• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पतालका फोहोर पानी सिधै ढलमा

September 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अस्पतालका फोहोर पानी सिधै ढलमा

हेल्थ टुडे,
काठमाडौँ, ९ असोजः काठमाडौँ उपत्यका भित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ ।
खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो ।
खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, सचिव गजेन्द्र ठाकुर, मन्त्रालय मातहतका विभाग, बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीले गरेको अनुगमनका क्रममा अस्पतालले सामान्य प्रशोधन पनि नगरी ढलमा मिसाएको पाइएको हो ।
मन्त्रालयका अनुसार वीर अस्पतालले दैनिक एक लाख २० हजार लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गर्ने गरेको छ । काठमाडांै उपत्यका लिमिटेडबाट वितरण गरेको धाराबाट हप्तामा एक पटक पानी आउने हुँदा अस्पतालले दैनिक माग धान्न भूमिगत स्रोतबाट पानी तानिएको पाइएको हो । अस्पतालमा जडान गरिएको डिप बोरिङ सञ्चालनका लागि समेत अनुमति लिइएको छैन ।
यसैगरी पाटन अस्पतालले अनुमति नै नलिईकन डिप बोरिङ सञ्चालनमा ल्याएको छ । दैनिक चार लाख लिटर पानी भूमिगत स्रोतबाट प्रयोग गरिएको भएपनि तरल फोहोर व्यवस्थापन नगरेको पाइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी
Next article स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्श नै आजको आवश्यकता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web