• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य इकाइ स्थापनासंगै स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट मुक्त

July 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य इकाइ स्थापनासंगै स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट मुक्त

कञ्चनपुर, १० साउनः स्वास्थ्य उपचारका लागि दश किलोमिटर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका बासिन्दाले मुक्ति पाएका छन् ।
स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएकाले स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका हुन् । स्वास्थ्यकर्मीसहित इकाइमा प्रर्याप्त औषधिको व्यवस्था गरिनाका साथै गाउँघर क्लिनिकलाई स्तरोन्नति गरी सामुदायिक स्वास्थ्य इकाइ बनाइएको हो ।
सामान्य ज्वरो आउँदा वा चोटपटक लाग्दा पनि टाढाको झलारीमा रहेको स्वास्थ्य चौकीमा पुग्नु पर्दथ्यो, गाउँमै स्वास्थ्यकर्मी सहित औषधिको व्यवस्था मिलाइएपछि निकै सहज भएको बताउनुहुन्छ स्थानीय बमबहादुर डगौरा ।
बस्तीलाई तीनैतीर नदीले घेरिएको र वर्षाका बेला गाउँमा बिरामी भए नदीमा आउने बाढीले नदी तर्न कठिन नसक्दा उपचारबाट पनि वञ्चित हुनुपर्ने अवस्था थियोे तर अहिले त्यस्तो अवस्था रहेन स्थानीय सुनिता नागरीले बताउनुभयो ।
इकाइमा उपचारका लागि नगरपालिकाको पिल्लरी र बेलडाँडीका बासिन्दा मात्रै नभएर छिमेकी कृष्णपुर नगरपालिकाको दोमिल्ला, पहरिया र सुन्दरी फाँटाका बासिन्दासमेत यहाँ उपचारका लागि पुग्ने गरेको इकाइमा कार्यरत अहेब डम्बरदत्त जोशीले बताउनुभयो ।
उहाँका अनुसार दैनिक २० देखि ४५ जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन् । इकाइ स्थापनाले अशक्त, अपांगता भएका व्यक्ति, असहाय, बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी लाभान्वित भएका छन् ।
इकाइमा जनशक्तिको अभाव पूर्ति गर्नका लागि चाडै सहयोगी सहित स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको वडाअध्यक्ष बहादुर महराले बताउनुभयो । इकाइ हाल समुदायले निर्माण गरेको कच्ची घरमा सञ्चालन हुँदै आएको छ । इकाइका लागि पक्की भवन निर्माणको कार्यसमेत शुरु गरिएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी तथा आवासीय विद्यालयका बालबालिकाकोे नेत्र परीक्षण शुरु
Next article राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार सरकारको दायित्व– मन्त्री पोखरेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web