• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अछामको विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

June 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अछामको विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

नमराज भट्ट
२७, जेठः अछाम जिल्लाको विकट क्षेत्र साँफेबगर नगरपालिका वडा नं. ९, बुढाकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । “नियमित स्वास्थ्य जाँच गराऔँ, निरोगी बनौँ“ भन्ने मूल नाराका साथ बुढाकोट स्वास्थ्य चौकीद्वारा आयोजित १ दिने निःशुल्क स्वास्थ्य शिविरमा ९ नं. वडा कार्यालयको समन्वयात्मक सहयोग एवं बयालपाटा अस्पतालको प्राविधिक सहयोग रहेको हो । अस्पताल आउन नसक्ने बिरामीहरूलाई ध्यानमा राख्दै आयोजित शिविरबाट करिब ४०० भन्दा बढी बिरामी लाभान्वित भएको वडाध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
“अछामकै विकट मध्ये रहेको बुढाकोटमा आई आफ्नो अमुल्य समयका बाबजुत शनिबारको दिनमा गाउँका जनताको सेवामा खटिई अस्पतालका डाक्टरहरूले गर्नुभएको सहयोगका लागि हामी कृतकृत्य छौँ,“ वडाध्यक्ष थापाले भन्नुभयो । शिविरमा मुख्यतः ग्यास्ट्राइटिस (पेटको समस्या), दम, खोकी, मधुमेय, उच्च रक्तचाप, लुतो, हातखुट्टा तथा जोर्नी दुखाइ सम्बन्धी बिरामीहरू धेर सङ्ख्यामा आएको शिविरमा संलग्न डा विष्णु भण्डारीले जानकारी दिनुभयो ।
उक्त शिविरमा डाक्टरहरूद्वारा स्वास्थ्य जाँच गरिनुका साथसाथै ल्याव परीक्षण गरी निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा सेवा दिने डाक्टरहरूमा डा विकास गौचन, डा विष्णु भण्डारी र डा नवीन भट्ट थिए भने रगत र पिशाबको ल्याव परीक्षण गर्नेमा कमल विष्ट र माधव पण्डित संलग्न थिए । “सुगममा शिक्षा र सीप हासिल गरी दुर्गम र विकट ठाउँमा गएर सेवा दिनु नै एक सफल डाक्टरको परिचय भएको डा बिष्णुले बताउनुभयो ।
त्यसैगरी बयालपाटा अस्पतालमा आवद्ध भई दोस्रो दिनमै सेवा गर्न खटिन गएका डा नवीन भट्टले भने, आम मानिसको मुहारमा उपचार पाउँदा देखिने खुसीका रेखाहरूले आफ्नो कहरलाई बिर्साइदिन्छ । सुदूरपश्चिम अब विकटताको हैन, स्वस्थ समाजको चिनारी पनि बन्नुपर्छ र त्यसकै निम्ति गोरेटो कोर्ने जिम्मेवारी हाम्रो पनि हो ।
करिब १० वर्ष अगाडि खुलेको बयालपाटा अस्पतालले अछाम लगायत सुदूरपश्चिमका अरू पहाडी जिल्ला बाजुरा, बझाङ र डोटीका लागि उपचारको प्रमुख आश्रयस्थल रहेको छ । अस्पतालका पूर्व निर्देशक समेत रहेका डा विकास गौचनले भने, सुदूरपश्चिमको स्वास्थ्यको वैशाखी रहेको बयालपाटा अस्पताल बिरामीहरूकै सेवाका लागि चौबिसै घण्टा खुला र पूर्णरूपमा निःशुल्क छ र साथसाथै समुदाय केन्द्रित कार्यक्रमहरूमा पनि विशेष ध्यान पुर्याइरहेको छ । अब दुर्गम स्वास्थ्य सुलभताको लहर सुदूरपश्चिमबाटै ल्याउने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा गरे पनि अस्पतालमा औषधीको अभाव
Next article स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माण गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132310
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web