• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

September 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

काशीराम शर्मा
बाँके, ९ असोजः गर्भवती जाँच गराउ, घरमा सुत्केरी नहोउ भन्ने सन्देश बाँकेमा अत्यन्त प्रभावकारी र फलदायी भएको छ ।
“गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनु भनेर लेख्छौँ”, नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित मनिकापुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी निरीक्षक शीतला खड्का बताउनुहुन्छ ।
मनिकापुर स्थित बर्थिङ सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगञ्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ सेन्टरमा गर्भवती महिला पुग्ने गरेको सिनियर अनमी निरीक्षक खड्काले बताउनुभयो ।
बर्थिङ सेन्टरप्रति गर्भवतीको बढी विश्वास छ, हुन त हामीले पनि जोखिममा रहेका गर्भवतीलाई भेरी अञ्चल अस्पतालमै पठाउने हो, तर उहाँहरुको विश्वास हामीले जितेका छौँ भन्नुहुन्छ उहाँ ।
बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष २०७४÷०७५ मा १२६ जना सुत्केरी भएका छन् । यस आवको दुई महीनामा मात्रै सेन्टरमा ३६ सुत्केरी भइसकेका छन् । यो तथ्याङ्कले यस आवमा सुत्केरीको सङ्ख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ । बर्थिङ सेन्टरले २४ सैँ घण्टा सेवा दिँदै आइरहेको र गाउँमा सुत्केरी हुने दर करीब शून्यजस्तै भएको सिनियर अनमी खड्काले बताउनुभयो ।
नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि यसमा ठूलो सहयोग पु¥याएको छ । सिनियर अनमी निरीक्षक खड्काले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढाएको बताउनुभयो ।
चौथो पटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकाले पनि सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ, उहाँले बताउनुभयो । मनिकापुर स्वास्थ्य चौकीमा साउनमा २० र भदौमा १६ जनाले बच्चा जन्माएका छन् । नयाँ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ ।
यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् । स्वास्थ्य चौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत चेकजाँच गरिरहेका छन् । सो चौकीअन्तर्गत १५ जना स्वास्थ्य स्वयम्सेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुँदा गर्भवती महिला नियमित चेकजाँचका लागि आउने गरेको स्वास्थ्य चौकी इञ्चार्ज सरोजकुमार मिश्र बताउनुहुन्छ ।
गर्भवती उत्प्रेरणा बापत चार पटक गर्भवती जाँच गराए रु ८०० र बर्थिङ सेन्टरमै सुत्केरी हुनेलाई रु एक हजार पोषणभत्ता दिँदै आएको छ । सरकारले उक्त भत्ता दिन थालेपछि गर्भवती महिला नियमित चेकजाँज र सुत्केरी हुन बर्थिङ सेन्टरमै पुग्ने गरेको अनमी आशा सार्कीले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालका फोहोर पानी सिधै ढलमा
Next article बुटबलको सिद्धबाबा अस्पतालमा डाइलासिस सेवा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133171
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web