• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गण्डकी प्रदेशमा यसै वर्ष ३ वटा हाइवे मोवाइल हस्पिटल

February 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गण्डकी प्रदेशमा यसै वर्ष ३ वटा हाइवे मोवाइल हस्पिटल

हेल्थ टुडे, कास्की, १४ फागुन । गण्डकी प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनताको प्रत्यक्ष स्वास्थ्य सेवालाई ध्यानमा राखेर स्वास्थ्यका कार्यक्रम अगाडि बढाई रहेको छ । स्वास्थ्य महासाखाले एयर लिफ्टिङदेखि हाइवे मोवाइल हस्पिटल, खोप कोषदेखि विसादीरहित खाद्य तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ ।

समाजिक विकास मन्त्रालयका प्रवक्ता प्रकाशराज शर्माका अनुसार मन्त्रालयले आपतकालिन हवाई उद्दारका लागि २० लाख रुपैया विनियोजन गरिएको र एकजनाको हवाई उद्दार गरि काठमाडौ उपचार गरि ज्यान बचाउन सफल भएको बताए । त्यसै गरि मन्त्रालयले दमौलाी अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र र पर्वतको तिलार स्वास्थ्य चौकीलाई हाइवे मोवाइल हस्पिटलको रुपमा विकास गर्न लागिएको शर्माले जानकारी दिए । त्यसका लागि एक करोड ५० लाख रुपैया विनियोजन गरिएको छ ।

सडक दुर्घटना हुदा त्यही उपचार गर्न सकियोस र थप उपचारका लागि अन्य रेफरल हस्पिटल लैजादा सुविधा युक्त एम्बुलेन्स सेवा उपलब्ध होस भन्ने अभिप्रायले हाइवे मोवाइल हस्पिटलको अवधारणा ल्याइएको शर्माले बताए । त्यसैगरि मन्त्रालयले २ करोड रुपैयाको छुट्टै खोप कोषको स्थापना गरेको छ । महामारीका बेला केन्द्र सरकारले खोप पठाउन ढिलाई हुदा वा अन्य आकस्मिक रोगको प्रकोप नियन्त्रणका लागि खोप कोष स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा बिशादीयुक्त खाद्य पदार्थलाई क मगर्न र पोषणको अवस्था सुधार गर्न मन्त्रालयले विसादी रहित खाद्य तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागेको छ । यो कार्यक्रम अन्तरगत प्रदेशका नीति निर्माता, जिल्लाका प्रतिनिधि, स्थानिय प्रतिनिधि र समुदायलाई बिषादी सहित खाद्य पदार्थको उत्पादनमा जोड दिन जनचेतना र प्रशिक्षण समेत दिइने शर्माले जानकारी दिए । यो कार्यक्रमका लागि मन्त्रालयले ८५ लाख रुपैया बजेट बिनियोजन गरिसकेको छ ।

मन्त्रालयले सहरी स्वास्थ्य, सामुदायिक स्वास्थ्य एकाई र बर्थिड सेन्टर स्थापनालाई पनि प्राथमिकतामा राखेको छ । यसका लागि ५ करोड रुपैया छुट्याइएको छ । यो बजेट मार्फत एक सय वटा इकाई स्थापना हुने छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोगीको अवस्था पत्ता लगाउन सुरु गरिएको सर्वेक्षण अन्तिम चरणमा
Next article खानेपानीमन्त्रीले गराइन स्तन र पाठेघरको जाँच

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134256
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web