• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपणः भारतमा भन्दा ४ गुणा सस्तो

June 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपणः भारतमा भन्दा ४ गुणा सस्तो

हेल्थ टुडे,
काठमाडौ,१८ जेठः त्रि.वि शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण भएको छ । विश्वमै अत्यन्तै कठिन र जटिल मानिने प्रत्यारोपण तीन वर्षको अथक प्रयासपछि त्रि.वि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका हुन् । प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन् ।

डा.भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जाँदा करिब १६ घण्टा लगाएर प्रत्यारोपण सकिएको थियो । शल्यक्रियामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीसहित झण्डै ५० जनाको टोली सहभागी भएको जनाइएको छ । सर्जरीमा डा.भण्डारीको नेतृत्वमा १२ जना चिकित्सक सामेल थिए।

नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा.निरव गौरको टिम आएको थियो । अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको हो । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो । तर,भक्तपुरको मानव अंग प्रत्यारोपणमा नियमित हुन सकेको छैन् ।

शिक्षण अस्पतालका सर्जन डा. भण्डारीले दक्ष र चुस्त टिम भएकाले अस्पतालमा कलेजो प्रत्यारोपण कार्य नियमित हुने जानकारी दिए । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमै प्रत्यारोपण हुने चिकित्सकले बताएका छन् । अस्पतालले १ वर्षमा १२ वटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डोटीमा आँखा पाक्ने रोगको महामारी, निजी मेडिकल तथा क्लिनिकमा बिरामीको भीड
Next article गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय बढीले लिए सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132545
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web