• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’

September 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘मुटु रोगबाट बच्न व्यायाम जरुरी’

काठमाडौँ, १३ असोजः विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले आज आयोजना गरेको कार्यक्रमका वक्ताले मुटु रोगबाट बच्नका लागि खानपानमा सुधार तथा नियमित व्यायाम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले मुटुको रोग, रक्तचाप, मधुमेह रोग हुँदैमा खानपानमा ध्यान दिन सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले नेपालमा ८० प्रतिशत नागरिक गाउँमा बसोबास गर्ने तथा ८० प्रतिशत चिकित्सक काठमाडौँमा बस्ने गरेका बताउनुभयो । उहाँले १० हजार व्यक्ति बराबर दुई चिकित्सक रहेको बताउनुभयो ।
राज्यमन्त्री यादवले जनताको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार तथा निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी अघि बढ्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो ।
मुटुरोगबाट ग्रस्त भई नर्भिक अस्पतालमा स्वास्थ्य लाभ गर्नुभएका शिक्षाविद् प्रा रत्नमान डंगोलले मुटु रोगी समयमा नै अस्पताल पुग्नसकेमा जीवन बचाउन सकिने उदाहरण आफू नै भएको बताउनुभयो ।
एकहत्तर वर्षको उमेरमा आफूलाई हृदयघात भएको र ९७ प्रतिशत ब्लक भइसकेको अवस्थामा नर्भिक अस्पतालमा पुगेर उपचार गर्दा नयाँ जीवन पाएको उहाँले अनुभव सुनाउनुभयो ।
सो अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह, अध्यक्ष वसन्तकुमार चौधरी, चिकित्सक डा यादवदेव भट्ट तथा नियमित रोग जाँच गरिरहेका रोगी शङ्कर कृष्ण मल्ललगायतका वक्ताले मुटु रोगको रोकथाम तथा सरकार र स्वयं व्यक्तिको दायित्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राज्यमन्त्री यादवले उक्त अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरिरहेका १० ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बि. एण्ड बि.मा मुटु सम्बन्धी दुई दिने स्वास्थ्य सिविर
Next article चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131962
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web