• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सातै प्रदेशका स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धी प्रशिक्षण चलाइने

May 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सातै प्रदेशका स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धी प्रशिक्षण चलाइने

नगरकोट, १४ जेठः भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्स सम्बन्धी प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपीएन) राष्ट्रिय एचआइभी तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) को लक्षित समुदायमा आधारित कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा एचआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनीकरण गर्ने, मानवअधिकारको सिद्धान्त, नयाँ विश्वव्यापी मान्यता र अवधारणाबारे जानकारी दिइएको थियो ।
त्यस्तै एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवं एआरटी उपचार पद्धतिबारे समेत विस्तृत जानकारी दिइएको एनएपीएनका सचिव राजेश दिदियाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा उपचारमा आउने, एचआइभी संक्रमित–संक्रमितबीच सुरक्षित यौन सम्बन्ध राख्नेबारे समेत जानकारी दिइएको थियो ।
“एनएपीएनले देशका सातै प्रदेशमा रहेका स्वास्थ्यकर्मीलाई यस्तै प्रशिक्षण चलाउने लक्ष्य लिएको कोषाध्यक्ष इन्दिरा परियारले बताउनुभयो । उहाँले एचआइभी संक्रमित महिला बढी समस्यामा परेको हामीले सुनेका छौँ । त्यसैले एचआइभी संक्रमित गर्भवती महिलाबाट बच्चामा संक्रमण हुन नदिन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।

नेडेफकी अध्यक्ष दीपा बस्नेतले एचआइभी एड्सलाई स्वास्थ्य समस्याको रुपमा लिने प्रवृत्ति नहुँदा संक्रमित भेदभाव र लाञ्छनाको शिकार हुनुपरेको बताउँदै एचआइभीलाई रोगका रुपमा लिएर संक्रमितलाई अरु बिरामीसरह सम्मानपूर्वक उपचार गर्न गराउन प्रशिक्षणको संयोजन गरिएको जानकारी दिनुभयो ।
भक्तपुरस्थित नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउण्डेसनको संयोजनमा भएको उक्त प्रशिक्षणमा भक्तपुरका सरकारी तथा गैरसरकारी स्वास्थ्य चौकी एवं स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ देउडा गायक जोशीको पत्थरीको सल्यक्रिया
Next article झाडापखाला नियन्त्रणमा, बिरामी घर फर्कन थाले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web