट नेपालीहरू हटाउने अभियान चलाउनु अगाडि नै  सपरिवार नेपाल फर्के । कपिलवस्तु बाणगंगामा बसाइँ सरेपछि  कडेल परिवार त्यहा कृषिसँगै समाजसेवामा पनि सक्रिय भयो ।  शिक्षाबाट विमुख रहेका समूदायका लागि स्कुल खोल्ने र सामुदायिक वन बनाउने काममा कडेलका बुबाको ठूलो झुकाव रह्यो । बुवाको समाजसेवी छाप शोभाकरमा पनि सानै उमेरदेखि पर्यो । पढाइपछि समाजसेवामा लाग्नु पर्छ भन्ने छाप बालमस्तिष्कमै परेपछि उनले दायाबाया कतै हेरेनन् । पहिलो खुटकिलो पढाई र त्यसपछि समाजसेवा । पछाडि परेकालाई सहयोग गरेर अगाडि ल्याउनुपर्छ भन्ने बुबाको आदर्शबाट  प्रभावित शोभाकर पढाइका लागि कपिलवस्तु, बुटबल हँदै काठमाडौं आए । काठमाडौंमा उनले शंकरदेश क्याम्पसबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण गरे । उनका अधिकांश साथीहरू सरकारी जागिरतिर लागे । सरकारी जागिरे भए । तर शोभकरको लक्ष्य क्लियर थियो, समाजसेवा त्यसैले लागे  सेवातिर । उनलाई सरकारी जागिरले लोभ्याउन सकेन । उनले ल्याप्रोसी मिसनमा संलग्न भएर असहायको सेवामा लाग्ने प्रण गरे । कुरा होइन काम नै गर्नुपर्ने स्वभावका शोभाकरले सन् १९९१ मा दी ल्याप्रोसी मिसन प्रवेश गरे । हस्पिटल प्रशासकको रूपमा प्रवेश गरेका उनी केही वर्ष त्यहा काम गरेपछि हस्पिटल म्यानेजमेन्ट पढ्न भारतको तमिलनाडुस्थित भेलौर गए ।

भारतका हस्पिटलको व्यवस्थापनबाट उनी निकै प्रभावित भए । नेपालमा पनि व्यवस्थित र बिरामी केन्द्रित हस्पिटल चलाउने दृढ संकल्प गरेर हस्पिटल म्यानेजमेन्टको अध्ययन सकेर उनी नेपाल फर्के । उनको दृढ संकल्प र व्यवस्थापकिय सिपबाट प्रभावित भएर ल्याप्रोसी मिसन नेतृत्वले सन् २००५ मा उनलाई ल्याप्रोसी मिसनको इन्चार्जको जिम्मेवारी सुम्प्यो ।  त्यतिबेला आनन्द वन अस्पताल कुष्ठरोगीको उपचार, कुष्ठरोग सम्बन्धी अनुसन्धान र स्वास्थ्यकर्मिहरुलाई यो रोगका बिषयमा तालिममा मात्र केन्द्रित थियो । शोभाकरलाई लाग्यो यतिमा मात्र अड्किएर बस्नु हँुदैन अब । उनलाई लाग्यो, जवसम्म कुष्ठ प्रभावितलाई समाजमा पुनस्र्थापित गर्न सकिँदैन तवसम्म उपचारले मात्र सामाजिक भेदभाव हट्दैन । त्यसैले उनले कुष्ठ प्रभावितलाई आफ्नै समाजमा पुनस्र्थापित गराउने योजना अगाडि ल्याए । त्यही अनुसार हजारौं कुष्ठ प्रभावितलाई उनीहरूकै समाजमा विभिन्न तालिम र आर्थिक सहयोग गरेर पुनस्र्थापित गरे । मध्यमाञ्चलमा मात्र केन्द्रित रहेको आनन्द वन अस्पतालको सेवा सुदूरपश्चिमसम्म पु¥याउन शोभाकरले उल्लेख्य भूमिका खेले । देशभरि कुष्ठरोगका स्क्रिनिङ क्याम्प चलाए । आनन्दवन अस्पताललाई देशकै एक मात्र रिफरल अस्पतालको रूपमा विकास भयो । कुष्ठरोग निवारण गर्ने सरकारको अभियानलाई तन, मन र धनले सहयोग गरेर कार्यक्रम सफल बनाउन उनी लागे । जसको फलस्वरूप सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भयो । देशभरिका कुष्ठरोगीको स्तरीय उपचार दिने अस्पतालको रूपमा आनन्दवन अस्पताललाई अगाडि बढाउन शोभाकरले नेतृत्वदायी भूमिका खेले । अस्पतालको सेवासुविधा विस्तार गर्दै उनले त्यहाँ कार्यरत जनशक्तिको विकासमा पनि विशेष ध्यान दिए । ९९ जना कर्मचारीको संख्या बढाएर उनले एक सय ७७ पु¥याए । आनन्दवनका अलावा बिरामीको सेवाका लागि छुट्टै रिफरल क्लिनिक खोल्ने अभिप्रायलाई सफल बनाउन उनी सफल भए । सातदोवाटोनजिकै अहिले मिसनले आफ्नै भवन निर्माण गरेर सेवा दिइरहेको छ । पहिलेपहिले आनन्दवन अस्पतालमा पहिले काम गर्ने अधिकांश विदेशी हुन्थे । नेपाली जनशक्तिलाई नै तालिम दिएर दक्ष बनाउनुपर्छ भन्ने मान्यताका साथ शोभाकरले अहिले अधिकांश नेपाली जनशक्तिलाई प्रतिस्थापन गरिसकेका छन् । जनशक्तिमा लगानी गरे मात्र त्यसले प्रतिफल राम्रो दिन्छ भन्ने कुरा बुझेका शोभाकरले त्यही गरे । जुन सही सावित भएको छ । अहिले पनि उनी अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्नमा लागेका छन् । दर्जनौं जनशक्ति विदेशमा अध्ययनरत छन् ।

