• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रत्येक आइतबार निःशुल्क स्वास्थ्य परीक्षण

July 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रत्येक आइतबार निःशुल्क स्वास्थ्य परीक्षण

लमजुङ, १४ साउनः जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण सहितको सेवा प्रवाह गर्न थालेको छ । प्रत्येक आइतबार कार्यालयमा आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा शुरु गरेको हो ।
प्रत्येक नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ, भन्ने सचेतना अभिबृद्धिका लागि यस्तो व्यवस्था गरिएको प्रशासन कार्यालयका सहायक प्रजिअ काजीमान सुनारले बताउनुभयो ।
नागरिक अझैपनि आफ्नो स्वास्थ्यबारे खासै ख्याल गर्दैनन, त्यसैले केही नभए पनि समय सापेक्ष स्वास्थ्य परीक्षण गरिनुपर्छ, भन्ने सन्देश दिनका लागि यो अभियान शुरु गरेको बताउनुहुन्छ सहायक प्रजिअ सुनार ।
प्रत्येक आइतबार दिउँसो तीन घण्टा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । प्रशासनमा आएका सेवाग्राहीको रक्तचाप, चिनीरोग, मुटुको धड्कन लगायतको निःशुल्क परीक्षणका साथै परामर्श सेवा उपलब्ध गराएको छ ।
स्वास्थ्य परीक्षणको क्रममा कमजोरी तथा बिरामी भेटिएमा सेवाग्राहीलाई निःशुल्क औषधि पनि दिने व्यवस्था गरिएको छ । परीक्षणकै क्रममा अन्य ठूलो समस्या भेटिएमा सम्बन्धित अस्पताल पुग्न परामर्श दिने गरेको प्रशासनले जनाएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षणका लागि जनस्वास्थ्य कार्यालयले चिकित्सकसहित दुईजना सहयोगी उपलब्ध गराएको छ । कार्यालयले केही सामान्य समस्याको औषधि र प्राथामिक उपचारको सामाग्री पनि उपलब्ध गराएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षण सेवा शुरु भएपछि सेवाग्राहीले लाम बसेर पनि स्वास्थ्य परीक्षण गर्दै आएका छन् । निःशुल्क स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्शले थप लाभान्वित भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पुरुषको तुलनामा महिला रक्तदाता बढ्न सकेन
Next article नेपालमा पहिलोपटक भित्रियो गुणस्तर मापन प्रविधि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133996
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

145
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web