• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आँखामा समस्या यी हुनसक्छन कारण

May 11th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आँखामा समस्या यी हुनसक्छन कारण

हेल्थ टुडे
२८ बैशाख, काठमाडौःआँखा शरीरको महत्वपूर्ण अंग हो । सुन्दर संसार आँखाकै कारण हाम्रो मानसपटलमा खिचिन्छ अनि आँखाकै कारण जीवन सार्थक हुने गर्छ । आँखा हाम्रा इन्द्रियहरू मध्ये प्रमुख इन्द्रियको रुपमा मानिन्छ ।
व्यस्थ जीवनशैली र धुलोधुवाका कारण आँखामा विभिन्न समस्या देखिन सक्छन् । कतिपय अवस्थामा हेर्दा आँखा धमिलो हुने गर्छ । आँखा सम्बन्धी विभिन्न समस्याका कारण आँखा धमिलो हुने र चिलाउने गर्दछ । आँखा चिम्लँदा वा आँखा पखालेमा पनि यस्ता समस्या क्षणभरमै ठिक हुन्छ तर कहिलेकाहीँ केही रोगका कारण पनि आँखा धमिलो हुने गर्छ ।
पटक पटक आाखा धमिलो हुने समस्या देखिए त्यसले गम्भीर समस्या निम्ताउन सक्छ, त्यसैले समयमा नि समस्या पहिचान गरी समाधान खोज्नु उत्तम हुन्छ । आँखा निकै संवेदनशील अंग भएकोले पनि हामी एकदम सचेत र चनाखो हुनुपर्छ ।
माइग्रेन
माइग्रेन वा टाउको दुख्ने समस्याका कारण पनि कहिलेकाहीँ दृष्टि धमिलो हुने गर्छ । कतिपय मानिसहरूले माइग्रेनलाई नै सामान्य दुखाइ सम्झने गर्छन् । माइग्रेन आफैंमा एक गम्भीर समस्या हो । माइग्रेनकै कारण आखाले संवेदनशीलता गुमाउँछ, जसका कारण आँखाअघि अँध्यारो हुने गर्छ ।
मधुमेह
मधुमेह रोगका कारण आँखा धमिलो हुने गर्छ । मधुमेह भएमा त्यसले आँखाको रेटिनामा असर पार्दछ, जसका कारण रेटिनोप्याथी मधुमेह हुने गर्दछ । त्यस बाहेक मधुमेहकै कारण रेटिना सुन्निने गर्दछ, जसलाई म्याक्युला पनि भनिन्छ । म्याक्युला भएमा आँखाको रेटिनाभित्रका रक्तबाहिनी अचानक बढ्ने गर्छ, वा नयाँ तरिकाका रक्तबाहिनीको निर्माण हुने गर्छ । जसका कारण आँखा सुन्निने तथा आँखाबाट रगत बग्ने गर्दछ ।
स्ट्रोक
स्ट्रोकका कारण पनि आँखा धमिलो हुने गर्छ । स्ट्रोक भएमा शरीरमा कम्पन हु्ने, अनुहारमा पसिना आउने, हिँड्दा हिँड्दै लडे जस्तो हुने, हुत्तिने, बोल्दाबोल्दै आवाज परिवर्तन हुने तथा बोल्नमा समस्या हुने आदि लक्षण देखा पर्छन् ।
प्रिक्लेम्पसिया
गर्भवती अवस्थामा महिलाको शरीर बढी कमजोर तथा संवेदनशील हुने गर्दछ । कमजोरीकै कारण गर्भवती महिलामा धमिलो देख्ने तथा आँखाअघि अँध्यारो छाउने गर्छ । गर्भवती अवस्थामा क्लेम्पसिया जस्तो गम्भीर रोग लागेमा पनि यस्तो समस्या निम्तने गर्छ । विशेषगरी रक्तचाप उच्च भएमा वा पिसाबमा प्रोटिनको मात्रा उच्च भएमा पनि यो समस्या देखिने गर्छ । यस्तो समस्या त्यस्ता महिलालाई बढी हुन्छ, जसको गर्भावस्थाकै क्रममा अचानक रक्तचाप बढ्ने गर्छ । अधिकांश अवस्थाहरूमा यो समस्या गर्भावस्थाको २० महिना पश्चात मात्र देखिन सुरु हुन्छ । यो रोग लागेमा आमा र बच्चा दुवैको ज्यान समेत जानसक्छ ।
आँखाको थकान
पर्याप्त निद्राको कमीका कारण पनि आँखामा असर पर्छ । विशेषगरी आँखामा थकान महसुस भए आँखा धमिलो हुने गर्छ । धमिलो देखेमा केही समयका लागि आँखा बन्द गरेर चिसो पानी वा वरफले सेक्नुपर्छ । यसबाट आँखाको थकान कम हुन्छ र अाँखाले पुनः स्पष्ट देख्न थाल्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोलखाको लामाबगरमा स्टारको स्वास्थ्य शिविर
Next article गर्मीमा छालाको स्याहार कसरी गर्ने?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132692
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web