• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

पित्त पत्थरको उपचारमा आयुर्वेद प्रभावकारी

July 11th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पित्त पत्थरको उपचारमा आयुर्वेद प्रभावकारी

कालिका खड्का
काठमाडौँ, २७ असारः “डाक्टरले पित्तमा पत्थर निकै छ, शल्यक्रिया गर्नुपर्छ भनेपछि मन सिरिङ्ग भयो, डर लाग्यो”, पूर्व प्रहरी नायब उपरीक्षक मोहनकृष्ण घलेले भन्नुभयो, “एक पटक आयुर्वेदिक औषधि खाएर हेर्छु भन्ने मनमा आयो, त्यसपछि आयुवेदिक औषधि खाएँ ।”
ओलखुढुङ्गा स्थायी घर भई हाल सिफल बस्ने घले अहिले ८० वर्षको हुनुहुन्छ । उपचार गर्दा ६५ वर्षको हुनुहुन्थ्यो । शल्यक्रिया गर्न उमेरले पनि ठीक हुँदैन कि भन्ने भयो । ललितपुरको कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदीय औषधालय प्रालिका प्रमुख वैद्य गणेशबहादुर राउतसँग परामर्श गरी आयुर्वेद औषधि खाएपछि पत्थरी पूर्णरुपमा ठीक भयो ।
घलेजस्तै सोलुखुम्बु स्थायी घर भई हाल बत्तीसपुतली बस्ने नीरबहादुर कार्की पनि पित्त पत्थरीको उपचारमा आयुर्वेदीय औषधिको प्रयोगबाटै ठीक हुनुभएको छ । “डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेको थियो तर मैले आयुर्वे्दिक औषधि खाइहेर्छु भनेर आएँ, अहिलेसम्म बल्झिएको छैन, म ठीक छु”, उहाँले आफूलाई शल्यक्रिया नगरी पित्त पत्थरी ठीक भएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले ५२ वर्षका उमेरमा उपचार गर्नुभएको थियो । अहिले उहाँ ७० वर्ष हुनुभयो ।
शुरुमा त उहाँलाई पनि आयुर्वे्दिक औषधि खाएर के ठीक होला त भन्ने लागेको थियो तर औषधि खाँदै जाँदा ठीक भयो । “पछि डाक्टरकहाँ परीक्षण गर्न गएँ, पित्तमा पत्थरी छैन, डाक्टर पनि छक्क पर्नुभयो, पित्तमा पत्थरी थियो कहाँ गयो भन्नुभयो, पित्त पत्थरका लागि आयुर्वेद उत्तम औषधि हो ।”
पित्त पत्थरको उपचार आयुर्वेदीय पद्धतिबाट कम पीडा र सर्वसुलभ रूपमा हुने देखिएको छ । पित्त पत्थरको आधुनिक चिकित्सा पद्धतिबाट उपचार गर्दा शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन पीडादायी र खर्चिलो हुन्छ तर आयुर्वेद उपचार पद्धति र औषधिको प्रयोगबाट सरल तरिकाले ठीक हुन्छ ।
अल्ट्रासाउण्ड गरेर पित्त पत्थर भएको थाहा भएपछि दुई महीना आयुर्वे्दिक औषधि सेवनपछि ठीक हुन्छ । पित्तपत्थर भएको पुष्टि भएपछि दुई महिना औषधि खाँदा ठीक हुन्छ । अलि कडा भए केही समय थप गर्नुपर्छ । वैद्य राउतले भन्नुभयो, “पित्तपत्थरको उपचार गर्न शल्यक्रिया गर्न पर्दैन, शल्यक्रिया महँगो र पीडादायी हुन्छ ।”
पित्त पत्थर भएको शङ्का लाग्नेबित्तिकै अल्ट्रासाउण्ड गरेपछि थाहा पाउन सकिन्छ । वैद्य राउतले थप्नुभयो, “पित्त पत्थर ठोस पदार्थ नभई कानेगुजी वा चकलेटजस्तो भएको हुनाले आयुर्वेद उपचारपछि त्यो बिलाएर नाश हुन्छ ।” शरीरमा हरेक अङ्गको ओरालो नली हुन्छ तर पित्तको नली उकालो हुन्छ । कलेजोसँग माथि फर्केर टाँसिएर रहेको हुन्छ । ठोस नै निस्केर जाने कुनै अवस्था हुँदैन । आयुर्वे्दिक विधि र सचेतनाद्वारा ठोस वस्तुलाई बिलीन प्रक्रियाद्वारा समाधान गरिन्छ । बिलाएपछि पित्तरसजस्तै हुन्छ । रस निस्कने बाटो हुन्छ तर ठोस निस्कने बाटो हुँदैन ।
वैद्य राउतले आयुर्वेदको खोज अनुसन्धान गर्ने क्रममा २०४६÷४७ सालतिर विश्व स्वास्थ्य संगठनको सहयोगमा १५ महिने तालीम प्राप्त गरेपछि पित्त पत्थर बिलाउने विधिको विकास गरी नेपाली नागरिकलाई विनाशल्यक्रिया समाधान गरी सेवा गर्दै आउनुभएको छ । राउतले थप्नुभयो, “२५ वर्षदेखि पित्त पत्थरको उपचार गरेको छु, निरन्तर सेवामा छु, पित्तले पाचन प्रक्रियालाई सदाबहार र स्वच्छ जीवन जिउन धेरै सहयोग पु¥याउँछ ।”
राउतलाई राज्यले मौलिक आयुर्वेदलाई प्राथमिकता दिएर संरक्षण गरे हुन्थ्यो भन्ने लागेको छ । उहाँले थप्नुभयो, “विश्व बौद्धिक सम्पत्ति संगठनले हरेक राज्यलाई आफ्नो देशको मौलिकता सुरक्षित गर्ने अधिकार दिएको छ, नेपालले पनि आयुर्वेदजस्तो सम्पत्ति सुरक्षा गर्नु जिम्मेवार कार्य्भित्र पर्छ, विकसित मुलुकमा पनि यस्ता मौलिक सम्पत्तिको संरक्षण राज्यले नै गरिदिन्छ ।
पत्थरका बिरामीलाई आयुर्वेद औषधि पहिलो चरणमा दुई महीनाका लागि रु १० हजार पर्छ । धेरैजसो व्यक्तिलाई पहिलो चरणको औषधिबाट नै ठीक हुन्छ । पत्थर निकै कडा भएर तरल नभएका अवस्थामा दोस्रो चरणमा पनि औषधि खानुपर्ने हुन्छ । दोस्रो चरणबाट क्रमशः पहिलेको आधा अर्थात् रु पाँच हजार मात्र लाग्छ ।
पित्त पत्थरका लक्षण पेट र कोखा दुख्ने भनिए तापनि यो मौन समस्या हो । तत्काल यसको असर देखिँदैन । पित्त पत्थर के कारणले हुन्छ भन्ने हालसम्म वरिष्ठ वैज्ञानिकले पनि ठोकुवा गरेर भन्न सकेका छैनन् । सामान्यतया आहारविहारमा हुने अनावश्यक रसायन जमेर ठोस बन्छ । अनि पित्त पत्थर हुने देखिएको बताइएको छ । पित्तथैली भनेको प्रकृतिले भरिदिएको औषधालयको थैली हो जसले पाचन प्रक्रियामा मद्दत गर्छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लुम्बिनी अस्पतालको बोलपत्र आह्वान स्थगन प्रदेश सरकारसँग समन्वय गरिने
Next article बढ्दो गर्भपतन रोक्न महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुपर्ने

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web