• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तेह्रथुममा नौ वर्षदेखि एक्स–रे मेसिन प्रयोगविहीन

March 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तेह्रथुममा नौ वर्षदेखि  एक्स–रे मेसिन प्रयोगविहीन

तेह्रथुम, ९ चैत:आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दुईवटा एक्स–रे मेसिन छन् । तर केन्द्रमा अहिलेसम्म न त दक्ष प्राविधिकको दरबन्दी छ, न त तालीमप्राप्त कर्मचारी नै । प्राविधिक नहुँदा केन्द्रमा रहेका दुईवटा एक्स–रे मेसिन प्रयोगमै नआई थन्किएका छन् ।स्वास्थ्य केन्द्रमा नौ वर्षअघि स्वास्थ्य सेवा विभागले दिएको एक्स–रे मेसिन प्रयोगमै नआई बिग्रिएको छ । यो वर्ष पुनः विभागले मेसिन पठाएको छ, तर प्राविधिक भने पठाएको छैन ।“स्वास्थ्य सेवा महाशाखाले विसं २०६५ मा पठाएको एक्स–रे मेसिन प्रयोगविहीन अवस्थामा थन्किएका बेला अर्को मेसिन आयो तर प्राविधिक कर्मचारी आएनन्, यहाँबाट पनि व्यवस्थापन गर्न सकिएन” व्यवस्थापन समितिका पूर्व अध्यक्ष कमल माबोले भन्नुभयो । मेसिन भएर पनि प्रयोगमा नआउँदा यहाँका तीन गाउँपालिकाका बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।

स्वास्थ्य सेवाको व्यवस्थापन समेत स्थानीय तहको जिम्मामा छ । तर केन्द्रमा रहेका एक्स–रे मेसिन सञ्चालन गर्न आठराई गाउँपालिकाले कुनै चासो देखाएको छैन । संक्रान्ति बजार आठराई र फेदाप गाउँपलिका तथा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको समेत व्यापारिक केन्द्र हो ।विद्युत्को समस्या भएपछि स्थानीयवासीले नगद संकलन गरेर पाँच किलोवाटको जेनेरेटरसमेत खरिद गरेर केन्द्रलाई उपलब्ध गराएका थिए ।दुई वर्षअघि नै जेनेरेटर उपलब्ध गराए पनि अहिलेसम्म एक्स–रे मेसिन सञ्चालनमा आउन सकेको छैन । छ महिनायता संक्रान्ति बजारमा केन्द्रीय प्रशारण लाइनको विद्युत् समेत जडान भइसकेको छ । ‘‘पहिले प्राविधिक थिएनन्, त्यतिबेला प्रयोगमा आएन, पछि तालीम लिएका प्राविधिक आए, विद्युत्ले समस्या भयो भनेपछि हामीले जेनेरेटर खरिद गरिदियौँ,’’ स्थानीयवासी भोलानाथ काफ्ले भन्नुहुन्छ, “अहिले जेनेरेटर पनि छ, केन्द्रीय प्रशारणको विद्युत् पनि छ, तर एक्स–रे सेवा उपलब्ध छैन ।”

भरपर्दो स्वास्थ्य सेवा व्यवस्थापनमा सम्बन्धित् निकायको ध्यान नपुगेको उहाँले गुनासो गर्नुभयो । मेसिन सञ्चालन गर्न आवश्यक पूर्वतयारीका लागि कसैले पनि चासो नदिएकाले एक्स–रे मेसिन त्यतिकै थन्किएको केन्द्रका स्वास्थ्यकर्मी बताउँछन् ।मेसिन चलाउन दक्ष प्राविधिक नहुँदा मेसिन सञ्चालनमा समस्या भएको केन्द्रका मेडिकल अधिकृत डा सन्तोष शाहले बताउनुभयो । “हामीसँग एक्स–रे उपकरण छन्, तर चलाउन सक्ने दक्ष प्राविधिक छैनन्, त्यसैले दुईवटा मेसिन त्यतिकै थन्किएका छन्” उहाँले भन्नुभयो ।उहाँका अनुसार स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखाले गत साउनमा नयाँ मेसिन उपलब्ध गराएको हो । एक्स–रे सञ्चालनका लागि छुट्टै कक्षसमेत छैन । अहिले सो कक्ष निर्माणका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।एक्स–रे मेसिन भए पनि प्राविधिक नहुँदा आठराई क्षेत्रका सेवाग्राही एक दिनको पैदलयात्रा गरेर पाँचथर सदरमुकाम फिदिम हुँदै झापा, मोरङ र सुनसरीसम्म पुग्ने गरेको संक्रान्ति उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो ।

