• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

स्वस्थ जीवनका लागि सन्तुलित आहार

April 19th, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ जीवनका लागि सन्तुलित आहार

अधिकांशको भोक मेटाउन जतिबेला जुन खाना भेट्यो त्यही खाने धेरैको बानी हुन्छ । कुन परिकार कतिवेला खाँदा के फाइदा र के बेफाइदा हुन्छ भन्ने ज्ञान धेरैमा हुँदैन । खानेकुराको मामिलामा पोषण विज्ञहरूसँग राय, सुझाव लिने चलन पनि हामीकहाँ छैन । पोषण विज्ञहरूका अनुसार खाना खाने समय मिलाउँदा शरीरलाई फाइदा पुग्छ भने उल्टोपाल्टो पर्दा बेफाइदा हुन्छ ।
कुन खानेकुरा कुन समयमा खादा उपयुक्त
भात
राति भात खानु ठीक होइन भन्ने कतिपयको बुझाइ छ, तर राति भात खानु राम्रो हुने पोषणविज्ञहरू बताउँछन् । भात छिटो र राम्रोसँग पच्छ जसले गर्दा राति निद्रा पनि राम्रो लाग्छ । यद्यपि राति थोरै भात खानुपर्छ । बिहान र बेलुका दुवै छाक भात खानुचाहिँ ठीक होइन । यसले मधुमेह बढाउन सक्छ ।
दही
दही खाने उत्तमसमय दिउँसो हो । दिउँसो दही खाँदा पेट पनि दुरुस्त रहन्छ । राति दही खानु हुँदैन । राति दही खाँदा रुघाखोकी तथा कफको समस्या सिर्जना हुनसक्छ ।
चिनी
चिनी पनि दिउँसो नै खानु उपयुक्त हुन्छ । राति गुलियो खाँदा मधुमेहको खतरा वृद्धि हुन्छ । राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ ।
ओखर
राति सुत्नुअघि स्न्याक्सका रूपमा ओखर खानु उपयुक्त हुन्छ । यसले शरीरमा मेलाटोनिन हार्मोन बनाउने काम गर्छ । मेलाटोनिनले राम्रो निद्रा लगाउँछ ।
केरा
व्यायामपछि केरा खाँदा राम्रो ऊर्जा प्राप्त हुन्छ । केरा पनि दिउँसो खानु राम्रो मानिन्छ । दिउँसो खाएको केराले लामो समयसम्म भोक लाग्न दिँदैन । सुत्नुअघि केरा खानु उपयुक्त हुँदैन, राति केरा खाँदा चिसो लाग्ने सम्भावना हुन्छ ।
दाल
बिहान र दिउँसोको खानासँग दाल खानु राम्रो हो । दिउँसो दाल खाँदा राम्रोसँग पच्ने र पेटमा ग्याँस भरिने खतरा हुँदैन । राति भने सकेसम्म दाल खानु हुँदैन, किनभने दाल छिटो पच्दैन ।
चिज
चिज बिहान खानु राम्रो मानिन्छ । साँझ वा राति चिज खाँदा पचाउन गाह्रो हुन्छ भने शरीरको तौल बढ्ने जोखिम वृद्धि हुन्छ ।
दूध
दूध राति पिउनु उपयुक्त हुन्छ । सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ । त्यसो त दूध जुनसुकै बेला पनि पिउन सकिन्छ ।
कफी
कफी बिहान पिउनुपर्छ । बिहान पिइएको कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ भने निद्रासमेत लाग्न दिँदैन । साँझ ७ बजेपछि कफी पिउनुहुँदैन किनभने त्यसले निद्रालाई प्रभावित तुल्याउँछ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डोल्पा अस्पतालमा उपकरण बिनै शल्यक्रिया !
Next article गर्मीमा रोग चाँडो फैलने हुँदा स्वास्थ्य प्रति सचेत रहन आग्रह

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web