• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज नहुने

April 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज नहुने

हेल्थ टुडे,

काठमाडौं  : जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज नहुने भएका छन् । सरकारले नयाँ संरचना अनुसार तत्काल जिल्लामा रहेका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरु खारेज नगर्ने तयारी भएको छ । आगामि चैत २८ गतेबाट देशभरका जिल्ला स्वास्थ्य कार्यालय खारेज हुने पहिले निर्णय भएको थियो ।

तर, यसअघि ती कार्यालयहरुबाट हुँदै आइरहेका जनस्वास्थ्यका कार्यक्रमहरु खोप, मातृशिशु स्वास्थ्य, परिवार नियोजनका साधन तथा नि शुल्क औषधि वितरण लगायतमा अवरोध हुने देखिएपछि स्वास्थ्य मन्त्रालयले तत्काल कार्यालय खारेज नगर्ने तयारी गरेको हो । नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले नाम फरक भए पनि पुरानै संरचना अनुसार यी कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको बताएकाछन ।

‘प्रादेशिक संरचना अनुसार ती कार्यालयहरु रहनेछन,’ उनले भने, ‘जनस्वास्थ्यका कुनै पनि काम प्रभावित नहुन भनेर अर्को व्यवस्था नहुन्जेलसम्मका लागि यो तयारी भएको हो । ’ संविधान अनुसार जिल्ला जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालय खारेज हुने व्यवस्था रहँदा स्वास्थ्यका कर्मचारीहरुमा अन्यौलता थियो । उनीहरुमा स्वास्थ्यका क्षेत्रमा हालसम्म भएका उपलब्धि पनि गुम्ने डर समेत थियो । तर, पछिल्लो निर्णयसँगै अन्योल हटेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल हटाउन नहुने अधिकांश जिल्ला जनस्वास्थ्य प्रमुखहरुले मन्त्रालयलाई सल्लाह दिएका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच सम्झौता
Next article समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web