• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आँखाको सुविधा सम्पन्न तालीम केन्द्र निर्माण गरिने

July 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आँखाको सुविधा सम्पन्न तालीम केन्द्र निर्माण गरिने

चितवन, ३ साउनः नेपाल नेत्रज्योति संघ भरतपुरले यहाँ अन्तर्राष्ट्रिय स्तरको आँखाको तालीम केन्द्र निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा संघको एक बिगाहा सात कट्ठा जग्गामा तालीम केन्द्र बनाउन लागिएको हो ।
विदेशबाट समेत तालीम लिन आउन सक्ने गरी सुविधा सम्पन्न तालीम केन्द्र बनाउने तयारी थालिएको संघका सभापति कृष्णराज धरेलले बताउनुभयो । नेपालमा अहिलेसम्म व्यवस्थित तालीम केन्द्र नरहेकाले आँखाका चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासक, लेखा अधिकृतलगायत आँखासम्बन्धी काम गर्ने सबैलाई तालीम दिन सक्ने गरी तालीम केन्द्र बनाउन लागिएको धरेलले बताउनुभयो ।
संघका पूर्व सभापति एवं संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार तालीम केन्द्र निर्माणका लागि पाँचतले भवनको नक्साङ्कनको काम शुरु गरिएको छ । भुइँतल्लामा पार्किङ गरेर तालीम केन्द्र भवन निर्माण गरिने छ । मास्केका अनुसार तालीम केन्द्र सञ्चालनमा ल्याउन ३५ करोड रुपैयाँ हाराहारी खर्च लाग्नेछ ।
नेत्रज्योति संघहरुले देशभरमा १८ वटा आँखा अस्पताल सञ्चालन गरेका छन् । अन्य संघसंस्था र निजी क्षेत्रबाट पनि आँखा अस्पताल सञ्चालनमा रहेका छन् । सीमावर्ती भारतीय क्षेत्रका पनि पाँच प्रतिशतको हाराहारीमा बिरामी आउने गर्दछन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राज्यले अपहरण शैलीमा काठमाडौं लैजान लागेको आरोप
Next article प्रशासनले दियो १० मिनेटको अल्टिमेटम–डा केसीलाई काठमाडौं लैजान नदिने अडान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131849
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web