• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मस्तिष्कको ९० प्रतिशत भाग चार वर्षमै विकास हुन्छ

May 16th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मस्तिष्कको ९० प्रतिशत भाग चार वर्षमै विकास हुन्छ

हेल्थ टुडे,
२ जेठ, काठमाडौंः हरेक आमाबाबुको चाहना हुन्छ, उनीहरूको बालबालिका बुद्धिमान होऊन् । हरेक क्षेत्रमा सफल होऊन् । यसका लागि प्रत्येक आमाबाबुले बालबालिकालाई राम्रो स्कुलमा पढाउनुका साथै उनीहरूको खानपानमा विशेष ध्यान दिने गर्छन् । उनीलाई सोच्ने गर्छन, बालबालिकाहरूको आई क्यू लेभल जति राम्रो हुन्छ, उनीहरू जीवनमा पनि त्यति नै धेरै सफल हुने गर्छन् ।
सबैमा एकनासे क्षमता हुँदैन । नचाहँदा नचाहँदै पनि कतिपय बालबालिका सोचे अनुरूप बुद्धिमान् हुँदैनन् । हरेक बालबालिकामा फरक क्षमता हुन्छ ।
कतिपय कुरा उनीहरूको जीनमा भरपर्छ भने कतिपय उनीहरू कस्तो परिवेशमा बस्छन, त्यसमा पनि निर्भर गर्छ । कतिपय अध्ययनले कतिसम्म भनेका छन् भने केही कुरामा ध्यान दिएर बालबालिकाहरूको आई क्यू बढाउन सकिन्छ ।
आई क्यु लेभल बढाउन कुरा गर्ने
बालबालिकाको दिमाग कति छिटो चल्छ भन्ने कुरा उसको आई क्यू लेभलले निर्धारण गर्छ । बालबालिकासित कुरा गर्दा उक्त कुराले बालबालिकाको दिमागमा गहिरो प्रभाव पार्दछ । अझ नयाँ नयाँ कुरा हेर्ने तथा त्यसलाई जान्ने प्रयासले मस्तिष्कको अलग अलग कोष क्रियाशील हुने गर्दछ । बालबालिकालाई सानै बेलादेखि नयाँ नयाँ कुरा सिकाए दिमागको कोष क्रियाशील भई उनीहरूको आईक्यू लेभल बढ्ने गर्छ ।
सानै बेलादेखि प्रयास गर्ने
मानिसको मस्तिष्कको झण्डै ९० प्रतिशत भाग जन्मे देखि चार वर्षको उमेर नपुग्दासम्म विकास हुने गर्छ । बाँकी दश प्रतिशत भाग मात्र चार वर्षको उमेरपछि विकास हुने गर्छ । त्यसैले बालबालिकालाई बुद्धिमान बनाउने चाहना छ भने सुरुदेखि नै प्रयास गर्नुपर्छ । यसका लागि बालबालिकाले बोल्न नजाने पनि उनीहरूसित धेरैभन्दा धेरै कुरा गर्नुपर्छ । कुरा गर्दा जहिले पनि उनीहरूको आँखामा हेर्ने र उनीहरूलाई पनि आफ्नो आँखामा हेरेर कुरा गर्न सिकाउनुपर्छ ।
बालबालिका एक वर्षको भएपछि वरिपरिका चीजबारे जानकारी दिनुका साथै उनीहरूले सोधेका हरेक प्रश्नको सही जवाफ दिनुपर्छ । बालबालिकालाई भूत, जनावर वा अन्य कुनै रहस्यमयी व्यक्तिको नाम लिएर तर्साउनुभन्दा त्यस पछाडिको सत्यताबारे अवगत गराउनुपर्छ । बालबालिकालाई मायाका साथै सम्मान दिनु आवश्यक छ । यसका लागि बालबालिकाको अगाडि कुरा गर्दा अपशब्दको प्रयोग गर्नु हुँदैन । बालबालिकालाई प्रकृति सित परिचित गराउनुका साथै प्रकृतिको नियम तथा त्यसको महत्वबारे पनि बुझाउनु पर्छ ।
खानपानले गर्छ असर
मानव मस्तिष्कमा खानपानले गहिरो प्रभाव पार्दछ । त्यसैले चिकित्सकहरू पनि खानपानमा पौष्टिक आहार लिने सल्लाह दिन्छन् । पौष्टिक आहारको सेवनले दिमागलाई पोषकतत्व प्रदान हुन्छ, जसले मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न मद्दत गर्छ । यसको लागि बालबालिका छ महिनाको भएपछि उनीहरूलाई दालको झोल ख्वाउने सुझाव दिने गरिन्छ । दालको पानीमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । त्यसका साथै बालबालिकालाई हरियो सागसब्जी, गोलभेँडा, लौका, माछा आदि ख्वाउनु पर्छ । माछामा पाइने ओमेगा ३ ले दिमागी विकास गराउँछ । यसले बालबालिकाको आई क्यु लेभल बढाउन मद्दत गर्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काचो नरिवलको तेल मोटोपना कम गर्न उपयोगी
Next article नर्स सुन्दरीको जवरजस्त स्वास्थ्य सल्लाह  

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134435
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web