• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौनसम्पर्क कति लामो राम्रो ?

February 8th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनसम्पर्क कति लामो राम्रो ?

डा. राजेन्द्र भद्रा,
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुराहरूमा भर पर्छ । किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको थियो । यो समय व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छ र एक व्यक्तिको पनि फरक–फरक समयमा फरक–फरक हुन सक्छ । सामान्यतस् उमेर बढ्दै जाँदा उक्त समय केही घट्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट रहेको देखाएको छ । यहाँ भनिरहनु पर्दैन कि यौनसम्पर्कको समय व्यक्ति, जोडी अनि परिस्थितिअनुरूप फरक–फरक हुन्छ । जर्नल अफ सेक्सुअल मेडिसिनमा गरिएको एक अध्ययनमा सेक्स थेरापिस्टले एकदेखि दुई मिनेटको यौनसम्पर्कको समयलाई ‘धैरै छोटो’, ३–७ मिनेटको समयलाई ‘पर्याप्त’ अनि ७–१३ मिनेटको समयलाई ‘वाञ्छनीय’ मानिएको छ । नेपालमा नेपालीले यौनसम्पर्क राख्ने समय कति हुन्छ भन्ने अध्ययन भएको छैन । त्यसैले बाहिरका अध्ययनलाई नै आधार मान्नुपर्ने हुन्छ तर महत्वपूर्ण कुरा यौनसम्पर्क भनेपछि योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने कुरामा सीमित हुने सोचभन्दा वाहिर आउनुपर्छ । तपाईं वा तपाईंकी श्रीमतीलाई राम्रोसँग यौन उत्तेजनामा आउन लाग्ने समयलाई पनि ख्याल गर्नुपर्ने हुन्छ अनि सबैभन्दा मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयावधिलाई लिएर सन्तुष्ट हुनुपर्छ ।

कसरी लामो समयसम्म यौनसम्पर्क राख्ने ?

सर्वप्रथम त तनावरहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमताको चिन्ताले यसमा कुनै सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या थप चर्को हुन सक्छ । यौनसम्पर्कको समय छोटो हुने समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय अपनाउन सकिन्छ । यौनसम्पर्क रोक्ने–सुरु गर्ने स् यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै योनिबाट लिङ्ग झिकेर केही बेर यौन क्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि फेरि सुरु गर्ने । आसन परिवर्तन गर्ने, लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि स्खलन रोक्न मद्दत मिल्छ । लिङ्ग अँठ्याउने र यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भएपछि पुनस् यौनक्रीडा सुरु गर्ने । कन्डमको प्रयोगवाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा र्पुयाउँछ । मांसपेशीको प्रयोग, पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्तन क्यान्सरले गाज्दैछ सहरिया महिलालाई
Next article मधुमेह रोकथामकालागि सप्ताहब्यापी कार्यक्रम

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134019
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

114
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web