हेल्थ टुडे,
काठमाडौं, १६ साउन : ललितपुर धापाखेलमा रहेको सुमेरु अस्पतालले पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको छ । मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेको नेतृत्वमा अस्पतालले दुई जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको हो । सुमेरुमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । शुक्रानी योञ्जन र विकास गुरुङको सफल मिर्गौला प्रत्यारेपण गरिएको अस्पतालले जनाएको छ । दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको डा काफ्लेले बताए । ’ स्वास्थ्य मन्त्रालयले ५ महिना अगाडि मिर्गौला प्रत्यारोपणका लागि सुमेरुलाई स्वीकृति दिएको थियो । हामीले भविष्यमा सर्वसुलभ तरिकाले प्रत्यरोपणलाई निरन्तरता दिने सोचेका छौं,’ डा. काफ्ले भने ।
नेपालमा सन् २००८ देखि सफल मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक सफल मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । त्यसपछि वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र हुदै अहिले निजी क्षेत्रका ग्राण्डी, निदान, भरतपुर मेडिकल कलेज, चितवन मेडिकल कलेज हुदै सुमेरुमा पनि सुरु भएको हो । नेपालमा सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण मानव अंग प्रत्यारोपण केन्द्रमा हुने गरेको छ ।
Leave a Reply