• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जाजरकोट घटनाको छानबिन गर्न प्रदेश सरकारले बनायो छुट्टै कार्यदल

August 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाजरकोट घटनाको छानबिन गर्न प्रदेश सरकारले बनायो छुट्टै कार्यदल

सुर्खेत, २७ साउनः जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश सरकारले छुट्टै कार्यदल बनाएको छ। घटना भएको २६ दिनपछि शनिबार घटनाको छानबिनका लागि कार्यदल बनाइएको छ ।
प्रतिष्ठानमा अनसन बसेका डा गोविन्द केसीलाई काठमाडौं लैजान खोज्दा साउन ३ गते प्रहरी र केसीका समर्थक बीच झडप भएको थियो। अस्पतालमा प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास प्रहार गर्दा डाक्टर तथा विद्यार्थी घाइते भएका थिए। सोही घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभयो । शनिबार राति सम्पन्न बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
सो कार्यदलको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाकाका प्रमुख वृषबहादुर शाहीको पनि उपस्थिति छ ।
यसअघि नेपाल प्रहरीका डिआइजी सुरेन्द्र विक्रम शाह, एसपी केदार रजौरे र डिएसपी चूडामणि बुढाथोकी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त टोलीले जुम्ला पुगेर घटनाको अध्ययन समेत गरेको थियो। यता प्रदेश सरकारले भने घटना भएको तीन साताभन्दा ढिलो गरी छानबिनका लागि कार्यदल बनाएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जटिल प्रसूति सेवा बन्द
Next article अस्पताललाई सुविधा युक्त बनाउन सरकारको पूर्ण सहयोग–स्वास्थ्यमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web