• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरू गुम्ने खतरा

December 16th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरू गुम्ने खतरा

डा. गुणराज अवस्थी,

नेपालमा भएका अनेकौं जनआन्दोलन र जनसंघर्षको फलस्वरूप स्थापना भएको संघीय गणतन्त्र नेपालको संविधानजारी भए पश्चात जनताका आशा र आकांक्षाहरू झनै बढेर गएको सन्दर्भमा संसारकै उत्कृष्ट मध्येको नेपालको संविधान २०७२ कार्यान्वयनको चरणमा रहेको छ । देशमा रहेको संक्रमण अझै पनि पूर्ण रूपमा समाप्त हुन सकिरहेको छैन । देशमा सम्पन्न गरिएका तीन तहका निर्वाचन पश्चात संिवधान पूर्ण कार्यान्वयनको दिशामा अघि बढिसकेको छ । मातृमृत्यु, बालमृत्यु जस्ता सूचकांकहरूमा विश्व सामु आशालाग्दो सफलता हासिल गरिरहेको नेपालको स्वास्थ्य क्षेत्रमा निकै अगाडि बढिरहेको कुरा जगजाहेर नै छ । नेपालका स्वास्थ्यकर्मीहरूले जस्तोसुकै विषम परिस्थितिमा पनि जनताको माझमा रहेर सेवाप्रदानगर्दै आएको हो । संरचनागतरूपमा हेर्दा केन्द्रमा स्वास्थ्य सचिवदेखि तत्कालीन वडामा महिला स्वास्थ्यसेविकासम्मले सेवा प्रदान गरिरहेको अवस्था हो । संसारकै उत्कृष्ट संरचना रहेको स्वास्थ्य सेवा प्रणालीका कारण देशले स्वास्थ्यसंग सम्वन्धित सहस्राब्दी विकास लक्ष्य हासिल गर्न सकेको कुरा प्रष्ट छ ।

हाल देशमा तीन तहका सरकारहरू रहेको अवस्थामा जनताको स्वास्थ्यसित सरोकार राख्ने विषय(जनस्वास्थ्य) ओझेलमा परेको जस्तो महसुस हुन लागेको छ । अपरिपक्व एवं अनुभवहीन स्थानीयतह, अधिकारविहीन प्रदेश सरकार र विवेकहीन केन्द्र सरकारका कारण स्वास्थ्य जस्तो संवेदनशील विषयमा खेलवाड भइरहेको हो कि भन्ने भानभइरहेको छ । हालसम्म जिल्ला स्वास्थ्य कार्यालयहरूले गर्दै आएका सम्पूर्ण कार्यहरू स्थानीयतहलाई हस्तान्तरण भएको सन्दर्भमा देशले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिहरू गुम्ने खतरा देखिनथालेको छ । ७७ जिल्लाको ठाउ“मा ७५३ तहले काम गर्नुपर्दा अवश्य पनि अनुभव र उत्तरदायित्वको बोध हुनु जरुरी थियो, तर स्थानीय जननिर्वाचित प्रतिनिधिहरूमा अनुभवको त कमी छ नै साथै उत्तरदायित्वको बोधको कमी पनि देखिन्छ । गतआर्थिक वर्षकै कुरा गर्नेहो भने सवै स्वास्थ्य सूचकांकहरूको अवस्था विगतको तुलनामा खस्क“दो रहेको समीक्षाहरूबाट देखिएको छ । जिल्लामा रहेको जनशक्तिले जुनअनुभव र उत्सुकताका साथका गरिरहेको थियो एक जना स्वास्थ्य संयोजकको भरमा पालिकाको सवै स्वास्थ्यकार्यक्रमहरू सञ्चालन गराउन खोज्नु न्याय संगत देखि“दैन । यदि स्थानियतहलाई बलियो बनाउने नै हो भने कम्तीमा ८ जनाको दरबन्दी प्रत्येक पालिकामा कायम गरिनुपर्दछ अन्यथा सम्भव हुदैन ।

