• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

January 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेताका नाममा खोलिएका अस्पताल सेवामुखी हुनुपर्छ : पूर्व राष्ट्रपति डा. यादव

हेल्थ टुडे,

काठमाडौं, २१ पुष :  पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेताका नाममा खोलिएका अस्पताल नाफामुखीभन्दा सेवामुखी हुनु पर्ने बताएका छन । राजधानीको बसुन्धरामा रहेको वीपी स्मृति सामुदायिक अस्पतालको शनिबार ११ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै डा. यादवले स्वर्गिय वीपी कोइराला, महेन्द्र नारायण निधी, गणेशमान सिहं लगायतका सम्मानित नेताहरुको नाममा अस्पताल सञ्चालन हुनु खुशीको कुरा भए पनि तिनीहरुले कम शुल्कमा गुणस्तरीय सेवा दिनु पर्नेमा जोड दिए । पछिल्ला वर्षमा अर्बौ लगानीमा नाफामुखी निजी अस्पताल स्थापना भइरहेको औल्याउदै  कम शुल्कमा सर्वसाधारणलाई गुणस्तरीय सेवा प्रदान गर्नु सामुदायिक अस्पतालहरुका लागि चुनौति भएको बताए ।

डा. यादवले भने, ‘नेताहरुका नाममा खोलिएका अस्पतालहरुले राम्रो सेवा प्रवाह गर्न नसके सञ्चालकहरुको मात्र नभई सम्मानित नेताहरुको नाम पनि बदनाम हुने भएकाले त्यसतर्फ सधै चनाखो हुनु पर्छ । ’ पूर्व राष्ट्रपति डा. यादवले आफुले सात वर्ष पहिले क्यान्सर परिक्षणका लागि आवश्यक पेट स्क्यान मेसिन खरिद गर्न २५ करोड बजेट समेत बिनियोजन गराएको स्मरण गर्दै सरकारले अहिलेसम्म खरिद गर्न नसक्नु चिन्ताको बिषय भएको बताए । उनले प्रश्न गरे, २५ करोड बजेट विनियोजन समेत भइसकेको थियो । किन ल्याइएन पेट स्क्यान मेसिन ? त्यति बेला नेपालमा पेट स्क्यान मेसिन नभएकाले क्यान्सर भए नभएको परिक्षण गर्न डा. यादव जापान गएका थिए ।

 

साधारण सभामा नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिले वीपी कोइराला, महेन्द्रनारायाण नीधि र गणेशमानका नाममा खुलेका सामुदायिक अस्पतालहरुले एक आपसमा सहकार्य गरेर गुणस्तरीय उपचारमा केन्द्रित हुनु पर्ने बताए । कांग्रेस नेता एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले दश वर्षभित्र विपी, नीधि र गणेशमानका नाममा तीन वटा सरकारी मेडिकल कलेज खोल्ने गरि अगाडि बढ्नु पर्ने बताए ।  पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठले विशेषज्ञ र नाम चलेका चिकित्सक आकर्षित गर्न सके अस्पतालले बढी से बढी विरामीलाई सर्भसुलभ सेवा दिन सक्ने भएकाले त्यस तर्फ अस्पताल प्रशासनले ध्यान दिनु पर्नेमा जोड दिए ।

 

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालका अध्यक्ष डा. केदारनरसिंह केसीले अस्पतालले आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गर्नु सफलता भएको जानकारी गराउदै  अस्पतालको सेवा सुविधामा पनि व्यापक सुधार गरिएको बताए । अस्पतालले नाफाभन्दा सेवालाई सधै केन्द्रमा राखेर सर्वसुलभ उपचार सेवा प्रदान गरिरहेको दावी गर्दै भविश्यमा पनि अझ गुणस्तरीय उपचारलाई महत्व दिएर अगाडि बढ्ने बताए । अस्पतालका सेयर सदस्य ५ सय ५६ जना छन भने शेयरपूजिँ ७ करोड रहेको छ । अस्पतालले स्टाप नर्स, हेल्थ असिस्टेन्ट लगायतका जनशक्ति पनि उत्पादन गर्दै आइरहेको छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्तो हुनुपर्छ मधुमेहका बिरामीको खाना
Next article क्यान्सर सर्भाइभर र्‍याम्प  सो आज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132099
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web