• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सिकलसेलका रोगीलाई पोषणयुक्त खानपान आवश्यक

August 19th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिकलसेलका रोगीलाई पोषणयुक्त खानपान आवश्यक

नेपालगञ्ज, ३ भदौः ६ वर्षदेखी श्रीमानको उपचार गराउन थालेको र हालसम्म रु सात लाख खर्च भइसक्यो तर पनि रोग निको नभएको सुनाउनुभयो बाँके बैजनाथ गाउँपालिका–३ की शर्मिला थारूले ।
शर्मिलाका श्रीमानलाई कहिल्यै निको नहुँने रोग ‘सिकलसेल एनिमिया’ भएको छ । यो रोग निको पार्ने उपचार त छैन । तर, पोषणयुक्त खानपान र रहनसहनलाई व्यवस्थित गर्न सकियो भने सामान्य जीवन बाँच्न सकिन्छ ।
पश्चिम नेपालका आदिवासी थारू समुदायमा देखिएको यो रोग वंशाणुगत रोग हो । सिकलसेल श्रीमानबाट श्रीमतीमा सर्दैन । तर उनीहरुबाट जन्मेको बच्चामा सर्ने सम्भावना अधिक हुन्छ । विशेषतः नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलालीका थारु समुदायमा यो रोग बढी देखिएको छ ।
“सिकलसेल एनिमिया एक प्रकारको रक्तअल्पता भए पनि यो अलि कडा खालको हुन्छ,” भेरी अञ्चल अस्पतालमा डा राजन पाण्डे बताउनुहुन्छ ।

जीवनभर ओखती खाइरहनुपर्ने यसका बिरामीलाई आर्थिक सङ्कट पर्ने भएकाले सरकारले निःशुल्क उपचार र ओखतीको व्यवस्था मिलाउनु पर्ने बर्दिया बाँसगढीका पूर्णबहादुर थारूको माग छ । सरकारले यो रोगको परीक्षण र उपचार गर्न नेपालगञ्जको भेरी अञ्चल अस्पताल, बर्दियाको राजापुर प्राथामिक स्वास्थ्य केन्द्र र कैलालीको सेती अञ्चल अस्पतालमा आवश्यक व्यवस्था मिलाएको छ । निजीमा बाँकेको मेडिकल कलेज कोहलपुर, नेपालगञ्जको सिद्धार्थ अस्पताल र कैलालीको घोडाघोडी अस्पतालमा उपचार हुन्छ ।
“सिकलसेल एनिमिया भएको व्यक्तिले जाँड, रक्सी, चुरोट सेवन गर्नु हुँदैन । तर, चिल्लो, पिरो, अमिलो बार्नु पर्दैन । बेलाबेला आप्mनो स्वास्थ्य जाँच गराइरहन सके यसका रोगी सामान्य जीवन बाँच्न सक्छन,” भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी पुष्पा कँडेलको सुझाव छ ।
नेपालमा सिकलसेल एनिमिया रोग पत्ता लगाउने पहिलो चिकित्सक डा पाण्डेका अनुसार यसको उपचार क्रममा १२ ले ज्यान गुमाइसके । भेरी अञ्चल अस्पतालमा २१५ को उपचार भइरहेको छ । तथ्याङ्कअनुसार पश्चिम नेपालका करीब दुई हजार थारुमा सिकलसेल एनिमिया रोग देखापरेको छ । पश्चिम नेपालमा करीब २० लाख थारुको बसोबास छ । जटिल जनस्वास्थ्य समस्याका रूपमा उन्मुख हुँदै गएको यो रोगको रोकथामका लागि सरकारले छुट्टै नीति निर्माण गरी विशेष कार्यक्रम लागू गर्नुपर्ने सुझाव डा पाण्डेको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्मीसँगै वर्षाका कारण सर्पदंशका बिरामी बढ्दै
Next article स्वास्थ्य बीमा गराउनेभन्दा माग दाबी बढी

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133120
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web