• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आर्थिक सर्वेक्षणः ८ महिनामा ४ लाख ८३ हजार बिरामी अस्पताल भर्ना

May 28th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आर्थिक सर्वेक्षणः ८ महिनामा ४ लाख ८३ हजार बिरामी अस्पताल भर्ना

हेल्थ टुडे,
काठमाडौ,१४ जेठः गत साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा नेपालका विभिन्न स्वास्थ्य संस्थामा ४ लाख ८३ हजार बिरामी भर्ना भएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले सोमबार संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष २०७५–७६ को फागुन मसान्तसम्ममा ४ लाख ८३ हजार बिरामीहरु अस्पतालमा भर्ना भएका उल्लेख छ । यस्तै, ८ महिनाको अवधिमा नेपालका स्वास्थ्य संस्थाबाट १ करोड ५ लाख पटक ओपीडी सेवा लिएका छन् । आर्थिक सर्वेक्षणका अनुसार देशभरका स्वास्थ्यसंख्याबाट १ करोड ५ लाख पटक स्वास्थ्य सेवा प्रवाह भएको हो ।

८ महिनाको अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको आर्थिक सर्वेक्षणको तथ्यांकमा उल्लेख छ । अस्पतालबाट ओपीडी, आकस्मिक र भर्ना भएर उपचार सेवा प्रदान गर्नेमा प्रदेश ३ का स्वास्थ्य सेवा अग्रस्थानमा रहेको सर्वेक्षणमा उल्लेख छ । प्रदेशगत विवरण हेर्ने हो भने गत साउनदेखि फागुनसम्ममा प्रदेश नम्बर ३ का स्वास्थ्य संस्थाहरुबाट २७ लाख ६० हजार १ सय ९८ पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै २ लाख ६१ हजार ५ सय ३१ जनाले भर्ना भएर उपचार गराएका छन् भने, ४ लाख ६० हजार ५ सय १८ हजार बिरामीले आकस्मिक सेवा लिएका छन् ।

यस्तै प्रदेश १ का स्वास्थ्य संस्थाहरुबाट ११ लाख ५६ हजार ४ सय ९८ पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै ६७ हजार ६ सय ३९ जनाले भर्ना भएर उपचार गराएका छन् भने १ लाख ९ हजार ७ सय २७ हजार बिरामीले आकस्मिक सेवा लिएका छन् ।

यस्तै प्रदेश २ का स्वास्थ्य संस्थाहरुबाट १९ लाख ४३ हजार ७ सय १० पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै ९ हजार ६ सय १९ जनाले भर्ना भएर उपचार गराएका छन् भने, १५ हजार ७ सय २८ हजार बिरामीले आकस्मिक सेवा पाएका छन् ।

यस्तै, गण्डकी प्रदेश भित्रका स्वास्थ्य सेवाले पनि ८ महिनाको अवधिमा १० लाख ७७ हजार ४ सय ९६ पटक ओपीडी सेवा प्रदान गरेका छन् भने ३९ हजार २ सय ९५ जना बिरामीलाई भर्ना गराएर उपचार सेवा दिएको छ । गण्डकी प्रदेश भित्रका स्वास्थ्य सेवाबाट ८३ हजार ४ सय ७८ बिरामीले आकस्मिक सेवा लिएको आर्थिक सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, प्रदेश नम्बर ५ मा १६ लाख ९४ हजार ५ सय २८ पटक ओपीडी सेवा प्रवाह भएको छ भने ६७ हजार ७ सय १४ जनाले भर्ना भएर उपचार सेवा लिएका छन् । प्रदेश पाँचभित्रका स्वास्थ्य सेवाले ९१ हजार ६ सय ६८ जनालाई आकस्मिक सेवा दिएका छन् ।

कर्णाली प्रदेशभित्र साउनदेखि फागुन अन्तिमसम्ममा ६ लाख ५४ हजार ९ सय ३५ जनाले ओपीडी सेवा लिएका छन् । कर्णाली प्रदेशभित्रका स्वास्थ्य सेवामा ८ महिनामा २० हजार ९ सय ३९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन् भने ३६ हजार ७ सय ११ जनाले आकस्मिक सेवा लिएका छन् ।

यस्तै सुदूरपश्चिममा १२ लाख ४४ हजार ९ सय ६० जनाले ओपीडी सेवा पाएका छन् भने १६ हजार ८ सय ७१ जनाले भर्ना भएर उपचार सेवा लिएका छन् । सुदूपश्चिम प्रदेशका स्वास्थ्य सेवाबाट ७७ हजार ३ सय ५३ जनाले आकस्मिक सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा देशभरका स्वास्थ्य सेवाबाट २ करोड १३ लाख ४९ हजार ५ सय १६ पटक ओपीडी सेवा पाएका थिए । देशभर हाल १ सय २५ वटा अस्पताल, ३ सय ८४ वटा आयुर्वेद अस्पताल तथा औषधालय गरी ४ हजार ५ सय १५ वटा स्वास्थ्य सेवा सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो थाइराइड ? कसरी थाहा पाउने ?
Next article कान्ति बाल अस्पतालमा युरोलोजी सम्वन्धी ओपिडी सेवा सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web