• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश मातहत आएपछि लुम्बिनी आयुर्वेद अस्पताल औषधिविहीन, बिरामीलाई समस्या

February 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश मातहत आएपछि लुम्बिनी आयुर्वेद अस्पताल औषधिविहीन, बिरामीलाई समस्या

लुम्बिनी,११ फागुन । बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालय तीन महिनादेखि औषधिविहीन भएको छ । अस्पताल औषधिबिहिन भएपछि बिरामीहरु समस्यामा परेका छन् । निःशुल्क उपचार र औषधि पाउने आशामा उक्त अस्पतालमा दैनिक औसत ७० बिरामी आउने गरेका छन् ।

स्वास्थ्य जाँच गर्न आउने बिरामीहरू औषधि नपाएपछि निराश भएर फर्कने गरेका छन् । अस्पतालका प्रमुख आयुर्वेद चिकित्सक नलिननाथ तिवारीले अस्पतालबाट २३ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि अहिले सबै सकिएको जानकारी दिए । विगतमा केन्द्र सरकारअन्तर्गत आयुर्वेद अस्पतालमा औषधि आउने गरेको थियो । चालू आर्थिक वर्षमा पहिले स्थानीय तहमार्फत र पछिल्लो समय प्रदेश सरकारबाट औषधि आउने भनिए पनि औषधि आउने अझै टुंगो छैन ।

चालू आर्थिक वर्षमा सो अस्पतालमा तीन लाखबराबरको औषधि आएको थियो । तीन लाखको औषधिले बढीमा ५० दिनलाई काम चलाउन सकिने अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । कम्तीमा २० लाख बराबरको औषधि भए एक वर्षलाई काम चलाउन सकिने उनीहरूको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाबाट तीन लाखबराबरको औषधि खरिद भएको थियो । सो औषधि तीन महिनाअगाडि नै सकिएको छ । औषधि खरिदका लागि पटक–पटक उपमहानगरपालिका तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्दा कुनै सुनुवाइ नभएको अस्पताल स्रोतले जनाएको छ ।

धेरै ठाउँमा जचाउँदा पनि निको नभएका बिरामीसमेत उक्त अस्पतालमा आउने गरेको भएपनि पछिल्लोपटक औषधि उपलब्ध गराउन नसक्दा अप्ठ्यारो भएको स्वास्थ्यकर्मीले बताएका छन् । औषधि अभावमात्र होइन् अस्पतालमा बेडको समेत अभाव छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विद्यार्थी आन्दोलनका कारण गण्डकी मेडिकल कलेज बन्द
Next article हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन,रोग उन्मूलनको लक्ष्य पूरा गर्न कठीन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132214
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web