• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विवादास्पद’ स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको सरुवा 

October 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विवादास्पद’ स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको सरुवा 

 

हेल्थ टुडे,

काठमाडौं, ७ कार्तिक:  ‘विवादास्पद’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको सरुवा गरिएको छ । सचिव नियुक्त हुनु अगाडिदेखि नै विवादमा तानिएकी डा. चौधरीलाई प्रधानमन्त्री  कार्यालयमा थन्क्याउने गरि सरुवा गरिएको हो । मुख्य सचिव डा. लोकदर्शन रेग्मीले डा. चौधरीको सरुवा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गरिएको जानकारी दिए । उनले भने, ‘ अब बस्ने मन्त्रीपरिषद् बैठकले नयाँ सचिव नियुक्त गर्ने छ । ’ डा. चौधरीको सरुवापछि १२ औं तहका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल स्वास्थ्य सचिव हुने संभावना छ । डा. चौधरी बाहेक मन्त्रालयमा १२ औं तहका चिकित्सक डा. प्याकुरेल मात्र छन् । डा. चौधरीको सरुवा हुने हल्ला दुई महिनादेखि नै चल्दै आइरहेको थियो ।

डा.चौधरीलाई गत पुष १२ तत्कालिन स्वास्थ्य मन्त्री दीपक बोहोराको सिफारिसमा सरकारले सचिवमा नियुक्त गरेको थियो । सचिव हुनु अगाडि देखि नै विवादमा तानिएकी डा. चौधरी सचिव भएपछि पनि विवादबाट टाढा रहन सकिन । उनी सचिव भएपछि स्वास्थ्य मन्त्रालय गोलमालको अवस्थामा पुग्यो । मन्त्री, राज्यमन्त्री मात्र नभएर मातहतका अधिकांश कर्मचारी उनीप्रति असंतुष्ठ छन् । प्रसूति गृहको निर्देशक भएका बेला आर्थिक अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.चौधरीलाई कारवाही गर्न २०७४ असार २ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । डा. पुष्पाले उक्त पत्र कर्मचारीसंगको मिलेमतोमा तत्कालिन स्वास्थ्य सचिव र मन्त्रीसम्म पुग्न नै नदिएर लुकाउन लगाएकी थिइन । यसपछि पुष ११ गते अख्तियारले डा. चौधरीलाई किन कारवाही नगरेको भन्दै पत्र पठाएको थियो । त्यो पत्र पनि उनले कर्मचारीसँगको मिलेमतोमा लुकाएकी थिइन । डा.पुष्पाले सरकारलाई जानकारी नै नदिई बेलायतमा मुख्य कार्यालय रहेको स्त्री रोग विशेषज्ञहरुको अन्तराष्ट्रिय संगठन फिगोबाट प्रति महिना करिव डेढ लाख रुपैया (१५ सय अमेरिकी डलर) तलव लिने गरि जनवरी १, २०१५ देखि २०१७ डिसेम्बरसम्म तीन बर्षे सम्झौता गरेपछि उनी अर्को बिबादमा तानिएकी थिइन ।

स्वास्थ्य सेवा ऐन अनुसार कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाइने व्यवस्था छ । सेवा अवधिमा कहिल्यै पनि राजधानी बाहिर नगएको, राजधानी बाहिरका जिल्लाको स्वास्थ्यकर्मीका समस्या नबुझ्ने, एनजिओ र आईएनजीओसँग आर्थिक चलखेलमात्र गर्ने, कर्मचारीसँग रुखो व्यवहार गर्ने जस्ता दर्जनौ आरोप कर्मचारीले लगाउने गरेका छन । चौतर्फी विवादमा तानिए पनि अंगिकृत नागरिक डा. चौधरीले प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक डा. दीब्या सिंह मार्फत आफूलाई नहटाउन लविङ गरेकी थिइन । त्यस बाफत डा. दीव्यालाई अंग प्रत्यारोपण समितिको अध्यक्ष बनाएकी थिइन । प्रम ओलीलाई रिझाउन डा. चौधरीले मापदण्ड नपुगेको काठमाडौं मेडिकल कलेजलाई ३ सय सैय्याको अस्पताल सञ्चालन गर्न अनुमती दिएकी थिइन् । त्यसमा बिबाद भएपछि निर्णय सार्वजनिक गरेकी थिइन । डा. चौधरीलाई सचिव बन्नु अगाडि र बनेपछि हेल्थ टुडेले विवादितलाई स्वास्थ्य सचिव बनाउन नहुने भन्दै श्रृंखलावद्घ समाचार प्रकाशन गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article छाती तथा फोक्सो रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
Next article बाथरोग दिवसमा नेशनल बाथरोग सेन्टरको सचेतना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134411
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web