• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य रोग फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

July 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य रोग फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

हेल्थ टुडे,
काठमाडौ,३१ असारः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म बाढी प्रभावित क्षेत्रमा कुनै पनि सङ्क्रमणजन्य सरुवा रोग नफैलिएको स्पष्ट पारेको छ । मन्त्रालयका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख चूडामणि भण्डारीले तराईलगायत बाढी तथा पहिरो प्रभावित जिल्लाहरूबाट कुनै किसिमको रोग फैलिएको भन्ने जानकारी हालसम्म प्राप्त नभएको जनाएका छन् ।

मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रोग लाग्न सक्ने सम्भावनालाई ध्यान दिई स्वास्थ्य र सरसफाइ, जनचेतनासम्बन्धी कार्य सुरु गरिसकेको उनले जानकारी दिएका छन् । भण्डारीले स्वास्थ्य मन्त्रालयबाट चिकित्सकसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर जनचेतना, स्वास्थ्य तथा सरसफाइसम्बन्धी काम सुरु गरिसकेको बताएका छन् ।

यसैबीच, नेपाल नर्सिङ संघले तराईलगायत बाढी पहिरो प्रभावित क्षेत्रमा भएका नर्सलाई बाढी, पहिरो तथा डुबानमा परेका पीडित परिवारको उद्धार तथा उपचारमा लाग्न निर्देशन दिएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा गई पीडितको उद्धार गर्न निर्देशन दिएको हो ।

यस्तै, नेपाल चिकित्सक संघले पनि बाढी, पहिरो तथा डुबानमा परेका पीडित परिवारको उद्धार तथा उपचारमा खटिन निर्देशन दिईसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Next article बाढीग्रस्त क्षेत्रमा सर्पदंशको डर, ५ जना अस्पताल भर्ना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web