कँडेल भन्छन्, ‘कार्यरत जनशक्तिमा उत्प्रेरणा भएन भने सोचेअनुसारको काम हुन सक्दैन । त्यो उत्प्रेरणा जगाउने काममा म दत्तचित्त भएर लागेको छु । ’ आनन्दवन अस्पताल  सन् १९५७ मा दी लेप्रोसी मिसन अन्तर्राष्टियको आथिृक सहयोगमा स्थापित अन्तर्राष्टिय गैरसरकारी अंसंस्थाको रुपमा संचालन हुदै आएको र हाल सन् २००५ देखि दी लेप्रोसी मिसन नेपालद्घारा संचालित विशेषज्ञता सेवा प्राप्त अस्पताल हो । यहाँ सबै कुष्ठरोगीको निःशुल्क उपचार हुन्छ । एक सय १० शय्याको सुविधासम्पन्न अस्पताल चलाउनु चानचुन कुरा होइन ।  दाताहरूलाई काममार्फत रिझाएर डोनेसन भित्र्याउनु पर्छ । शोभाकरले आफूलाई कुरामा होइन कामबाट प्रमाणित र प्रभावित पारेका छन् । जसको फलस्वरूप दातालाई सन्तुष्ट पार्न सकेका छन् । उनी भन्छन्, ‘आफूले दिएको सिसोर्स राम्रो तरिकाले प्रयोग गरेपछि मात्र उनीहरू सहयोग गर्छन् । हामी त्यस काममा सफल भएका छौं । ’ कँडेलको जिम्मेवारपूर्ण नेतृत्वका कारण विदेशी दाताको सहयोग निरन्तर छ । कँडेल अझै आनन्दवन अस्पताललाई गुणस्तरीय सेवा प्रदान गर्ने सुविधासम्पन्न अस्पताल बनाउने ध्याउन्नमा छन् । उनी थाकेका छैनन् । अमेरिकमा अध्ययनरत छोरी गुमाउनुको पिडालाई शक्तिमा बदलेर उनी कुष्ठरोगीको सेवामा दत्तचित्त भएर लागेका छन् । भूकम्पले चर्केका भत्केका अस्पताल भवन नयाँ बनाउँदै छन् । आधुनिक प्रविधिका उपकरण ल्याउँदै छन् । दक्ष जनशक्ति तयार पार्ने काममा पनि उनी लागेकै छन । उनको बहुप्रतिभाशाली नेतृत्व क्षमताको उच्च मूल्यांकन गर्दै दातृ निकायले उनीमाथि विश्वास गरेका छन् । सधैं दातृ निकायले सहयोग गरिरहँदैनन् । त्यसका लागि आफैं आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा कँडेलले बुझेका छन् । त्यसको गृहकार्यमा उनी लागेका छन् । कुष्ठरोगीको उपचारमा दाताको सहयोग नभए पनि फरक नपरोस् भनेर उनी अस्पताललाई आत्मनिर्भर बनाउने अभियानमा जुटेका छन् । उनी त्यसका लागि अस्पतालको सेवा विस्तार गरेर अस्पतालको आय बढाउने र त्यो आयबाट कुष्ठरोगीले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउँदै छन् । आनन्दवन अस्पतालमा अर्थोपेडिक, बालरोग, स्त्री रोग, छाला रोग, एचआईभी, फिजियोथेरापी, प्याथोलोजी सेवा, एक्सरे सेवालगायतका सेवाबाट केही शुल्क लिएर त्यो पैसा कुष्ठरोगीको उपचारमा खर्च गर्ने भावी योजना छ कँडेलको । कुष्ठरोगीको उपचारमा सरकारले पनि विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ ।

