• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२५ देशका, २५ बर्षिय २५ जना च्याम्पियनका साथ नेपालमा पनि मनाइयो ‘सी डिसाइड’ दिवस 

March 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२५ देशका, २५ बर्षिय २५ जना च्याम्पियनका साथ नेपालमा पनि मनाइयो ‘सी डिसाइड’ दिवस 

हेल्थ टुडे,

काठमाडौं, १७ फागुन : महिलाहरुलाई स्वास्थ्य सहित आफ्नो निर्णय आफै गर्ने अधिकार स्पापित गर्ने उद्देश्यले सुरु भएको विश्वव्यापी अभियान ‘ सी डिसाइड ’मा भाग लिन नेपाल आएका २५ देशका, २५ बर्षिय २५ जना युवती सहित अभियानकर्ताहरुले भव्याताका साथ काठमाडौंमा दोश्रो ‘ सी डिसाइड ’ दिवस मनाएका छन । सम्मेलनमा भाग लिन नेपाल सहित भारत, श्रीलंका, भुटान, जिम्वाबे, अमेरिका, मेसिया, युगान्डा, कम्बोडिया, थाइल्याण्ड, फिलिपिन्स, सेनेगल, बुरुण्डी, दक्षिण अफ्रिका सहितका २५ देशका २५ बर्षिय २५ युवतीले महिलालाई आफ्नो आर्थिक, स्वास्थ्य, शिक्षा, समाजिक लगायतका सबै निर्णय आफै गर्न दिनु पर्नेमा जोड दिएका छन् । राजधानीको बबरमहलस्थित सिभिजिटेडमा शुक्रबार सुरु भएको ‘ सी डिसाइड ’ दिवसमा भाग लिन आएका सहभागी च्याम्पियनहरुले  नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा निुशल्क गर्नु र प्रजनन् स्वास्थ्य सम्बन्धी ऐन बनाएर कार्यन्वयनमा लैजानु सकारात्मक भएको भन्दै नेपालबाट अरु देशहरुले पनि पाठ सिक्नु पर्नेमा जोड दिएका छन । 

सो अवसरमा अभियानका अगुवाहरुका साथै दुई सयभन्दा बढी नेपालीका महिला अधिकारकर्मिहरुको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन गर्दै सी डिसाईड्सकी अध्यक्ष टिखाला इटायीले महिलाको आत्मनिर्णय रक्षाको सवालमा अभियान सफल हुने विश्वास व्यक्त गर्दै  अभियानलाई सरकार, दातृ निकाय र नागरिक समाज सबै पक्षबाट सहयोग हुनु पर्नेमा जोड दिइन । आयोजक संस्था एरोकी कार्यकारी निर्देशक शिवानान्थी थनेन्थिरनले महिलालाई आफु सम्बन्धी सबै निर्णय गर्ने अधिकार हुनु पर्नेमा जोड दिदै यसमा कुनै अवरोध या प्रश्न उठ्न नहुने बताइन । उनले भनिन, ‘कुनै पनि महिलालाई कति उमेरमा विवाह गर्ने, कति बच्चा जन्माउने अधिकार मात्र नभएर विवाह नै नगरि बस्न पाउने पनि अधिकार छ । त्यसको सम्मान गर्नु पर्छ । ’ आईपिपिएफकी प्रतिनिधि मिना बर्लिङले प्रजनन सास्थ्य अधिकार र सेवाका क्षेत्रमा नेपालबाट पाठ सिक्नु पर्ने बताइन । यूएनएफपिएका रिजनल डाइरेक्टर बिजोन एन्डर्सनले हरेक महिलाको प्रजनन स्वास्थ्य अधिकारका लागि यूएनएफपीएको सहयोग निरन्तर जारी रहने विश्वास दिलाए । उनले भने, ‘आईसीपीडीको कायरो सम्मेलनलाई सम्मान गर्दै यूएनएफपिएले सहयोग जारी राख्ने छ ।’

सम्मेलनमा स्वास्थ्य मन्त्रालय र महिला बालबालिका मन्त्रालयका अधिकारीले  अभियानलाई सरकारको साथ र सहयोग रहने बताएका थिए । सम्मेलन शनिबार सम्पन्न हुने छ । सी डिसाईड अहिले १८३ देशहरुका १ करोड २० लाख भन्दा ज्यादा व्यक्ति तथा संस्थाहरुले शुभ चिन्तकहरु र सहयोगीको रुपमा यसको घोषणा–पत्र स्वरुप स्वीकारेका छन् । सम्मेलनमा २५ देशका २५ युवतीहरुले आआफ्ना कथा सुनाएका थिए ।अभियन्ताहरुलाई खुल्ला प्रतिस्पर्धाका आधारमा २५ देशबाट २५ वर्ष उमेर पुगेका २५ जना युवतीहरुको छनौट गरिएको हो । सी डिसाईड सहयोग इकाई प्रमुख नैसोलाले भनिन, ‘यस महत्वपूर्ण आन्दोलनमा सम्मिलित हुन पाउनु अत्यन्तै उत्साहवद्र्धक क्षण हो । यहाँ अझैपनि थुप्रै कानुन र नीतिनियमहरु परिवर्तन गर्नुपर्ने आवश्यकता छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको ग्लोबल ग्याग रुलको प्रतिउत्तरमा सन् २०१७ मा सी डिसाईड स्थापना गरिएको हो । सी डिसाईड दुइ शब्दबाट एकदिने सम्मेलन हुँदै समुदायिक पहल र युवालाई केन्द«बिन्दुमा राख्दै राजनीतिक परिवर्तनका लागि एक अभियान बनेर अगाडि बढेको छ । विना प्रश्न एउटी सामान्य किशोरी र महिलाले उनको शरीर, जीवन र भविष्य बारेमा आफैंले निर्णय गर्न पाउनु पर्छ भन्ने सी डिसाईड घोषणा पत्रको मर्म अनुरुप मार्गनिर्देशित छ । सम्मेलनका सहभागीहरुले शनिबार माइतीघर मण्डला पुगेर व्यानर सहित अभियान सुभारम्भ गर्ने छन । 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १९ महिनाको अवधिमा कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा
Next article एचनाइन भाइरसका कारण २ दिनको अन्तरमा हजारौँ कुखुरा मरे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web