हेल्थ टुडे,
काठमाडौं, ४ जेठ : सोसाइटी अफ हेल्थकेयर जर्नालिष्ट नेपालका अध्यक्ष एवं कान्तिपुर दैनिकका वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई ‘रोटरी ईन्टरनेशनल हेल्थ जोर्नो अवाड २०१९’ प्रदान गरिने भएको छ । पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको अवार्ड छनौट समितिको शुक्रबार बसेको अन्तिम बैठकले स्वास्थ्य विधा तर्फको २५ हजार नगद सहितको हेल्थ जोर्नो अवार्ड कान्तिपुर दैनिकका चिफ रिपोर्टर मिश्रलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त अवार्ड एक समारोहबिच अगामी शुक्रबार राजधानीमा प्रदान गरिने छ । रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानले हरेक वर्ष स्वास्थ्य, शिक्षा, वातावरण, महिला गरि विधागत रुपमा ६ बिधाका उत्कृष्ठ पत्रकारहरुलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । रोटरीले यो वर्षदेखि ६ वटा विधा बाहेक मिडिया हाउसलाई पनि अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । स्वास्थ्य विधा तर्फको रोटरी हेल्थ जोर्नो अवार्ड यस अगाडि स्वास्थ्य पत्रकारहरु पदमराज जोशी, दीपक दाहाल र भगवती तिमिल्सिनाले प्राप्त गरिसकेका छन् ।
Leave a Reply