केन्द्र सरकारका नीतिनिर्माताहरूले वडाको जनताको स्वास्थ्यको बेवास्ता गर्दै हचुवाको भरमा निर्णय गरेका कारण स्थिति जटिल वन्दै गइरहेको छ । महामारी तथा रोग नियन्त्रण, औषधिआपूर्ति, खोप, प.नि.जस्ता सेवाहरूमा प्रत्यक्ष प्रभाव देखिसकिएको छ । महामारीको वजेट स्थानीयतहमा छ भने त्यहा“का जनप्रतिनिधिहरू महामारी भएको खण्डमा जिल्ला वा माथिल्लो निकायमा गुहार्न पुग्छन् कारण अज्ञानता नै हो । जिल्लामा भएको औषधि आपूर्तिको बजेटले प्रायःऔषधिको अभाव ह“ुदनथ्यो तर हाल आएर प्रत्येक स्वास्थ्य संस्थामा औषधि अभाव रहेको समाचार दैनिकजसो आइरहेका छन् । परिवार नियोजन सेवाको निरन्तरतामा कठिनाइ छ । जिल्लामा रहेका अनुभवी कर्मचारीहरूका काम नपाएर  घाम ताप्नबाध्य छन् तर स्थानीयतहमा कामको भारका कारण केही गति लिन सकेको छैन । एक जना संयोजकलाई हरेक कार्यक्रमको बारेमा थाहा हुन सक्दैन, कुन सूचकांक केका लागि र कसरी हासिल गर्ने भन्ने विषयमा अनभिज्ञता देखिन्छ । बिचरा जसोतसो गर्न खोजे पनि प्रशासनिक र आर्थिक कुराहरू झन्झटिलो छ, कारण बुझेका स्थानीय सरकारहरू छैनन् । उदाहरणको लागि क्षयरोग कार्यक्रमको वार्षिक समीक्षागर्ने जिम्मा पालिकालाई दिइएको छ तर त्यसको मर्म नबुझेका कारण निकासा तथा कार्यक्रम कार्यान्वयनमा ढिलासुस्ती छ जसको फलस्वरूप देशको सम्पूर्ण तथ्यांकीय अवस्था ठप्प रहेको अवस्थाहु“दैछ । क्षयरोगीहरू स्वास्थ्य संस्थामा छन् अनलाइन इन्टी सम्भव भएको छैन । जनशक्ति फाजिलमा बसेको छ तालिम कार्यक्रमहरू पालिकामा थन्केका छन् ।

प्रदेश सरकार ‘हेर र बस’को अवस्थामा छ । प्रदेशका कार्यक्रमहरू कस्ले सञ्चालन गर्ने भन्ने टुंगो छैन किनकि स्थानीयतहको आफ्नै बजेट र कार्यक्रमहरू छन्, प्रदेश सरकारले सोझै कार्यक्रमहरू गर्न कठिनाइ छ । प्रदेश मन्त्रालयका कार्यक्रमहरू सञ्चालन अन्योलमा देखिन्छन् ।संघीय मन्त्रालयका नीतिनियमहरू कस मार्फत कार्यान्वयन गराउने होला अन्योल नै छ, उस्को वजेट र कार्यक्रम कार्यान्वयनकालागि कुनै बलियो र भरपर्दो निकाय जिल्लामा नरहेको अवस्था छ ।रेकर्डिंङ रिपोर्टिंङअनिश्चित देखिन्छ कारण उत्तरदायित्वको कमी । कस्ले गर्ने, महत्व के हो, नभए के हुन्छ भन्ने कुराको बोध नभएको  अवस्था छ ।तसर्थ नेपालले हासिल गरेका स्वास्थ्य क्षेत्रका उपलब्धिहरूको रक्षागर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने हो भने संरचनात्मक विषयमा पुनर्विचार हुनु जरुरी छ । ३५ जिल्लाको लागि बनाइएको संरचनालाई ७७ ओटै जिल्लामा विस्तार गरी कर्मचारी व्यवस्थापन गरिनु पर्दछ । जिल्लाहरूलाई पालिकाहरूको संयोजन, अनुगमन, मूल्यांकन तथा तालिम आदिको काम दिइनु पर्दछ ।

( डा. अवस्थी, सुदूरपश्चिम प्रदेश स्वास्थ्यनिर्देशनालयका निर्देशक हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास सम्पन्न
Next article यादव कड्किए , काम गर्ने बेला बजेट छैन भन्ने असारमा बजेट फ्रिज हुन्छ किन ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web