कुष्ठरोगका कारण अंगभंग भएका प्रभावितका लागि रिकन्स्ट्रन सर्जरीमा सघाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको अनुभव छ । नेपालबाट कुष्ठरोग उन्मूलन नभएसम्म सेवा दिने उनको प्रतिबद्धता छ । निकट भविष्यमै ४० शय्याको ट्रमा सेन्टर स्थापना गर्ने योजनामा कँडेल छन् । तीन वर्षभित्र उक्त आईसीयूसहितको अस्पताल स्थापना हुनेछ । यो सेन्टर स्थापनापछि ललितपुरको दक्षिणी भेकका जनताका लागि वरदान नै हुने छ ।

दी ल्याप्रोसी मिसन ( आनन्दवन अस्पताल ) मा बिताएका २७ वर्ष फर्केर हेर्दा शोभाकर पूर्ण सन्तुष्ट छन् । आनन्दवन अस्पतालमा सेवा सुरु गरेका प्रारम्भिक दिनमा उनलाई भेट्नसमेत नचाहने साथीभाइ अहिले उनप्रति गर्व गर्छन् । उनका कयौं साथीभाई अहिले सरकारको उपल्लो ओहोदामा पुगेका छन् । तर शोभाकरलाई आफूले गरेको सेवामा आत्मसन्तुष्टि छ । भन्छन्, मैले कुष्ठरोगीको सेवा गर्नु थियो । त्यो गरे । त्यसमा म सफल भएको छु । मेरो सन्तुष्टि यही हो । कुष्ठरोगको क्षेत्रमा चेतना विस्तार भएको छ । उपचारमा आएका छन् । हजारौं निको भएर समाजमा पुनस्र्थापित भएका छन् । त्यसमा कँडेललाई खुसी लाग्छ । कँडेल अझै थोकेका छैनन् । अहिले नै विश्राम लिने मुडमा छैनन् । अबको १० वर्षमा कुष्ठरोग उन्मूलनको क्षेत्रमा ठूलो परिवर्तन हुने उनको अनुमान छ । अबको १० वर्षमा सबै मिलेर कुष्ठरोगको क्षेत्रमा यसरी नै काम गर्ने हो भने नेपालमा बर्सेनि तीन हजार नयाँ कुष्ठरोगी होइन एक सयमा झर्नेछ । उनको मान्यता छ, यसका लागि हामी आफंै पग्लिनुपर्छ । सहकार्य गर्दै जानुपर्छ । उनी भन्छन्, ‘मेरो अन्तिम इच्छा भनेको कुष्ठरोग उन्मूलन नेपाल हो । उनी आशावादी छन् । भन्छन्, एकदिन त्यो चाँडै पूरा हुनेछ । ’ ( शोभाकर कँडेल, दी ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर हुन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्राण्डीको सघन उपचारमा कार्यरत  नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण 
Next article देउराली जनताको वार्षिकोत्सबको पूर्वसन्ध्यामा वाकाथन

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132703
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web