• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकले बिरामीबाट तोकिएभन्दा ६० प्रतिशत बढी परामर्श शुल्क लिने गरेको खुलासा

July 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकले बिरामीबाट तोकिएभन्दा ६० प्रतिशत बढी परामर्श शुल्क लिने गरेको खुलासा

हेल्थ टुडे,
काठमाडौ,११ साउनः निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले बिरामीबाट तोकिएभन्दा ६० प्रतिशत बढी परामर्स शुल्क लिने गरेको पाइएको छ । यस्तै,परामर्स शुल्क पनि अस्पतालपिच्छे फरक–फरक रहेको पाईएको छ । अस्पताल सञ्चालनलगायतका विभिन्न बहाना देखाउँदै बिरामीबाट एक हजार रुपैयाँसम्म बढी शुल्क लिने गरिएको बिरामी र आफन्तको गुनाशो छ । अस्पतालले बिरामीसँग लिने शुल्क निर्धारण तथा नियमन गर्ने सरकारी संयन्त्रले प्रभावकारी ढंगले अनुगमन नगर्दा उपचारका लागि आउने बिरामीसँग मनोमानी ढंगले शुल्क लिने गरिएको छ ।

सम्बन्धित अस्पतालले चिकित्सकको शुल्कसम्बन्धी व्यवस्थालाई समेत सूचना पाटीमा टाँसेका छैनन् । यसकारण, बिरामीहरू मनपरी शुल्क तिर्न बाध्य छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा ३० को अनुसूची ७ मा सेवा शुल्क निर्धारण समितिको व्यवस्था उल्लेख छ । स्वास्थ्य संस्थाले उपचारका नाममा मनोमानी शुल्क लिन नसकून भनेर यो समितिको व्यवस्था गरिएको थियो । जसमा अध्यक्ष स्वास्थ्य सचिव हुने र सदस्यमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम श्रेणीको प्रतिनिधि, महानिर्देशकहरू, स्वास्थ्य सेवा विभाग, आयुर्वेद व्यवस्था विभाग र औषधि व्यवस्था विभाग रहने व्यवस्था छ । यस्तै, अपिनको अध्यक्ष, उपभोक्ता महासंघ प्रतिनिधि र उद्योग वाणिज्य महासंघको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । समितिको सदस्य सचिव स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख हुने व्यवस्था छ ।

समितिलाई सरकारी, निजी, सामुदायिक, गैरसरकारी तथा सहकारी स्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूको उपचार शुल्क निर्धारण गर्ने अधिकार छ । तर, निर्देशिकाबमोजिम समितिले चिकित्सकले बिरामीसँग लिने परामर्श शुल्क तोकिए पनि त्यसको प्रभावकारी अनुगमन हुन नसक्दा अस्पतालपिच्छे बिरामीले फरक–फरक तर चर्को रूपमा सेवा शुल्क तिर्न बाध्य छन् । निर्देशिकाअनुसार प्रत्येक दुई÷दुई वर्षमा चिकित्सकको परामर्श शुल्क पुनरावलोकन हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार गत २६ असारमा बसेको शुल्क निर्धारण समितिको बैठकले प्रस्तावित शुल्क सिफारिस गरेको छ ।

जसअन्तर्गत एमबीबीएस÷बीडीएस वा सोसरह उत्तीर्ण व्यक्तिका लागि ३ सय ५० रुपैयाँ र एमबीबीएस÷बीडीएस वा सोसरह उत्तिर्ण भई पाँच वर्ष वा सोभन्दा माथिको अनुभव प्राप्त गरेकाले ४ सय १५ रुपैयाँ परामर्श शुल्क लिन पाउने सिफारिस गरिएको छ । त्यस्तै, पोस्ट ग्राजुएट डिप्लोमा पाँच वर्षसम्मका लागि ४ सय ८५ रुपैयाँ र पाँच वर्ष वा सोभन्दा माथिको अनुभव प्राप्त व्यक्तिले ५ सय ५५ रुपैयाँ शुल्क लिन पाउने सिफारिस गरेको छ भने समितिले एमडी, एमएस, एमडीएस पाँच वर्षसम्मका लागि ६ सय २५ रुपैयाँ र पाँच वर्ष वा सोभन्दा माथिको अनुभव प्राप्तका व्यक्तिले ६ सय ६० रुपैयाँ लिन पाउने सिफारिस गरिएको छ ।

यसैगरी, एमडी, एमएस, एमडीएस गरेको १० वर्ष वा डीएमएमसीएच गरेको पाँच वर्ष सम्मका लागि ७ सय २० रुपैयाँ र पाँच वर्ष वा सोभन्दा माथिको अनुभव प्राप्त गरेकाले ७ सय ४५ रुपैयाँ लिने पाउने व्यवस्था छ । कुल बिरामीमध्ये १० प्रतिशत लक्षित बिरामीलाई चिकित्सकले निःशुल्क परामर्श दिनुपर्ने समेत समितिले सिफारिस गरेको छ । प्रस्तावित व्यवस्थामा स्तरीय र व्यवस्थित अस्पतालले बढीमा २० प्रतिशतसम्म थप शुल्क लिन पाउने व्यवस्था गरेको छ । सो रकम सम्बन्धित अस्पतालले उपभोग गर्न पाउँछन् । यस्तै, बिरामीको अवस्था हेरेर एक पटकमा १० मिनेटसम्म समय दिनुपर्ने सिफारिससमेत समितिले गरेको छ । (राजधानी दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ५५१ विद्यार्थीले गरे आँखा परीक्षण
Next article इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापनाको लागि ४१ रोपनी जग्गा दिने सरकारको निर्णय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web