• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

वायु प्रदूषणका कारण सोच्ने क्षमतामा ह्रास

July 31st, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वायु प्रदूषणका कारण सोच्ने क्षमतामा ह्रास

हेल्थ टुडे,
बीबीसी,साउनः निरन्तर वायु प्रदूषणको सामना गर्ने व्यक्तिको सोचविचार क्षमतामा ह्रास आउने एक नयाँ चिनियाँ अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूले प्रदूषणको नकारात्मक प्रभाव उमेर बढ्दै जाँदा वृद्धि हुने अनि कम शिक्षित व्यक्तिलाई बढी असर पर्ने बताएका छन् ।
विगत चार वर्षमा चीनमा २० हजार व्यक्तिको गणित र बोलीचालीको क्षमतालाई अध्ययनले अवलोकन गरेको थियो ।

अनुसन्धान परिणामको विश्वव्यापी सान्दर्भिकता भएको अनुसन्धानकर्ताहरूले विश्वास गरेका छन् । अहिले विश्वको ८० प्रतिशत भन्दा बढी जनसंख्या असुरक्षित वायु प्रदूषणको चपेटामा परेको छ । प्रदूषण र परीक्षामा कम अंकबीच सम्बन्ध सथपित गरे पनि यस अध्ययनले कारण र कार्य सम्बन्ध प्रमाणित गरेको छैन । अध्ययनमा बेइजिङको पेकिङ विश्वविद्यालय र अमेरिकाको येल विश्वविद्यालयका अनुसन्धानकर्ता संलग्न थिए ।

अध्ययनमा सहभागी व्यक्ति बस्ने क्षेत्रको सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड र १० माइक्रोमिटरभन्दा साना पार्टिकुलेटहरूको मापन गरिएको थियो । यी प्रत्येक प्रदूषकहरू कत्तिको दोषी छन् भन्ने प्रस्ट हुन सकेको छैन । अध्ययनमा कार्बन मोनोक्साइड, ओजोन र ठूला पार्टिकुलेटहरूलाई समावेश गरिएको थिएन । अदृश्य हत्यारा भनिने वायु प्रदूषणका कारण संसारभरि वर्षैपिच्छे ७० लाख मानिस उमेरअगावै मारिने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खिर खानु स्वास्थ्यका लागि फाइदैफाइदा
Next article ‘जेष्ठ नागरिक पोषणभत्ता’ कार्यक्रम सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web