हेल्थ टुडे,
चितवन,१७ जेठः डाक्टरको लापरवाहीले चितवनको भरतपुर अस्पतालमा उपचार गर्न ल्याइएका १४ महिने एक बालकको मृत्यु भएको छ । बालकका आफन्तहरुले डाक्टरको लापर्वाहीका कारण मृत्यु भएको आरोप लगाएका हुन् ।
रौतहट चन्द्रपुर नगरपालिका–५ का प्रकाश बस्नेतले १४ महिने छोरालाई मंगलबार भरतपुर अस्पताल ल्याएका थिए । बालकको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । बस्नेतले भनेः‘डाक्टरहरुले मेरो छोराको केस गम्भीर हो, भोलि बिहान हेरौँला भने, गम्भीर भए थप उपचार तुरुन्तै गर्नु पर्ने अथवा रेफर गरेको भए हुन्थ्यो तर उपचार नै नगरी लापरवाही गरेको कारण छोराको मृत्यु भयो ।’
बालकको मृत्युपछि आफन्तहरुले न्याय नपाएसम्म शव नबुझ्ने भन्दै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आफन्तहरुले न्याय नपाएसम्म शव नबुझ्ने अडान राखेका छन् ।
Leave a Reply