• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सिकलसेलका रोगीलाई पोषणयुक्त खानपान आवश्यक

August 19th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिकलसेलका रोगीलाई पोषणयुक्त खानपान आवश्यक

नेपालगञ्ज, ३ भदौः ६ वर्षदेखी श्रीमानको उपचार गराउन थालेको र हालसम्म रु सात लाख खर्च भइसक्यो तर पनि रोग निको नभएको सुनाउनुभयो बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले ।
शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग ‘सिकलसेल एनिमिया’ भएको छ । यो रोग निको पार्ने उपचार त छैन । तर, पोषणयुक्त खानपान र रहनसहनलाई व्यवस्थित गर्न सकियो भने सामान्य जीवन बाँच्न सकिन्छ ।
पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको यो रोग वंशाणुगत रोग हो । सिकलसेल श्रीमानबाट श्रीमतीमा सर्दैन । तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलालीका थारु समुदायमा यो रोग बढी देखिएको छ ।
“सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भए पनि यो अलि कडा खालको हुन्छ,” भेरी अञ्चल अस्पतालमा डा राजन पाण्डे बताउनुहुन्छ ।

जीवनभर ओखती खाइरहनुपर्ने यसका बिरामीलाई आर्थिक सङ्कट पर्ने भएकाले सरकारले निःशुल्क उपचार र ओखतीको व्यवस्था मिलाउनु पर्ने बर्दिया बाँसगढीका पूर्णबहादुर थारूको माग छ । सरकारले यो रोगको परीक्षण र उपचार गर्न नेपालगञ्जको भेरी अञ्चल अस्पताल, बर्दियाको राजापुर प्राथामिक स्वास्थ्य केन्द्र र कैलालीको सेती अञ्चल अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । निजीमा बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा उपचार हुन्छ ।
“सिकलसेल एनिमिया भएको व्यक्तिले जाँड, रक्सी, चुरोट सेवन गर्नु हुँदैन । तर, चिल्लो, पिरो, अमिलो बार्नु पर्दैन । बेलाबेला आप्mनो स्वास्थ्य जाँच गराइरहन सके यसका रोगी सामान्य जीवन बाँच्न सक्छन,” भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सुझाव छ ।
नेपालमा सिकलसेल एनिमिया रोग पत्ता लगाउने पहिलो चिकित्सक डा पाण्डेका अनुसार यसको उपचार क्रममा १२ ले ज्यान गुमाइसके । भेरी अञ्चल अस्पतालमा २१५ को उपचार भइरहेको छ । तथ्याङ्कअनुसार पश्चिम नेपालका करीब दुई हजार थारुमा सिकलसेल एनिमिया रोग देखापरेको छ । पश्चिम नेपालमा करीब २० लाख थारुको बसोबास छ । जटिल जनस्वास्थ्य समस्याका रूपमा उन्मुख हुँदै गएको यो रोगको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्मीसँगै वर्षाका कारण सर्पदंशका बिरामी बढ्दै
Next article स्वास्थ्य बीमा गराउनेभन्दा माग दाबी बढी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132234
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web