• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघर सम्बन्धी जनचेतनामूलक परीक्षण शिविर संचालन

June 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघर सम्बन्धी जनचेतनामूलक परीक्षण शिविर संचालन

हेल्थ टुडे,
काठमाडौं, ७ असारः २०७५ असार २ गते टोखा नगरपालिका वडा नं १ स्थित झोरमा स्वच्छ उपकर सहयोग संगठनको भवनमा ऋचा बजिमय स्मृति फाउन्डेशनले स्थानीय झोर महांकाल युवा क्लबसँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको जनचेतना तथा परीक्षण शिविर संचालन गरेको छ ।
उक्त शिविरको लागि प्राविधिक सहयोग नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर तथा क्यान्सर केयर नेपालले दिनुभएको थियो भने उक्त शिविर सेन्ट जेभियर्स क्याम्पसको सेट काउन्सिलले साइकल र्यालीबाट उठेको सहयोग रकमबाट सम्पन्न भएको थियो ।
बिहान १० बजेबाट शुरु भएको शिविरमा १०० जना महिलाहरुले परीक्षण गर्नुभएको थियो । नाम दर्ता गर्दा सहभागीको प्रजनन अवस्थाको बारेमा जानकारी लिइसकेपछि २०–२५ जनाको समूहलाई पहिला पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको विषयमा २० मिनेट जति अन्तरक्रिया सम्पन्न गरिएको थियो। उक्त अन्तरक्रिया डा. पुश्पाञ्जलि अधिकारी तथा फाउन्डेशनका अध्यक्ष डा. दिपक सुन्दर श्रेष्ठ तथा सदस्य श्री सजनी मानन्धरले संचालन गर्नुभएको हो ।
उक्त अन्तरक्रियामा सहभागीहरुले खुलेर उक्त विषयमा आफ्नो जिज्ञासा राख्नुभएको थियो । सो अन्तरक्रिया सम्पन्न भए पश्चात् सहभागीहरुलाई परीक्षण कोठामा पालैपालो परीक्षण गरिएको थियो । पाठेघरको मुखको क्यान्सरको परीक्षण एबउ क्mभबच त्भकत विधिबाट गरिएको थियो भने स्तन क्यान्सरको परीक्षण स्त्री रोग विशेषज्ञ डा. पूजा देवले गर्नुभएको थियो । केही महिलाहरुको महिनावारी चलिरहेकोले पाठेघरको मुखको परीक्षण हुन पाएन भने २–३ जना महिलाहरु देउता रिसाउँछन् भनेर परीक्षण नगरी निस्कनुभयो ।
उक्त शिविरमा टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डंगोल उपस्थित भई सहभागी महिलाहरुको हौशला बढाउनु भएको थियो । करिब ३ बजे सम्म संचालन गरिएको शिविरका सहभागीहरुको रिपोर्ट सोही स्थानमा असार २३ गते बाँडिने जानकारी दिई शिविर सम्पन्न गरिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article न्यूरो अस्पतालको नाम परिवर्तन
Next article सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web