• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य चौकी र अस्पताललाई स्थानीय तहकै जिम्मा–स्वास्थ्यमन्त्री यादव

June 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य चौकी र अस्पताललाई स्थानीय तहकै जिम्मा–स्वास्थ्यमन्त्री यादव

पर्सा, ६ असारः उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्थानीय तहमा गएको बजेटलाई सदुपयोग गरिए पाँच वर्षमा राष्ट्रकै मुहार फेरिने धारणा व्यक्त गर्नुभएको छ । उहाँले हाल संघीय सरकार, प्रदेशिक सरकारले स्थानीय तहमा पठाएको बजेटलाई इमान्दारीपूर्वक पूर्वाधार विकासमा खर्च गरिए मलुकको मुहार फेरिन पाँच वर्ष पनि नलाग्ने दाबी गर्नुभयो ।

संघीय समाजवादी फोरम (नेपाल) पर्साले मंगलबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका मन्त्री यादवले स्थानीय तहमा आउने करोडौँ रुपैयाँलाई अब इमान्दारी पूर्वक पूर्वधार विकासमा खर्च गरी राष्ट्र निर्माण गर्ने बेला आएकाले सबैलाई विकासका लागि एकजुट हुन आह्वान गर्नुभयो । उहाँले आर्थिक समृद्ध हासिल गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि तयारी गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।

लामो समयको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको बाटोमा डो¥याउँदै बाँकी रहेका अधिकारका लागि शक्ति सञ्चय गर्नु आजको आवश्यकता भएको धारणा यादवले राख्नुभयो । पन्ध्र श्ययासम्मको स्वास्थ्य चौकी वा अस्पताललाई स्थानीय तहकै जिम्मा र सोभन्दा बढी श्ययाका अस्पताललाई प्रदेश सरकारको जिम्मा दिने गरी केन्द्र सरकारले नीति ल्याउन लागेको मन्त्री यादवले जानकारी दिनुभएको छ ।

उहाँले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई प्रदेशस्तरीय र ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालयका रुपमा विकास गर्न नेपाल सरकारले तयारी गरिरहेको पनि बताउदै प्रदेश नं २ को नाम परिवर्तन गरी मधेश प्रदेश कायम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सानै उमेरमा बच्चा जन्माउने क्रम बढ्दो
Next article उपत्यकाका धार्मिक एवं सांस्कृतिक सम्पदामा योगशिविर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web