‘सरकारले मेसिन दियो तर प्राविधिक दिएन’ उहाँले भन्नुभयो, “हामी चलाउन जान्दैनौँ, प्राविधिकका लागि सम्बन्धित निकायमा पटकपटक अनुरोध ग¥र्यांै, तर कसैले वास्ता गरेन ।”जिल्ला स्वास्थ्य कार्यालयले यहाँका सबै स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ । तर स्थानीय तह र जनप्रतिनिधिले भने स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्य उपकरण व्यवस्थापनमा ध्यान दिएका छैनन् । १३ जनाको दरबन्दी रहेको केन्द्रमा हाल आठजना मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् ।एक डाक्टर, एक स्वास्थ्य सहायक, एक स्टाफ नर्स, तीन अहेब, तीन अनमी, एक ल्याब असिस्टेन्ट र दुई कार्यालय सहयोगीे दरबन्दी रहेको केन्द्रमा हाल एक डाक्टर, एक हेल्थ असिस्टेन्ट, एक स्टाफ नर्स, दुई अहेब, दुई अनमी र एक जना कार्यलय सहयोगी मात्र कार्यरत छन् ।

आठराई क्षेत्रका संक्रान्ति बजार, चुहानडाँडा, छातेढुंगा, थोक्लुङ, इवा, ह्वाकु, सम्दु, इसिबु र खाम्लालुङलगायत गाउँका सर्वसाधारण स्वास्थ्य सेवा लिन सो स्वास्थ्य केन्द्रमा जाने गर्दछन् । यसबाहेक, ताप्लेजुङका निगुरादिन, फूलबारी लगायतका केही गाउँका स्थानीयवासी समेत केन्द्रमा स्वास्थ्य सेवा आइपुग्ने गरेका छन् । तर स्वास्थ्य केन्द्रमा सामान्य एक्स–रे चलाउने प्राविधिक पनि नहुँदा यस क्षेत्रका जनताले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको स्थानीय त्रिमोहन माविका प्रधानाध्यापक चिन्तामणि उप्रेतीले बताउनुभयो ।स्वास्थ्य केन्द्रमा शव निरीक्षणका लागि आवश्यक उपकरण र घरसमेत नहुँदा समस्या हुनेगरेको छ । कसैको शव निरीक्षण गर्नुपरेमा एक दिनसम्म बोकेर लैजानुपर्छ, संक्रान्ति बजारका व्यापारी भीम मैनालीले भन्नुभयोे, “नाम मात्रको स्वास्थ्य केन्द्र जस्तो भएको छ, हाम्रो संक्रान्तिको स्वास्थ्य केन्द्र ।” स्थानीयवासीले केन्द्रको सेवा व्यवस्थापन र विस्तारमा गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।

केन्द्रको व्यवस्थापनका लागि आफूले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “म पनि यहीँको बासिन्दा हुँ, दुःख मैले राम्ररी बुझेको छु, एक्स–रे मेसिनसहितको सेवा व्यवस्थापनमा मैले पहल गरिरहेको छु ।” निर्वाचित जनप्रतिनिधिले चुनावअघि घोषणापत्रमा गाउँपालिकामा १५ श्ययाको सुविधायुक्त अस्पताल बनाउने घोषणा गरेका भएपनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।  (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २८ हजार क्षयरोगी उपचार बाहिर
Next article सुत्केरीले पाउने न्यानो झोला कार्यक्रम स्थगित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

144
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web