• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व धूमपान रहित दिवसः युवामा मुटुरोग हुनुको मुख्य कारण धूमपान

May 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व धूमपान रहित दिवसः युवामा मुटुरोग हुनुको मुख्य कारण धूमपान

हेल्थ टुडे,
काठमाडौ,१७ जेठः आज विश्व धूमपान रहित दिवस । ‘सुर्तीजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्वभर धूमपानरहित दिवस मनाइँदै छ । विश्व धूमपान दिवसको अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाईदै छ । धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण मानव स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न र सबै किसिमका सुर्तीजन्य पदार्थको सेवन तथा बेचबिखनलाई निरुत्साहन गर्न हरेक वर्ष विश्वभरि ३१ तारिखमा यो दिवस मनाईदै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा झण्डै ९० लाख व्यक्ति धुम्रपान र सुर्तिजन्य पदार्थको सेवनमा रहेका छन्। हरेक वर्ष बर्सेनि २७ हजार भन्दा वढी मानिसको मृत्यु सुर्ती र सुर्तीजन्य पदार्थको सेवनकै कारण हुने गरेको विभिन्न गैरसरकारी संस्थाको तथ्या‌कमा उल्लेख छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको तथ्याङकका अनुसार फोक्सोको क्यान्सर पहिलो नम्बरमा देखा परेको छ ।

चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको बताएका छन्। धुम्रपानका कारण मानिसहरुमा फोक्सोका क्यान्सर मात्र नभएर मुटुरोग, मधुमेह, श्वासप्रश्वास, उच्चरक्त चाप जस्ता विभिन्न दिर्घ रोग समेत लाग्ने गरेको छ ।  पछिल्लो समय नेपालमा नसर्ने रोगहरूको जोखिम बढ्दै जानुको प्रमुख कारण धूमपान र सुर्तीजन्य पदार्थको सेवन भएको चिकित्सकहरूले बताएका छन् । चुरोट तथा सुर्तीजन्य पदार्थमा हुने निकोटिन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने चिकित्सकहरुले जनाएका छन् । यसले मस्तिष्क र मुटुका लागि समेत असर गर्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै रहन चिकित्सकको सुझाव छ ।

धुवाँको रूपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरुको संख्या १७ प्रतिशत छ । त्यस्तै, २०.४ प्रतिशत १३ देखि १५ वर्षका युवाले धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक छ । डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १.२ प्रतिशत, शिक्षक तथा विद्यालयका २१.५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक छ। सुर्तीजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरू क्यान्सर, मुटु रोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्ब ३० करोड खर्च भइरहेको विभिन्न तथ्यांकले देखाएको छ । त्यसमध्ये चार अर्ब ७० करोड नेपाल सरकारले खर्च व्यहोर्छ, बाँकी ४२ अर्ब ६० करोड नेपाली जनताले आफ्नो गोजीबाट खर्च गर्ने गरेको पाईन्छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञहरुले युवा तथा महिलाहरूमा कम उमेरमा हृदयाघात हुनुको प्रमुख कारण धूमपान सेवन भएको बताएका छन् । लगातार पाँच वर्ष भन्दाबढी धूमपानको अम्मली भएका युवामा ह्यदयघात धेरै भएको पाइएको छ । धूमपानको सेवनले हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन दुई तरिकाले असर गर्ने तथा लामो समयसम्म धूमपान गर्नाले फोक्सोको क्यान्सर जस्तो समस्या देखिने उनीहरुको भनाई छ ।

धेरैलाई चुरोटको सेवनले क्यान्सर हुन्छ भन्ने थाहा भए पनि यसले मुटुमा समेत असर गर्छ भन्ने थाहा नहुने तर दुई खिल्ली चुरोट सेवनले मात्र पनि मुटुमा समस्या पुर्‍याइ हृदयघात हुने सम्भावना धेरै हुने चिकित्सकहरुको भनाई छ । पछिल्लो समयमा युवा अवस्थामा नै मुटुरोग लाग्ने मानिसको संख्या बढ्दै गएको छ। यसको प्रमुख कारण भनेको नै धूमपान हो। युवा उमेरका धेरैले धूमपान गर्ने भएकाले ४० वर्ष भन्दा कम उमेरका मानिसहरू हृदयाघातको कारण अकालमै मृत्युवरण गर्ने प्रमुख कारण धूमपान नै रहेको छ ।

नेपालमा सार्वजनिक स्थान, सरकारी कार्यालय,शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्रघर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह,छात्रावास, रंगशाला, कर्भड हल, पौडीपोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर जस्ता स्थानमा धूमपान तथा सुर्ती सेवन गर्न पाइँदैन। निषेधित यी स्थानमा धूमपान गरे तत्काल १०० रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ। तर लुकिछिपी सुर्तीजन्य पदार्थ बेच्ने तथा खाने गरेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा र सदस्य राष्ट्रहरूको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्ती र सुर्तीजन्य पदार्थ सेवनकै कारण हाल विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । सुर्ती र सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्म बर्षेनी ८० लाख मानिसको मृत्यु हुने अनुमान विश्व स्वासथ्य संगठनको अनुमान छ ।

संसारभरि हरेक दिन १५ अरब चुरोट किनबेच हुन्छ भने हरेक मिनेट एक करोड खिल्ली चुरोट बिक्री हुन्छ। विश्वमा हरेक आठ सेकेण्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारणले हुने गरेको विश्व स्वासथ्य संगठनले जनाएको छ । यस्तै हरेक १० जनामध्ये एक वयस्कको मृत्यु चुरोट सेवनले हुने गरेको छ । सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एकजनाको मृत्यु गराउने संगठनको पूर्वानुमान छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुरोट तथा सूर्तिजन्य पदार्थ र मदिरामा कर बृद्धि
Next article डाक्टरको लापरवाहीले १४ महिने बालकको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web