• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुरु,तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन

July 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुरु,तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन

हेल्थ टुडे,
काठमाडौ,३० असारः गृह मन्त्रालयसँंगको सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई तिव्रता दिएको छ । बाढी,पहिरो तथा डुबानपछि हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमबाट बच्न स्वास्थ्य मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसंँगको समन्वयमा स्वास्थ्य सेवा सुरु गरेको हो ।

बाढीपछि हुनसक्ने महामारीजन्य रोग रोकथामका लागि मन्त्रालयले मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ । वर्षायाममा झाडापखाला, डेँगु, भाइरल, आउँ, हैजाको महामारी फैलिनसक्ने भन्दै बाढी तथा डुबानको समयमा त्यो जोखिम उच्च रहेकोले न्युनिकरणको लागि मन्त्रालयले स्वास्थ्य सेवालाई तिव्रता दिएको हो ।

मन्त्रालयले बाढीपहिरोको कारण विस्थापितहरूका लागि तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन गरेर औषधि उपचारको व्यवस्था गर्न लागेको छ । मन्त्रालयले बारा, पर्सा र रौतहट जिल्लाका बाढीपीडितको स्वास्थ्य अवस्था हेर्ने गरी पथलैयामा स्वास्थ्य एकाइ राखेको छ । उक्त केन्द्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली रहने र टोलीले बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्ने, रोग रोकथाममा जनचेतना फैलाउने र उपचारसमेत गर्नेछ ।

यस्तै, सिराहा र सप्तरी जिल्ला हेर्ने गरी लहानमा स्वास्थ्य एकाइको स्थापना गरेको छ । अर्को सर्लाही, धनुषा र महोत्तरीलाई समेट्ने गरी बर्दिबासमा स्वास्थ्य ईकाइको स्थापना गरिएको छ ।

मन्त्रालयले यसअघि नै विपद् प्रकोप पूर्वतयारी, समन्वय तथा व्यवस्थापनका लागि आपत्कालीन सम्पर्क व्यक्ति तोकिसकेको छ । सम्पर्क व्यक्तिले सम्बन्धित क्षेत्रका निकाय र अधिकारीसँग समन्वय गरेर महामारी सम्भावित क्षेत्र पहिचान गरी आवश्यक औषधि र स्वास्थ्यकर्मीको अवस्था यकिन गरेर तत्काल आवश्यक पर्ने सहयोगको प्रबन्ध गर्नुपर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषभन्दा महिला बढी सचेत
Next article तीन दर्जन नयाँ स्वदेशी औषधी कम्पनी सञ्चालनको तयारीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web